पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल

-


     क्लिक गण्डकी     
     फागुन १८ गते २०७९ मा प्रकाशित


सौय एयरलायन्स

सौय एयरलायन्स

पोखरा, १८ फागुन/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । सौय एयरलायन्सको विमानले बुधबार राति काठमाडौं पोखरा उडान गरेको हो ।

सबै प्रक्रिया पूरा गरेर रात्रीकालिन उडानका लागि तयार रहेको विमास्थलमा रात्रिकालीन उडान सफल भएको विमानस्थलले जनाएको छ ।

काठमाडौंबाट ३३ यात्रु बोकेर आएको सौर्य को ९ एन–एएमई जेट इन्जिन जहाज राति ८ः४५ बजे सफल अवतरण गरेको हो । पोखरा अवतरणपछि विमान राति नै ४६ जना यात्रु बोकेर पुन काठमाडौं गएको थियो ।

दिऊसो ३ः१५ बजेको उड्नु पर्ने जहाज काठमाडौंको खराब मौषमका कारण साझँ ८ः१५ मा काठमाडौं पोखराका लागि उठान गरेको थियो । बुद्ध एयरले फागुन २५ गते देखी रात्रिकालीन उडान गर्ने गरी अनुमति लिएको छ ।



Tags: , ,