
दुर्घटना
काठमाडौं, ९ बैशाख/ काठमाडौंमा दुई वटा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा प्र–०२–०१९ प ९७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा शनिबार बिहान मकवानपुर थाहा नगरपालिका–७ का २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएपछि उनलाई कलंकीस्थित नेशनल अस्पताल लगिएको थियो। त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसै गरि चन्द्रागिरि नगरपालिका–१० सतुङ्गल सिजी गेट अगाडि बा ५ ख ७००४ नम्बरको हायस गाडीलाई ओभरटेक गर्नेक्रममा अर्को मोटरसाइकल पनि दुर्घटनामा परेको थियो।
प्रदेश ०३–०२०औ०१३ प ९१८ नम्बरको मोटरसाइकल सोही गाडी मुनी छिरेको थियो । दुर्घटनामा भने पाल्पाको तानसेन नगरपालिका–३ घर भएका २२ वर्षीय रसिक रामजालीको शनिबार बिहान मृत्यु भएको हो । दुर्घटनापछि गम्भीर घाइते ट्रमा सेन्टरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।







