समाचार

महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालयको शिलान्यास, १ करोड खर्च लाग्ने

पोखराको महेन्द्रपुलमा यस्तो बन्दै छ अत्याधुनिक सार्वजनिक शौचालय
पोखरा, २७ चैत्र / पोखरा महानगरपालिका वडा नं ९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गर्नुभएको हो । शौचालयको शिलान्यास गर्दै प्रमुख आचार्यले पोखराको महेन्द्रपुलमा सुविधा सम्पन्न शौचालय निर्माण गर्न लागिएको बताउनुभयो । “यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ, अत्याधुनिक प्रविधिको प्रयोग मार्फत स्मार्ट शौचालय निर्माण हुनेछ, प्रमुख आचार्यले भन्नुभयो, चमेनागृह सहित महिला दिदीबहिनीहरूका लागि स्तनपान कक्ष र… पुरा पढौ

कास्कीमा लागुऔषध दुव्यसनीको संख्या घट्यो

कास्कीमा लागुऔषध दुव्यसनीको संख्या घट्यो
पोखरा २७ चैत/ कास्कीमा लागुऔषध दुब्र्यसनीको संख्या घटेको छ । चालु आर्थिक वर्ष २०७९–२०८० को पहिलो नौ महिना सम्ममा ५८ वटा मात्रै मुद्धा दर्ता भएका छन् । प्रेस क्लब गण्डकीले बुधबार पोखरामा आयोजना गरेको “लागु औषध दुब्र्यसनी विरुद्ध सञ्चारकर्मीको भुमिका” विषयक सचेतना मुलक कार्यक्रममा आर्थिक वर्ष २०७७/२०७८ मा १ सय ४९ थान र २०७८/२०७९ मा २ सय ४३ थान मुद्धा दर्ता भएको तथ्यांक सार्वजनीक गरिएको थियो । अघिल्लो वर्षको तथ्यांक र चालु आबको नौ महिनाको तथ्यांक हेर्दा लागुऔषध प्रयोगकर्ताको संख्या… पुरा पढौ

पोखराका व्यवसायी प्रधानमन्त्रीसँग मागः पोखराबाट भारत र चीन उडान सुरु गरियोस्, व्याजदर घटाउनु पर्यो

पोखराका व्यवसायी प्रधानमन्त्रीसँग मागः पोखराबाट भारत र चीन उडान सुरु गरियोस्, व्याजदर घटाउनु पर्यो
पोखरा, २७ चैत/ पोखराका उद्योगी, व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषदको नेतृत्वमा काठमाडौं पुगेका व्यवसायले बैंकको ब्याजदर एकल अंकमा झार्नुपर्ने, कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने, पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्नुपर्ने, पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा खुला गर्नुपर्ने लगायतका माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राखेका हुन् । सोमबार सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटमा पोखरेली व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाममात्रैको नबनाउन आग्रह गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री प्रचण्डले नै जनवरी १ मा उद्घाटन गरेका थिए । ‘तपाईं आफैंले… पुरा पढौ

तालचोक–बेगनास सडक–खण्डको शिलान्यास, बन्ने आशा पलायो

तालचोक–बेगनास सडक–खण्डको शिलान्यास, बन्ने आशा पलायो
पोखरा, २७ चैत/ तालचोक–बेगनास सडक–खण्डको सोमबार शिलान्यास गरिएको छ । वर्ल्ड बैङ्कको सहयोगमा स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । निकै लामो समयदेखि निर्माणको चर्चा चलिरहेको यस सडक खण्डको निर्माण पछिल्लो पटक तोकिएको समय भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई प्रमुख आचार्यले निर्देशन दिनुभयो । “तोकिएको समय भित्र निर्माण सम्पन्न गर्नुभयो भने, कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई सार्वजनिक अभिनन्दन गर्नेछौँ ।” प्रमुख आचार्यले भन्नुभयो । आगामी २०८१ साल चैत्र २६ गते यो… पुरा पढौ

पोखरा–मुग्लिन सडकको विस्तार काम उच्चस्तरीय टोलीद्धारा निरीक्षण

पोखरा–मुग्लिन सडकको विस्तार काम उच्चस्तरीय टोलीद्धारा निरीक्षण
पोखरा, २७ चैत/ गण्डकी प्रदेशको राजधानी पोखरा र काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नतिको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ । आइतबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, एडिबीका कन्ट्रिडाइरेक्टर अर्नाउड कौकोइस, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको हो । सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलाइ भएपछि उक्त… पुरा पढौ

बालेनले खुलाए सिंहदरबारको फोहोर नउठाउनुका १४ कारण

काठमाडौंका मेयर बालेन शाह
पोखरा, २७ चैत/ काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउनुको कारण खुलाएका छन् । सोमबार फेसबुक स्टाटस् लेख्दै कारण खुलाएका हुन् । उनी लेख्छन् ।- केहि दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्यो । त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो । जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको थियो, उनीहरुलाई यसबारेमा जानकारी हुने भइहाल्यो तर सर्वसाधारणलाई यो बारेमा थाहा भएन । मिडिया र सर्वसाधारणबाट यो सम्बन्धि धेरै… पुरा पढौ

पोखराको महेन्द्रपुलमा यस्तो बन्दै छ अत्याधुनिक सार्वजनिक शौचालय

पोखराको महेन्द्रपुलमा यस्तो बन्दै छ अत्याधुनिक सार्वजनिक शौचालय
पोखरा, २६ चैत/ पोखराको महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय सहित पार्क बन्ने भएको छ । सार्वजनिक शौचालयको सोमबार शिलान्यास गर्ने तयारी भएको छ । आधुनिक शौचाल सहित पार्कको डिजाइन तयार भएको छ । पुरा पढौ

तालचोक–वेगनासताल सडक सम्झौताको २ वर्षपछि निर्माण सुरु हुँदै

सडक
पोखरा, २६ चैत/ पोखरा महानगरपालिकाको तालचोक–वेगनासताल सडक सम्झौताको २ वर्षपछि निर्माण सुरु हुुने भएको छ । सडकको सोमबार शिलन्यास गर्ने तयारी भएको छ । महानगरपालिकाले नेपाल सहरी सुशासन र पूर्वाधार परियोजना सँग सडक निर्माणका लागि स्वच्छन्द–सपना–वल्र्डवाइड जेभीसँग सन् २०२२ जुलाई ४ मा सम्झौता भएको थियो । तर स्थानीय विवादका कारण काम अघि बढ्न सकेको थिएन । ३.८ किलोमिटरको सडक स्तरोन्नतिका लागि १ अर्ब ६ करोड रुपैयाँ स्टिमेट गरिएकोमा करिब ३९ प्रतिशत घटेर ठेकेदार कम्पनीले ७५ करोड ४८ लाखमा ठेक्का लिएको… पुरा पढौ

आलु महोत्सवको तयारी पुरा

आलु महोत्सव फाइल तस्बिर
हेमजा, २५ चैत/ आइतबार देखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पुरा भएको छ । आयोजक विष्णुपादुका क्लवले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र भोली विहान १० बजे मिलनचोकबाट शोभायात्रा निकालिने जनाएको हो । महोत्सवको गण्डकी प्रदेशका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।महोत्सवमा प्रतिकिलो रु.३५ मा आलुको कारोवार हुनेछ भने करिव ४० टन आलु बिक्रीवितरण हुने अपेक्षा गरिएको छ ।कुल एक सय २० वटा स्टल रहेकोमा… पुरा पढौ

नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गरेको आरोपमा पोखराबाट युवक पक्राउ

नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गरेको आरोपमा पोखराबाट युवक पक्राउ
पोखरा, २५ चैत/ नेपाली सेनाको साइबर स्पेस (सर्भर) ह्याक गरेको अभियोगमा पोखरा १७ को बाटुलेचौरबाट २१ वर्षे सागर ढकाललाई नेपाल प्रहरीले बिहीबार पक्राउ गरेको छ । स्याङ्जा वालिङका ढकाल केही समययता पोखरा १६ मा डेरा गरि बस्दै आएका छन् । प्रहरी अनुसन्धान अनुसार ढकालले घरधनीको इन्टरनेट प्रयोग गरी सेनाको साइबर स्पेसमा विभिन्न समयमा आक्रमण गरेको खुलेको छ । साइबर स्पेसमा आक्रमण हुन थालेपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई जानकारी गराएको थियो । साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका… पुरा पढौ