
पोखराको लेकसाइड र जिरो किलोमिटरमा दुर्घटना
पोखरा, ११ बैशाख/ पोखराको लेकसाइड र जिरोकिलोमिटरमा आइतबार राती दुर्घटना भएको छ ।
आइतबार राती करिब ९ बजे पोखरा महानगरपालिका ५ जिरो किमि नजिक ग १ क ५७१६ नम्बरको आईचर गाडीले बिजुलीको पोलमा ठक्कर दिंई दुर्घटना भएको हो ।
गाडीले बिद्युतको पोलमा भाचेका छ भने गाडीमा क्षती भएको प्रहरीले जानकारी दिएको छ । गाडी ठक्कर पछि करिब १ घण्टा विद्युत अवरुद्ध भएको थियो । गाडी प्रस्याङ ट्राफिकको नियन्त्रणमा छ ।
दुर्घटना हुँदा चलाउने चालक जिल्ला सर्लाही बरथहवा बस्ने बर्ष ४० को धर्मेन्द्र प्रसाद साह पनि नियन्त्रणमा छन् । गाडीमा सवार कास्की जिल्ला पोखरा ११ रानिपौवा बस्ने बर्ष २८ का कुसल नेपालीको दाहीने खुट्टा चोटलागेको छ ।
उनको जिएमसि अस्पतालमा उपचार भएको छ । त्यसै गरी आइतबार राती नै पोखरा ६ लेकसाइडमा कार दुर्घटना भएको छ । कार सडकबाट सडकपटी हुदै पसलको सटरमा ठोकिएको थियो ।







