समाचार

पोखरा र मुस्ताङको पर्यटकीय साझेदारीमा जोड

पोखरा र मुस्ताङको पर्यटकीय साझेदारीमा जोड
मुस्ताङ, २६ फागुन/ पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) द्वारा मुस्ताङमा आयोजित स्थलगत भ्रमण, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा पोखरा र मुस्ताङ बीचको पर्यटकीय साझेदारी आवश्यक रहेकोमा जोड दिइएको छ । मुस्ताङका लागि पर्यटकको मुख्य प्रस्थानविन्दु पोखरा रहेको भन्दै कार्यक्रमका वक्ताले पर्यटकीय रुपमा पोखराबाट मुस्ताङ र मुस्ताङबाट पोखरा एकआपसमा लाभान्वित हुँदै आएको बताए । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले पोखराबाट मुस्ताङ पर्यटकीय रुपमा लाभान्वित बन्दै आएको बताउँदै साझेदारीका माध्यमबाट दुबै स्थानका पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो । “मुस्ताङका स्थानीयवासी ʿअतिथि… पुरा पढौ

८ मार्चः ग्लोबल अवारेनेसद्धारा पत्रकार जमुना वर्षा र समाजसेवी धनमाया गुरुङ सम्मानित

८ मार्चः ग्लोबल अवारेनेसद्धारा पत्रकार जमुना वर्षा र समाजसेवी धनमाया गुरुङ सम्मानित
पोखरा २४, फागुन/ ग्लोवल अवारनेस फाउण्डेश कास्की नेपालको प्र्रथम साधारण सभा एवम् ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पत्रकार जमुना वर्षा शर्मा र समाजसेवी धनमाया गुरुङलाई सम्मान गरेको छ । लैङ्गिक समनाताका लागि बलियो आधार सृजना प्रविधिमा महिलाको पहुँच भन्ने राष्ट्रिय नाराका साथ मनाइएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सदस्य मिना गुरुङले शर्मा र गुरुङलाई सम्मान गर्नु भएको हो । सम्मान कार्यक्रममा गुरुङले महिलाको क्षमता र दक्षता वृद्धिसँगै नेतृत्वमा महिला पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले नारिमुक्ती आन्दोलनको प्रणेता क्लारा… पुरा पढौ

ठगी आरोपमा पोखरामा व्यवसायी पक्राउ

पोखरा, २३ फागुन/ उपचारको नाममा ठगी गरेको भन्दै पोखरामा एक व्यवसायी पक्राउ परेका छन् । टिकटक लाईभबाटै सबै रोग निको पार्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा पोखराका व्यवसायी भरत केसी पक्राउ परेका हुन् । केसीले सिमान्त गुरु नाम गरेका गुरुले टिकटक लाईभबाटै जुनसुकै रोगको उपचार गर्ने भन्दै सेवाग्राहीबाट जनही एक हजार रुपैयाँ असुलेको आरोप छ । जिल्ला प्रशासन कार्यालय कास्की र प्रहरीको टोलीले उनलाई पोखरा–१७ स्थित पावरहाउस रिसोर्टबाट पक्राउ गरेको हो ।रिसोर्टमा ७५ जनाभन्दा बढी सेवाग्राहीको सहभागिता प्रहरीको भनाई छ… पुरा पढौ

महिला दिवसमा पोखरा महागनरले ¥याली र गृहणी हाजिर जवाफ प्रतियोगिता गरेर मनाउने

पोखरा महानगरपालिका
पोखरा, २३ फागुन/ पोखरा महानगरपालिकाले ११३ औँ अन्तराष्टिय महिला दिवसको अवसरमा “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार”भन्ने मुल नाराका साथ ¥याली तथा गृहिणी महिलाहरुको हाजिरी जवाफ प्रतियोगिता गरेर मनाउने भएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा ¥याली तथा गृहिणी महिलाहरुको हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको हो । पोखरा २७ तालचोकाबाट ¥याली सुरु गरेर लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा पुगेर औपचारीक कार्यक्रममा परिणत हुने पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी उत्कृष्ट ¥यालीलाई… पुरा पढौ

पोखरामा होलीमा रमाउदै विदेशी पर्यटक

पोखरामा होलीमा रमाउदै विदेशी पर्यटक
सागर राज तिमिल्सिनापोखरा, २२ चैत/ होली पर्वका अवसरमा पोखरा आएका विदेशी पर्यटकले पोखरेलीसँगै होलीमा रमाएका छन् । उनीहरुले एक आपसमा रंगले शुभकामना साट्दै रंगहरुको पर्व होली मनाए । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना आएका विदेशीहरु रंगहरु सगँ रमाए । होलिको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम आयोजना हुदै आएको छ । पोखरा ६ अम्बोटबाट नाचगान र रंगले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका देखिन्थे । पहिलो पटक होलिमा सहभागि भएका कतिपय विदेशीले विशेष रुचिका साथ नेपाली… पुरा पढौ

पोखरामा छात्रालाई दुव्र्यव्यवहार गर्ने सवारी चालक प्रहरीको नियन्त्रणमा

पोखरामा छात्रालाई दुव्र्यव्यवहार गर्ने सवारी र चालक प्रहरीको नियन्त्रणमा
पोखरा, २२ फागुन/ पोखरा महानगरपालिका ५ मालेपाटन स्थित बाराही माविकी छात्रालाई दुव्र्यव्यवहार गर्ने जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिऊसो विद्यालय अगाडी हिडि रहेकी १४ बर्षिय छात्रालाई बा१४च ४३३३ गाडीमा आएका गोरखाका नरमान तामाङले दुव्र्यव्यवहार गरेको स्थानीयले बताएका छन् । ‘छात्रालाई गाडीमा राखेर लैजान खोजेका थिए,’ एक स्थानीयले भने ‘छात्रा भागेपछि उनी गाडी घुमाएर फेरी पनि छात्रालाई लैजान खोजे ।’ त्यसपछि सबै जनाले गाडी र गाडी चालकलाई समातेर प्रहरीलाई बुझाएका छन् । स्थानीयले गाडीका समेत तोड्फोड् गरेका छन् ।… पुरा पढौ

अष्ट्रेलियामा पोखराका खेलाडी राजु गोदारको निधन

अष्ट्रेलियामा पोखराका खेलाडी राजु गोदारको निधन
पोखरा, २१ फागुन/ अष्ट्रेलियाको पर्थ नजिकै पोखराका सिनियर क्योकुसिन खेलाडी राजु गोदारको दुर्घटनामापरि निधन भएको छ । पोखरा १७ घारीपाटनका राजु गोदार ९ वर्षपहिले गएका थिए । उनको तीन महिना पहिले निधन भएपनि परिवारलाई दुतावासले केही दिन पहिले मात्रै खबर गरेको हो । राजुको निधन भएको खबर फागुन १ मात्रै आए पछि परिवारलाई थाहा भएको राजुका दाजु दिपक गोदारले बताए । उनले आफ्नो भाई हो कि होइन भनेर सोध खोज्न दुई हप्ता लाग्यो । अस्ट्रेलियामा रहेका आफ्न्त र एनआरएनए अस्ट्रेलियाका… पुरा पढौ

एमाले अध्यक्ष ओलीलाई पूर्व सांसद विष्टको जवाफ, बुझेको सबै यथार्थ छैन, मुस्ताङमा विश्व विद्यालय आवश्यक

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्व सांसद विष्टको जवाफ बुझेको सबै यथार्थ छैन, मुस्ताङमा विश्व विद्यालय आवश्यक
पोखरा, २१ फागुन/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पार्टिका पूर्व सांसद ईन्द्र धारा विष्टले पढेको बुझेको सबै यथार्थ नहुने बताउदै जवाफ लेखेका छन् । गण्डकी प्रदेशका पूर्व सांसद विष्टले फेसबुकमा ओलीलाई सम्बोधन गर्दै मुस्ताङमा विश्व विद्यालय आवश्यक रहेको बताएका छन् । अध्यक्ष ओलीले भारतले चीनलाई लक्ष्त गरी मुस्ताङमा विश्व विद्यालय खोल्न लागेको भन्दै शनिबार एक कार्यक्रममा आलोचना गरेका थिए । मुस्ताङमा बिश्व कै सहज बौद्ध दर्शनको उच्च अध्ययन र अध्यापनको लागि विश्व विद्यालय आवश्यक रहेको विष्टले लेखेका छन्… पुरा पढौ

पोखरामा दुई बालक हराए, खोजी गर्न अपिल

पोखरामा दुई बालक बेपत्ता, खोजी गर्न अपिल
पोखरा, २१ फागुन/ पोखराबाट दुई बालक बेपत्ता भएपछि परिवार र कास्की प्रहरीले खोजी गर्न अपिल गरेको छ । पोखरा महानगरपालिका २६ आयुवेर्दिक मार्ग बस्दै आएका १३ वर्षीय मनिष शर्मा अघिल्लो शनिबारदेखि हराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शर्मा फागुन १३ गते शनिबारदेखि बेपत्ता भएको र अहिलेसम्म फेला नपरेको परिवारले कास्की प्रहरीमा खोजी गरिदिन अनुरोध गरेका छन् । त्यसै गरी रुपन्देही कोटरी घर भई हाल पोखरा महानगरपालिका ३ तेर्सापट्टी बस्ने १२ वर्षीय कैलाश यादव फागुन १९ गते शुक्रबार देखि… पुरा पढौ

रत्नमानले ल्याए तीन भाषाको पुस्तक

रत्नमानले ल्याए तीन भाषाको पुस्तक
पोखरा, २१ फागुन/ शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अङ्ग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । गुरुङको पहिलो कृति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक कृतिको शनिबार पोखरामा आयोजित एक कार्यक्रममा साहित्यकार सरुभक्तले लोकार्पण गरे । २००८ मा लमजुङको करापुमा जन्मेर पोखराको रामघाटस्थित टप्स बोर्डिङ स्कुलका संस्थापक तथा प्रधानाध्यापकका रहेका गुरुङ करिब ४ दशकदेखि शैक्षिक क्षेत्रमा क्रियाशील छन् । प्याब्सन, कास्की, नेल्टा कास्की र रोटरी क्लब अफ मिडटाउनका पूर्व अध्यक्ष उनी हाल गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका अध्यक्ष… पुरा पढौ