समाचार

मालपोत कार्यालय कास्कीमा चलखेल भएको बारेमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

मालपोत कार्यालय कास्की
पोखरा, ३ बैशाख/ भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री रञ्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल बारे छानबिन गर्न निर्देशन दिएकी छन् । चलखेल र सेटिङमा काम गरेको भन्ने आरोप आएको भन्दै तत्काल छानबिन गर्न निर्देशन दिएकी छिन् । आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई निर्देशन दिएकी हुन् । मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको पोखराको पब्लिक टेलिभिजनले कार्यक्रमबाट सार्वजनिक भएको थियो । सोही घटनाको बिषयमा थप… पुरा पढौ

अनलाइन पत्रकारिता तालिम सुरु

अनलाइन पत्रकारिता तालिम सुरु
पोखरा । अनलाइन पत्रकार संघ गण्डकीले आयोजना गरेको पत्रकारिता तालिम शनिवारदेखी सुरु भएको छ । सोमबारसम्म संचालन हुने तालिमको उद्दघाटन शत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापाले सिकाइ जिवनभरी रहने प्रक्रिया रहेको भन्दै पत्रकारितामा सिक्ने धेरै अवसर हुने बताए । मिडिया सम्बन्धी समस्यामा जानकार रहेको तर काम गर्न नपाइ सरकारबाट बाहिर पर्ने अवस्था आएको बताए । उनले बधाइ र विदाइ संगसंगै जस्तो हुन लागेको बताए । मन्त्री थापाले हुने खानेको मात्र समाचार… पुरा पढौ

सेती खोंचमा खसेकी बालिकाको मृत्यु

सेती खोंचमा खसेकी बालिकाको मृत्यु
पोखरा, २ बैशाख/ पोखरा महानगरपालिका–१५ सेती किनारको खोंचमा खसेकी बालिकाको मृत्यु भएको छ । पोखरा ८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । खोंचमा खसेको झण्डै साढे २ घण्टा उनको उद्धार भएको थियो । उद्धारपछि उपचारका लागि बालिकालाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरे ।उनी साथीहरु सगँ घुम्नाका लागि त्यहाँ पुगेकी थिइन् । पुरा पढौ

पोखराको सेती नदिको खोचमा खसेकी बालिकाको उद्धार

सेती नदिको खोचमा खसेर बालिका बेपत्ता
पोखरा, २ बैशाख/ पोखराको सेती नदिको खोचमा खसेकी बालिकाको साढे दुई घण्टा पछि उद्धार भएको छ । शनिबार दिउँसो खेल्दै गर्दा पोखरा ८ नागढुङ्गाकी १२ बर्षिय स्मृती पराजुली खोचमा खसेकी थिइन् । उनलाई खसेको साढे दुई घण्टापछि प्रहरीले उद्धार गरेको कास्की प्रहरी प्रमुख एपि अजय केसीले जानकारी दिए । पोखरा ८ नागढुंगा बस्ने स्मृती सहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए । पोखरा १५ स्थित हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोचमा खसेकी थिइन् ।… पुरा पढौ

सेती नदिको खोचमा खसेर बालिका बेपत्ता

सेती नदिको खोचमा खसेर बालिका बेपत्ता
पोखरा, २ बैशाख/ सेती नदिको खोचमा खसेर एक जना बालिका बेपत्ता भएकी छन् । पोखरा महागनरपालिका वडा नम्बर १५ सेती नदिको खोचमा खसेर १२ बर्षिया स्मृती पराजुली बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । खेल्ने क्रममा उनी खोचेमा खेसेकी थिइन् । अहिले उनको उद्धारका लागि नेपाल प्रहरीको उद्धार खोली खटिएको छ । थप विवरण भने आउन बाँकी छ । पुरा पढौ

महेन्द्रपुलमा संसारका झन्डाहरू फहराउने गरी झण्डा पार्क निर्माण हुदै

झण्डा पार्क
पोखरा, २ वैशाख/ पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब लफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा पारि शुक्रबर शिलान्यास गर्नुभएको हो । पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताउनुभयो । “यसको संरचना चार तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, त्यस… पुरा पढौ

गण्डकी प्रदेश संसद अधिबेशन बैशाख ९ गतेका लागि आह्वान

गण्डकी प्रदेशसभा
पोखरा, १ बैशाख/ गण्डकी प्रदेशको संसद अधिबेशन वैशाखको ९ गतेका लागि आवाहन गरेको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार विज्ञप्ती जारी गर्दै बैशाख ९ गते शनिबार ३ बजेका लागि बैठक आवाहन गरेका हुन् । बिहीबारको प्रदेश मन्त्रिपरिषदको बैठकले अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिबेशन आवाहन गरेका हुन् । खगराज अधिकारी नेतृत्वको सरकारलाई माओावादी केन्द्रले समर्थन फिर्ता लिँदै चैत १०… पुरा पढौ

गण्डकी प्रदेशमा २०८० मा ३ दिन अतिरिक्त सार्वजनिक विदा

सार्वजनिक विदा
पोखरा, १ बैशाख/ गण्डकी प्रदेशमा २०७९ मा ६ दिन अतिरिक्त सार्वजनिक विदा थियो । २०८० मा भने ३ दिन मात्रै थप विदा हुने भएको छ । आन्तरिक मामिला मन्त्रालयले निकालेको राजपत्र अनुसार भानु जयन्ती, पूर्णिमा र गण्डकी प्रदेश स्थापना दिवसमा मात्रै विदा दिन भएको हो । असार २९ गते पर्ने भानु जयन्ती, पूर्णिमा र फागुन ४ गते पर्ने सरकारको स्थापना दिवसमा विदा दिने गरी राजपत्र प्रकाशन गरिएको हो । पुरा पढौ

पोखरामा नेपाली नयाँ वर्षको भव्य स्वागत

पोखरा नेपाली नयाँ वर्षको भव्य स्वागत
पर्यटकीय नगरी पोखरामा विक्रम सम्बद २०७९ को बिदाइ र २०८० को स्वागत भब्यरुपमा गरिएको छ । पोखराको लेकसाइडमा हजारौ स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न कार्यक्रममा रमाउदै नयाँ बर्षको स्वागत गरे । स्वागतमा गरिएका विभिन्न कार्यक्रमको दृश्य हेर्न लाएक थियो । ठाउँ ठाउँमा भजन, पन्चेबाजामा युवाहरु झुमे । २०७९ साललाई विदाइ गर्दै नयाँ वर्ष २०८० को स्वागत कतै आतास बाजी त कतै सांगितीक कार्याक्रमले स्वागत गरे । पोखराको लेकसाइड स्थित विभिन्न ठाउँमा भएका कार्यक्रममा नयाँ बर्ष मनाउन भेला भएका मानिसहरु संगितको… पुरा पढौ

बैतडीमा जिप र सिन्धुलीमा कार दुर्घटना, १० जनाको मृत्यु

बैतडीमा जिप र सिन्धुलीमा कार दुर्घटना, १० जनाको मृत्यु
पोखरा, २९ चैत/ बैतडीको पाटन नगरपालिका–८ मा जिप र सिन्धुलीमा कार दुर्घटना हुदाँ १० जनाको मृत्यु भएको छ । बैतडीको दुर्घटना परि एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् ।खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति दुर्घटना भएको हो । जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो । जिपमा सवार केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे… पुरा पढौ