समाचार

महर्षि गुरुकुलमा ज्योतिषि सुनझाँक्रीको सहयोग

महर्षि गुरुकुलमा ज्योतिषि सुनझाँक्रीको सहयोग
पोखरा, ५ चैत/ महर्षि गुरुकुल वेद विद्याश्रम पोखरा ३ नारायणस्थानमा अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीका लागि दौरा सुरुवाल दान सहयोग हस्तातरण गरिएको छ । पोखरा ७ स्थित रत्नचोक निवासी ‟ जय शम्भो भयार ऐरी सुनझाँक्री ज्योतिषि सेवा”का ज्योतिषि सुनझाँक्रीको परिवारद्वारा महर्षि गुरुकुल वेद विद्याश्रममा अध्ययनरत विद्यार्थी वटुक र कार्यरत शिक्षक कर्मचारीका लागी दौरा सुरवाल दान सहयोग गर्नुभएको हो । विद्याश्रममा आयोजित कार्यक्रममा बोल्दै ज्योतिषि सुनझाँक्रीले विद्याश्रममा अध्ययनरत वेदपाठी ब्राह्मण वटुकलाई आफूले कमाएको धनबाट दान गर्न पाउनु आफ्नो लागि भाग्य र… पुरा पढौ

प्रहरीले सेवाग्राहीहरुसँग गर्नुपर्ने व्यवहार सम्बन्धि अभिमुखीकरण

प्रहरीले सेवाग्राहीहरुसँग गर्नुपर्ने व्यवहार सम्बन्धि अभिमुखीकरण
पोखरा ४ चैत/ वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीहरुका लागि प्रभावशाली सञ्चार एवम प्रहरीले सेवाग्राहीहरुसँग गर्नुपर्ने व्यवहार सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा प्रहरी कार्यालय वैदामको आयोजनमा सम्पन्न अभिमुखीकरणमा वैदामका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले प्रहरी जनताको सेवक भएकाले प्रहरी प्रतिको विश्वासलाई मजबुत बनाएर सेवाप्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति सुरक्षा अमन चयन कायम गर्ने जिम्मेवारी पाएको प्रहरी संगठनले प्रभावकारी रुपबाट काम गर्न नागरिक मैत्री बोली व्यवहारको खाँचो औल्याउनुभयो । प्रशिक्षणले सोच्ने क्षमता र गर्ने व्यवहारलाई… पुरा पढौ

दुर्गा बराल वास्यायनको रथारोहण सहित नगारिक अभिन्दन

दुर्गा बराल वास्यायनको रथारोहण सहित नगारिक अभिन्दन
पोखरा, ४ चैत/ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार रथारोहण सहित नागरिक अभिनन्दन गरेका छन् । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा दर्जन बढि संस्थाहरुले कलाकार वात्स्यायनको सम्मानमा रथारोहण सहित नागरिक अभिनन्दन गरे । वात्स्यायन निवास नदीपुरदेखि सुरु भएको रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो । ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गर्ने गर्ने दिन पारेर बरालको अभिनन्दन गरेको हो । अभिन्दन कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कलाकार बरालको जीवनीबारे जानकारी दिदै… पुरा पढौ

दुर्गा बराल वास्यायनको रथारोहण आज

दुर्गा बराल वास्यायन
पोखरा, ४ चैत/ पोखरेली युवा सांस्कृतिक परिवार, पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले कलाकार दुर्गा बराल वात्स्यायनको नागरिक अभिनन्दन तथा रथारोहण आज गर्दै छन् । ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गर्ने गर्ने दिन पारेर बरालको अभिनन्दन गर्न लागिएको हो । बरालले नेपाली चित्रकारितामा दिएको योगदानको कदरस्वरुप रथारोहण गर्न लागिएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए । बरालले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित गर्दै थुप्रै अनुजहरुलाई सिकाएका छन् । बरालले वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका… पुरा पढौ

देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना

चट्याङ
पोखरा, ४ चैत/ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका मेघ गर्जन र चट्याङ तथा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै भोलि… पुरा पढौ

पोखराका २० वर्षीय अभिनासले बनाए काठमा बुट्टा कोर्ने मेसिन

पोखराका २० वर्षीय अभिनासले बनाए काठमा साइन बोर्ड कोर्ने मेसिन
पोखरा, ३ चैत/ पोखराका २० वर्षीय अभिनास अधिकारीले साइन बोर्ड बनाउने मेसिन बनाएका छन् । बिहीबार उनले बनाएको मेसिनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक उदघाटन गरे । करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी टुडी शिलालेख, थ्रीडी टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने अभिनासले बताए । मेसिनको अनावरण सँगै काठबाट बन्ने मायाको चिनोका लागि परनिर्भर हुनुपर्ने अवस्था नआउने भनाई उनको छ । नेपालमा नै पहिलो पटक उक्त मेसिन बनेको दाबी अभिनासले गरेका छन् । सिएनसी प्रविधिद्वारा… पुरा पढौ

सामुदायिक सेवा केन्द्र वगरको अन्नपूर्णमा सचेतना कार्यक्रम

सामुदायिक सेवा केन्द्र वगरको अन्नपूर्णमा सचेतना कार्यक्रम
पोखरा, ३ चैत / सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा कास्कीको अन्नपूर्ण गाँउपालिकामा लै·िक तथा घरेलु हिंसा सम्वन्धि सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण गाँउ पालिका–३ लक्ष्मी देउराली स्थित सामाजिक वातवरणीय आमा समूहको व्यवस्थापनमा भएको कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहले सहजिकरण गरेका थिए । प्रक्षिकण कार्यक्रममा लै·िक हिंसाको परिचय, लै·िग हिंसा सम्वन्धमा नयाँ मुलुकी एनेमा भएका व्यवस्थाहरु र घरेलु हिंसा सम्वन्धमा… पुरा पढौ

न्याय सम्पादन सिक्न किर्तिपुरको न्यायिक समिति पोखरामा

न्याय सम्पादन सिक्न किर्तिपुरको न्यायिक समिति पोखरामा
पोखरा, ३ चैत/ पोखरा महानगरपालिका र किर्तिपुर नगरपालिको न्यायिक समिति वीच अनुभव आदान प्रदान भएको छ । किर्तिपुरबाट आएको टोलीले पोखरा महानगरको न्यायिक समितिसंग भेट गदै न्याय सम्पादन बारे अनुभव आदान प्रदान गरिएको छ । पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङसंग किर्तिपुर नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक शुभलक्ष्मी शाक्य वीच भेट भएको हो । पोखरा महानगरपालिका र किर्तिपुरले न्याय सम्पादनमा भैरहेका असल अभ्यास, समस्या र चुनौती बारे छलफल गर्दै अनुभव आदान प्रदान गर्नुभएको हो । भेटमा… पुरा पढौ

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ के को प्रथम सम्मेलन शनिबार पोखरामा

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ के को प्रथम सम्मेलन शनिबार पोखरामा
पोखरा, ३ चैत/ लायन्स क्लब इन्टरन्यासनल २२५ के को प्रथम वार्षिक सम्मेलन चैत ४ गते शनिबार पोखरामा हुने भएको छ ।पोखरा सभागृहमा हुने सो सम्मेलनमा देशभरका करिब १५ सय लायनहरुको सहभागिता रहने क्लबका गनर्भन राजेन्द्रकुमार बाटाजूले बताए । उनका अनुसार वार्षिक सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गर्नेछन् । लायन्स क्लबका सदस्यहरुको लागि वार्षिक सम्मेलन महान पर्व भएको बताउँदै उनले सम्मेलनको सम्पूर्ण तयारी करिब पूरा भएको बताए । ‘सम्मेलनको सबै तयारी सकिएको, सहभागी सदस्य र अतिथिज्यूहरु पोखरा आउने क्रम… पुरा पढौ

पोखरामा नगरबसले ठक्कर दिदा युवतीको मृत्यु

दुर्घटना
पोखरा, ३ चैत/ पोखराको चिप्लेढुंगामा शुक्रबार बिहान नगरबसको ठक्करले एक युवतीको मृत्यु भएको छ । चिप्लेढुंगामा ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक झापा दमक नगरपालिका ४ घर भई पोखरा ५ बस्ने २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । कार्कीको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । बस चलाकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखेको छ । पुरा पढौ