समाचार

पोखरामा ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु

पोखरामा ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु
पोखरा, ७ वैशाख/ पोखरा महानगरपालिका ३२ लामेआहालमा रहेको ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजरले च्यापिएर चालकको मृत्यु भएको छ । फोहोर पुर्न प्रगोग गरिएको ग १ ग १३४ नम्बरको डोजरले किचेर बिहीबार साँझ ६० वर्षीय चालक मुसाफिर दास तत्माको मृत्यु भएको हो । फोहोर पुर्न डोजर चालु अवस्थामा राखेर चालक तत्मा डोजर अगाडि पुगेका थिए । स्टार्ट भइराखेको डोजर अगाडि बढ्दा चालकलाई पेलेको प्रहरीको भनाई छ । लामेआहालमा थुपारिएको फोहोर पुर्ने काम चालक तत्काले गर्दै आएका थिए । पुरा पढौ

पोखरा महानगरपालीकाको कार्यबाहक नगर प्रमुखको जिम्मेवारी मोतिलाई

मोति तिमिल्सिना
पोखरा, ७ बैशाख/ पोखरा महानगरपालीकाको कार्यबाहक नगर प्रमुखको जिम्मेवारी मोति तिमिल्सिनाले पाएका छन् । पोखराका महानगरका प्रमुख धनराज आचार्यले जापान र उपमयेर मन्जु गुरुङ बेलायत गएपछि तिमिल्सिनाले पाएका हुन् । पुरा पढौ

पोखराका मयेर धनराज आचार्य जापान प्रस्थान

पोखराका मयेर धनराज आचार्य जापान प्रस्थान
पोखरा, ७ बैशाख/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य एक महत्त्वपूर्ण सम्झौता गर्न जापानका लागि प्रस्थान गर्नुभएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा प्रमुख आचार्य जापान जान लाग्नु भएको हो । पोखराबाट आजै काठमाडौँ प्रस्थान गर्नुभएका प्रमुख आचार्य भोलि नेपाल एयर लाइन्सको विमान मार्फत जापान पुग्नुहुनेछ । जाइकाको सहयोगमा पोखरा महानगरपालिका भित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न भई डिपिआर समेत तयार भइसकेकाले सो परियोजना सञ्चालनका सम्बन्धमा सम्झौता गर्न प्रमुख आचार्य… पुरा पढौ

घरनजिकै गाडेको अवस्थामा महिलाको शव, श्रीमान फरार

बैशाख, ७ दाङ/ दाङमा एक महिलाको शव उनकै घरनजिक गाडेको अवस्थामा फेला परेको छ । बुधबार दिउँसो घोराही उपमहानगरपालिका वडा नम्बर १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव फेला परेको हो । मृतक शारदाका श्रीमान ४१ वर्षीय मेघराज केसी भने फरार छन् । शारदाको हत्या मेघराजले नै गरेको आशंका प्रहरीको रहेको छ । शारदाको माइती पक्षले पनि बुधबार मेघराज नै हत्यामा संलग्न भएको बेहोरासहितको किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । घटना वैशाख १ गते मध्य राति भएको अनुमान… पुरा पढौ

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

दुर्घटना
६ बैशाख, जनकपुर/ महोत्तरीमा बुधबार बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो गौशाला सम्सी सडक खण्डको रेल्बेट्रयाक नजिक जनकपुरतर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले गौशालातर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते चालक… पुरा पढौ

जग्गा कित्ताकाट खुला

जग्गा कित्ताकाट खुला
पोखरा, ५ बैशाख/ सरकारले लामो समयदेखि रोकिराखेको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको बताइन् । उनले नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताइन् । उनले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको बताइन् । पुरा पढौ

पोखराको मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले ग¥यो प्याराग्लाइडिङ

पोखराको मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले ग¥यो प्याराग्लाइडिङ
पोखरा ५ बैशाख/ नयाँ वर्षको आगमनसँगै जहाज चार्टर गरेर नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा –२४ मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ गरेका छन् । साहसिक खेलको रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेकाका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्र्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले प्याराग्लाइडिङ गर्नु पूर्व स्वागत गर्नुभएको थियो । सो अवसरमा मुख्यमन्त्री अधिकारीले विभिन्न कारणले सुस्ताइरहेको पोखराको पर्यटनमा चिनियाँ टोेलीको आगमन र प्याराग्लाइडिङ लगायतका गतिविधिले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यत्त गर्नुभयो । उहाँले प्याराग्लाइडिङसँगै… पुरा पढौ

पोखरामा न्यून लागतका १०० घर निर्माण गर्न त्रिपक्षीय सम्झौता

पोखरामा न्यून लागतका १०० घर निर्माण गर्न त्रिपक्षीय सम्झौता
पोखरा, ५ वैशाख/ पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैङ्क लिमिटेडका बिचमा महानगर क्षेत्रमा १०० नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो । सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग समूहको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धर र कामना सेवा विकास बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हस्ताक्षर गर्नुभएको… पुरा पढौ

गण्डकीका अनलाइन पत्रकारिता तालिम

गण्डकीका अनलाइन पत्रकारिता तालिम
पोखरा, ५ बैशाख/ पोखरामा अनलाइन पत्रकारिता तालिम सम्पन्न भएको छ । अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा बैशाखको २ गते देखि सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा अनलाइन पत्रकारिता, समाचार लेखन, तथ्यजाँच र पत्रकार आचारसंहिताका विषयमा सेसनहरु सञ्चालन भएका थिए । अनलाइन पत्रकारिताको विषयमा केशव शरण लामिछाने, समाचार लेखनको विषयमा भरत कोइराला, तथ्यजाँचका विषयमा दिपक अधिकारी र पत्रकार आचारसंहिताका विषयमा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले प्रशिक्षण गराउनुभएको थियो । तालिम समापनका क्रममा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय… पुरा पढौ

खानेपानी नियमित गर्न होटल संघको माग, ट्याङकरको पानीलाई दोव्बर मुल्य तिर्न बाध्य

खानेपानी नियमित गर्न होटल संघको माग
पोखरा, ४ वैशाख/ होटल संघ पोखरा नेपालले पर्यटकीय क्षेत्र बैदाममा खानेपानीको अभाव सुल्झाउन नेपाल खानेपानी संस्थानसँग आग्रह गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा हालै संस्थानको पोखरा कार्यालयमा पुगेको व्यवसायीको टोलीले त्यस्तो आग्रह गरेको हो । धारामा पानी नआउने र आए पनि नियमित नआउने गरेको विषय अवगत गराउन व्यवसायी संस्थानमा पुगेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । खानेपानी समस्याले समग्र बैदामवासि पीडित भएको भन्दै अध्यक्ष सुवेदीले पानीको समस्या समाधानका लागि गंभीर बन्न संस्थानसँग माग गरिएको बताए । पर्यटकीय… पुरा पढौ