समाचार

बैंकर पवन ढकालको निधन

पवन ढकाल
पोखरा, ३ फागुन/ लुम्बिनी विकास बैंकका सिनियर डेपुटी सिइओ पवन ढकालको बुधबार निधन भएको छ । हृदयघातपछि लामो समयदेखि उपचाररत ढकालको काठमाडौंमा निधन भएको हो । ह्दयघात भएपछि उनलाई उपचारका लागि दिल्ली लगिएको थियो । दुई पटक सम्म ह्दयघात भएको उनका परिवारले जनकारी दिएको छ । माछापुच्छ्र्रे बैंक, कैलाश विकास बैंक हुँदै उनी लुम्बिनी विकास बैंकमा आबद्ध भएका थिए । तनहुँका स्थायी बासिन्दा उनको परिवार हाल पोखरा ७ शान्तिनगर बस्दै आएको छ । उनको आजै काठमाडौंमा अन्त्येष्टि गरीएको छ । पुरा पढौ

मुस्ताङबाट पोखरा आउदै गरेको बस कालीगण्डकीमा खस्यो

दुर्घटना
पोखरा, ३ फागुन/ मुस्ताङको जोमसोमबाट पोखरा आउदै गरेको बस कालीगण्डकी नदीमा खसेको छ । मुस्ताङको थासाङ–३ धम्पुमा ना ७ ख ७४४० नम्बरको बस दुर्घटना भइ कालीगण्डकीमा खसेको हो । दुर्घटनामा परि १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी रविन्द्रनाथ पौडेलले जानकारी दिए । बसमा सवार १७ जना यात्रुमध्ये ४ जना गम्भीर घाइते छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पुस्थित सडकको बायाँ करिब ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको प्रहरीको भनाई छ । गम्भीर घाइते यात्रुलाई थप… पुरा पढौ

फागुन ४ गते सार्वजनिक विदा

सार्वजनिक विदा
पोखरा, ३ फागुन/ गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते बिहीबार प्रदेशभर सार्वजनिक विदाको निर्णय गरेको छ । गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद बैठकले यो वर्षका विदाबारे निर्णय गरेको थियो । विदाको निर्णय राजपत्रमा प्रकाशित छ । संघ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म विदा दिनसक्छ । गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषदले २०७९ मा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैते दसैं चैत… पुरा पढौ

गण्डकीका कानूनमन्त्री गाहामगर भन्छन्ः ‘तपाइहरुको समस्याको सम्बोधन हुन्छ’

गण्डकीका कानूनमन्त्री गाहामगर भन्छन्ः ‘तपाइहरुको समस्याको सम्बोधन हुन्छ’
पोखरा, २ फागुन/ आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । पोखराका अग्रज तथा क्रियाशिल पत्रकारहरुसँग आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले मंगलबार अन्तरक्रिया गरेका हुन् । उनले सो अवसरमा बोल्दै कानूनमन्त्री गाहामगरले आफु मिडियामैत्री रहेको बताए । उनले मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने धारणा राखे । ‘मिडिया विधेयकको विषयलाई हामीले गम्भीर रुपमा लिएका छौं, उनले भने, ‘मन्त्रालयको सचिव, सम्बन्धित विषयका कर्मचारीहरुसँग आवश्यक छलफल गरेर… पुरा पढौ

तेस्रो देशसँग युद्ध लड्ने परिपाटी तत्काल हटाउनु पर्ने– सभापति पदमबहादुर गुरुङ

तेस्रो देशसँग युद्ध लड्ने परिपाटी तत्काल हटाउनु पर्ने– सभापति पदमबहादुर गुरुङ
पोखरा, २ फागुन/ गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति पदमबहादुर गुरुङले नेपाली नागरिक दोस्रो देशमा भर्ती भई तेस्रो देशसँग युद्ध लड्ने परिपाटी तत्काल हटाउनु पर्ने माग राखेका छन् । संघले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति गुरुङले यस्तो कार्यले देशकै राष्ट्रियता र सार्वभौकिता माथि गम्भीर प्रहार भएको बताए । नेपाली नागरिकलाई दोस्रो देशको सेनामा भर्ती गर्ने कार्य रोकिनुपर्ने माग गरे । उनले नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिविपरीत नेपाली भूमिमा बेलायती सैनिक क्याम्प राखेर नेपालीलाई बहुर्राष्ट्रिय सेनामा पठाउने सरकारी… पुरा पढौ

ईन्टरनेट सेवा गुणस्तरीय बनाउ, तीरेको शुल्क अनुसारको सेवा देउ

ईन्टरनेट सेवा गुणस्तरीय बनाउ, तीरेको शुल्क अनुसारको सेवा देउ
पोखरा, १ फागुन/ उपभोक्ताहरुले प्रयोग गरिरहेको ईन्टरनेट सेवा गुणस्तरीय नभएको भन्दै पोखरामा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । कार्यक्रमका वक्र्ताहरुले ईन्टरनेट सेवा गुणस्तरीय बनाउन र तिरेको सुल्क अनुसारको सेवा पाउनुपर्ने माग समेत गरेका छन् । ईन्टरनेट सेवा प्रदायकहरुको नियमन गर्ने संस्था नेपाल दुरसञ्चार प्राधिकरण काठमाण्डौले पोखरामा सोमबार आयोजना गरेको ‘अनुमती पत्रका शर्तहरुका सम्बन्धमा ईन्टरनेट सेवा प्रदायकहरुसँग छलफल कार्यक्रम’ का सहभागी वक्ताहरुले सो गुनासो गरेका हुन । कम्पनीहरुले सेल्सपछिको सेवालाई गुणस्तरीय बनाउन नसकेको र सेवाको अनुमति लिँदा गरेको… पुरा पढौ

पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने

पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने
पोखरा, १ फाल्गुन/ पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने भएको छ । औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन सम्बन्धमा पोखरा महानगरपालिकाद्धारा आयोजित छलफल कार्यक्रम यस्तो समझदारी गरिएको हो । टोलीले वातावरणीय प्रदूषणको अवस्थाका बारेमा प्रतिवेदन तयार गरी बुझाउने छ । पोखरामा पछिल्लो समय वातावरणीय प्रदूषण बढेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले मानिसको स्वास्थ्यमा आउन सक्ने जोखिमहरूको न्यूनीकरणका लागि थप सचेतना सहित सजगताको आवश्यकतामा जोड दिनुभयो । “आजको… पुरा पढौ

जहाज दुर्घटनाः हेम्जाका सापकोटा दम्पतीको एक महिना पछि अत्तेष्टि

राजन सापकोटा र अनिषा बानियाँ सापकोटा
पोखरा, १ फागुन/ एक महिना पहिले यति एअरलाइन्सको जहाज दुर्घटनामा परि दिवंगत भएका पोखरा २५ हेमजा निवासी राजन सापकोटा र अनिषा बानियाँ सापकोटाको अन्तेष्टि गरेको छ । पोखरा महानगरपाकिला २५ हेमजा मिलन चोकबाट शवयात्रा सहित मरानघाटमा सोमबार विहान अन्त्येष्टी गरेका छन् । राजनको शव माघ ८ गते काठमाडौंमा पोष्टमार्टबाट पहिचान भएको थियो भने अनिषाको डिएनए गरेर मात्रै शव पहिचान भएको थियो । डिएनएको रिपटो हिजो मात्रै आएपछि उनी शव परिवारले बुझेर सोमबार अत्तेष्टी गरेका हुन् । माघ १ गते यति… पुरा पढौ

फागुन महिनामा करिब २ हप्ता सार्वजनी विदा

सार्वजनिक विदा
पोखरा, १ फागुन/ नेपालमा सार्वजनीक विदा धेरै भएको भन्दै घटाउनु पर्ने माग बढ्न थालेको छ । फागुन महिनामा शनिबार, धार्मिक, उत्सव, दिवस गरी १२ दिन विदा रहेको छ । यो १२ दिन सबैले भने विदा पाउने छैनन् । फागुन महिना विदाफागुन १ जनयुद्ध दिवस – सार्वजनिक विदाफागुन ३ प्रदेश स्थापना दिवस – लुम्बिनी प्रदेश विदाफागुन ४ प्रदेश स्थापना दिवस – गण्डकी प्रदेश विदाफागुन ६ शनिबार – सार्वजनिक विदाफागुन ७ प्रजातन्त्र दिवस – सार्वजनिक विदाफागुन ९ ग्याल्पो ल्होछार – सार्वजनिक विदाफागुन… पुरा पढौ

यातायातमा प्रदेशकै सर्भर र व्यवहारिक मापदण्ड माग गर्दै मन्त्रि चुमानलाई ज्ञापनपत्र

यातायातमा प्रदेशकै सर्भर र व्यवहारिक मापदण्ड माग गर्दै मन्त्रि चुमानलाई ज्ञापनपत्र
पोखरा, २९ माघ/ संघीयतापछि यातायात व्यवस्था प्रदेश सरकारको कार्यक्षेत्रमा परेको छ । अग्रीम राजस्व जम्मा हुने यातायात क्षेत्र प्रदेशको प्रमुख आम्दानीको स्रोतमा पर्छ । तर यातायात क्षेत्रमा अनेक बेथिति छन् । आइतबार गण्डकी प्रदेशका ड्राइभिङ स्कुल व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री हरिबहादुर चुमानलाई भेटेर समस्या समाधान गर्न आग्रह गरे । पूर्वाधारमा लगानी र सीप सिकाउन योगदान नगरेको सरकारलाई बेला परीक्षा लिने र सवारी चालक अनुमतिपत्र दिने व्यवस्था गर्न उनीहरुले माग गरे । ड्राइभिङ स्कुल संघ नेपालका केन्द्रीय महासचिव उमेश… पुरा पढौ