
पाैडी डुवेर
पोखरा, २५ बैशाख/ परराष्ट्र मन्त्रालयका कर्मचारी पोखराको बेगनासतालमा मृत फेला परेका छन् ।
मन्त्रालयका नायव सुब्बा उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास तालमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।
सोमबार बिहान साढे ८ बजे बेगनास तालको डुंगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले परिचयपत्रका आधारमा भण्डारीको पहिचान खुलेको उनले बताए । उनी राहादानी विभागमा कार्यरत थिए । उनको साथबाट जहाजको टिकट पनि भेटिएको प्रहरीले बताएको छ ।
भण्डारी आइतबार जहाजबाट पोखरा आए खुलेको छ । भण्डारीको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखिएको छ । उनको मृत्यु कसरी भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले अनुसन्धान गरी रहेको प्रवत्ता विकले बताए ।







