संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्षमा भरत कोइराला

-


     क्लिक गण्डकी     
     वैशाख २६ गते २०८० मा प्रकाशित


संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्षमा भरत कोइराला

संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्षमा भरत कोइराला

पोखरा, २६ बैशाख/ संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् ।

मञ्चको पोखरामा मंगलबार भएको चौंथो साधारणसभा तथा तेस्रो अधिवेशनमा कोइराला आगामी २ वर्षका लागि निर्वाचित भए । उनले राहित पराजुलीलाई हराए । कोइरालाले १२ र पराजुलीले ८ मत ल्याए ।

मञ्च उपाध्यक्षमा विसन क्षत्री, सचिव तारा चापागाईं र कोषाध्यक्ष उमा आलेमगर सर्वसम्मत भए । त्यसै गरी सदस्यहरुमा युनिश गुरुङ, उमेश पुन, ऋषि बराल, युवराज श्रेष्ठ चयन भए ।