
नारायण बराल
पोखरा, २ जेठ/ नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष नारायण बरालको निधन भएको छ । उनको मंगलबार काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।
आईतबार बिहान बाथरुपमा लडेपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भएको थियो । थप उपचारको लागि हेलिकोप्टरबाट काठमाण्डौ लगिएकोमा मंगलबार निधन भएको हो ।
पोखरा १३ आर्वा घर भएका बराल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इर्मजेन्सिमा कार्यरत थिए । नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य समेत रहेका बरालको शव काठमाडौंबाट पोखरा आजै ल्याउने र बुधबार अन्तेष्टि गर्ने तयारी रहेको परिवार स्रोतको भनाई छ ।





