सडकमा भ्रष्टाचार रोक्न माग गर्दै एक युवा ५ घण्टादेखि विद्युत हाइटेसन लाइनमा

-


     क्लिक गण्डकी     
     वैशाख ३० गते २०८० मा प्रकाशित


सडकमा भ्रष्टाचार रोक्न माग गर्दै एक युवा ५ घण्टादेखि विद्युत हाइटेसन लाइनमा

सडकमा भ्रष्टाचार रोक्न माग गर्दै एक युवा ५ घण्टादेखि विद्युत हाइटेसन लाइनमा

विराटनगर, ३० बैशाख/ मोरङको बुढीगंगा गाउँपालिका ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी बिजुलीको हाई लाइनको पोलमा चढेका छन् ।

उनी सडक निर्माण भइरहेको रिटेनिङ वाल निर्माणको काम गुणस्तरीय नभएको भन्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन् ।

उनले गुणस्तरहीन काम रोक्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे उनले आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।

उनी शनिवार बिहान ६ बजे पोलमा चढेको स्थानीयले बताएका छन् । उनले अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनाइ हुने बातवरण बनाए मात्र उत्रिने बताएको एक स्थानीय बताए ।