निरा आचार्यको हत्या आरोपमा एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     वैशाख १७ गते २०८० मा प्रकाशित


निरा आचार्य

निरा आचार्य

काठमाडौं, १७ बैशाख/ काठमाडौं कपनकी निरा आचार्यको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार निराको हत्या आरोपमा विनोद बिकलाई झपाबाट पक्राउ गरिएको हो । घटना अनुसन्धानमा संलग्न अर्का एक प्रहरी अधिकारीले विनोदलाई केही दिनअघि नै पक्राउ गरी सोधपुछ गरिरहेको बताएका छन् ।

काठमाडौंको कपन, सरस्वतीनगरमा भाँडा पसल चलाउँदै आएकी निराको वैशाख ७ गते दिउँसो पसलमै भएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।



Tags: