
पोखरामा बैशाख २२ गते माविस्तरीय चित्रकला प्रतियोगिता
पोखरा, १९ बैशाख/ पोखराको न्युरोडमा रहेको सीता एन्ड सन्स पोखरामा कास्की जिल्लास्तरीय अत्नर मावि चित्रकला प्रतियोगिता गर्ने भएको छ ।
सिर्जनशील कलाकार समूहको संयोजकत्वमा बैशाख २२ गर्ने प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा कक्षा ७ देखि १० सम्म र कक्षा ११ र १२ गरी २ समूहमा प्रतियोगिता हुने छ ।
प्रतियोगिताका विजयी खेलाडीलाई विभिन्न पुरस्कारहरु प्रदान गरिने सीता एन्ड सन्सका प्रोपाइटर रविश्वर आचार्यले बताए । उनले सामाजिक उत्तरदायित्व अन्तरगत कलाकारिताको विकासमा सहयोग पु¥याउन लागेको उनले बताए । उनले सबैको साथ पाए पोखरामा आर्ट ग्यालरी सञ्चालनको पहल गर्ने बताइन् ।
कलाकार प्राज्ञ बुद्धि गुरुङले सीता एन्ड सन्सले गर्न लागेको प्रतियोगितात्मक कार्यक्रममाबाट पोखरेली कलाको विकासमा ठूलो योगदन पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सावित्री आचार्य, मानस्वी आचाय र सिर्जनशील कलाकार समूहका कार्यवाहक अध्यक्ष दलबहादुर गुरुङ लगाएतले प्रतियोगिताको बारेमा जानकारी दिएका थिए । प्रतियोगिता पोखरा ७ मासबारमा रहेको श्रीकृष्ण स्कुलमा हुनेछ ।





