तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले ९ हजार भन्दाबढि मतले अगाडी

-


     क्लिक गण्डकी     
     वैशाख ११ गते २०८० मा प्रकाशित


तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

तनहुँ, ११ बैशाख/ आइतबार सम्पन्न उपनिवार्चन तनहुँको मत गणना जारी छ । प्राप्त मतपरिणाम अनुसार तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले गणनाका ५० प्रतिशत भन्दा बढिमत ल्याएका छन् । १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो ।

अहिले सम्म ४३ हजार ७१ मत गणना हुदाँ वाग्लेले २२ हजार २ सय ६० मत प्राप्त गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा पाँच पालिकाका ४२ वडा पर्छन् । ४२ मध्ये २९ वडाको मतगणना सकिएको छ ।

जसमा स्वर्णिमले सबैभन्दा बढि मतप्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १२ हजार ९ सय ११ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ५ सय ९५ मत प्राप्त गरेका छन् । स्वर्णिमले गोविन्द्रको भन्दा ९ हजार ३ सय ४९ ले अगाडी छन् ।

तनहुँ क्षेत्र नम्बर १ मा भानु नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्छन् ।

तनहुँ निर्वाचन क्षेत्र नं १
जम्मा मतदाता १२३३०५ मा
जम्मा खसेको मत ६५०९९
४२ वडामध्ये २९ वडा गणना गर्दा
जम्मा गणना ४३०७१
घण्टी स्वर्णिम वाग्ले २२२६०
रुख गोबिन्द भट्टराई १२९११
सुर्य सर्वेन्द्र खनाल ६५९५
मतान्तर ९३४९



Tags: ,