समाचार

पोखरामा न्यून लागतका १०० घर निर्माण गर्न त्रिपक्षीय सम्झौता

पोखरामा न्यून लागतका १०० घर निर्माण गर्न त्रिपक्षीय सम्झौता
पोखरा, ५ वैशाख/ पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैङ्क लिमिटेडका बिचमा महानगर क्षेत्रमा १०० नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो । सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग समूहको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धर र कामना सेवा विकास बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हस्ताक्षर गर्नुभएको… पुरा पढौ

गण्डकीका अनलाइन पत्रकारिता तालिम

गण्डकीका अनलाइन पत्रकारिता तालिम
पोखरा, ५ बैशाख/ पोखरामा अनलाइन पत्रकारिता तालिम सम्पन्न भएको छ । अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा बैशाखको २ गते देखि सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा अनलाइन पत्रकारिता, समाचार लेखन, तथ्यजाँच र पत्रकार आचारसंहिताका विषयमा सेसनहरु सञ्चालन भएका थिए । अनलाइन पत्रकारिताको विषयमा केशव शरण लामिछाने, समाचार लेखनको विषयमा भरत कोइराला, तथ्यजाँचका विषयमा दिपक अधिकारी र पत्रकार आचारसंहिताका विषयमा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले प्रशिक्षण गराउनुभएको थियो । तालिम समापनका क्रममा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय… पुरा पढौ

खानेपानी नियमित गर्न होटल संघको माग, ट्याङकरको पानीलाई दोव्बर मुल्य तिर्न बाध्य

खानेपानी नियमित गर्न होटल संघको माग
पोखरा, ४ वैशाख/ होटल संघ पोखरा नेपालले पर्यटकीय क्षेत्र बैदाममा खानेपानीको अभाव सुल्झाउन नेपाल खानेपानी संस्थानसँग आग्रह गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा हालै संस्थानको पोखरा कार्यालयमा पुगेको व्यवसायीको टोलीले त्यस्तो आग्रह गरेको हो । धारामा पानी नआउने र आए पनि नियमित नआउने गरेको विषय अवगत गराउन व्यवसायी संस्थानमा पुगेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । खानेपानी समस्याले समग्र बैदामवासि पीडित भएको भन्दै अध्यक्ष सुवेदीले पानीको समस्या समाधानका लागि गंभीर बन्न संस्थानसँग माग गरिएको बताए । पर्यटकीय… पुरा पढौ

मालपोत कार्यालय कास्कीमा चलखेल भएको बारेमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

मालपोत कार्यालय कास्की
पोखरा, ३ बैशाख/ भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री रञ्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल बारे छानबिन गर्न निर्देशन दिएकी छन् । चलखेल र सेटिङमा काम गरेको भन्ने आरोप आएको भन्दै तत्काल छानबिन गर्न निर्देशन दिएकी छिन् । आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई निर्देशन दिएकी हुन् । मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको पोखराको पब्लिक टेलिभिजनले कार्यक्रमबाट सार्वजनिक भएको थियो । सोही घटनाको बिषयमा थप… पुरा पढौ

अनलाइन पत्रकारिता तालिम सुरु

अनलाइन पत्रकारिता तालिम सुरु
पोखरा । अनलाइन पत्रकार संघ गण्डकीले आयोजना गरेको पत्रकारिता तालिम शनिवारदेखी सुरु भएको छ । सोमबारसम्म संचालन हुने तालिमको उद्दघाटन शत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापाले सिकाइ जिवनभरी रहने प्रक्रिया रहेको भन्दै पत्रकारितामा सिक्ने धेरै अवसर हुने बताए । मिडिया सम्बन्धी समस्यामा जानकार रहेको तर काम गर्न नपाइ सरकारबाट बाहिर पर्ने अवस्था आएको बताए । उनले बधाइ र विदाइ संगसंगै जस्तो हुन लागेको बताए । मन्त्री थापाले हुने खानेको मात्र समाचार… पुरा पढौ

सेती खोंचमा खसेकी बालिकाको मृत्यु

सेती खोंचमा खसेकी बालिकाको मृत्यु
पोखरा, २ बैशाख/ पोखरा महानगरपालिका–१५ सेती किनारको खोंचमा खसेकी बालिकाको मृत्यु भएको छ । पोखरा ८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । खोंचमा खसेको झण्डै साढे २ घण्टा उनको उद्धार भएको थियो । उद्धारपछि उपचारका लागि बालिकालाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरे ।उनी साथीहरु सगँ घुम्नाका लागि त्यहाँ पुगेकी थिइन् । पुरा पढौ

पोखराको सेती नदिको खोचमा खसेकी बालिकाको उद्धार

सेती नदिको खोचमा खसेर बालिका बेपत्ता
पोखरा, २ बैशाख/ पोखराको सेती नदिको खोचमा खसेकी बालिकाको साढे दुई घण्टा पछि उद्धार भएको छ । शनिबार दिउँसो खेल्दै गर्दा पोखरा ८ नागढुङ्गाकी १२ बर्षिय स्मृती पराजुली खोचमा खसेकी थिइन् । उनलाई खसेको साढे दुई घण्टापछि प्रहरीले उद्धार गरेको कास्की प्रहरी प्रमुख एपि अजय केसीले जानकारी दिए । पोखरा ८ नागढुंगा बस्ने स्मृती सहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए । पोखरा १५ स्थित हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोचमा खसेकी थिइन् ।… पुरा पढौ

सेती नदिको खोचमा खसेर बालिका बेपत्ता

सेती नदिको खोचमा खसेर बालिका बेपत्ता
पोखरा, २ बैशाख/ सेती नदिको खोचमा खसेर एक जना बालिका बेपत्ता भएकी छन् । पोखरा महागनरपालिका वडा नम्बर १५ सेती नदिको खोचमा खसेर १२ बर्षिया स्मृती पराजुली बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । खेल्ने क्रममा उनी खोचेमा खेसेकी थिइन् । अहिले उनको उद्धारका लागि नेपाल प्रहरीको उद्धार खोली खटिएको छ । थप विवरण भने आउन बाँकी छ । पुरा पढौ

महेन्द्रपुलमा संसारका झन्डाहरू फहराउने गरी झण्डा पार्क निर्माण हुदै

झण्डा पार्क
पोखरा, २ वैशाख/ पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब लफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा पारि शुक्रबर शिलान्यास गर्नुभएको हो । पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताउनुभयो । “यसको संरचना चार तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, त्यस… पुरा पढौ

गण्डकी प्रदेश संसद अधिबेशन बैशाख ९ गतेका लागि आह्वान

गण्डकी प्रदेशसभा
पोखरा, १ बैशाख/ गण्डकी प्रदेशको संसद अधिबेशन वैशाखको ९ गतेका लागि आवाहन गरेको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार विज्ञप्ती जारी गर्दै बैशाख ९ गते शनिबार ३ बजेका लागि बैठक आवाहन गरेका हुन् । बिहीबारको प्रदेश मन्त्रिपरिषदको बैठकले अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिबेशन आवाहन गरेका हुन् । खगराज अधिकारी नेतृत्वको सरकारलाई माओावादी केन्द्रले समर्थन फिर्ता लिँदै चैत १०… पुरा पढौ