समाचार

सञ्जिवनी दिदीबहिनीद्धारा तनहुँका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

सञ्जिवनी दिदीबहिनीद्धारा तनहुँका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
पोखरा, १२ जेठ/ सञ्जिवनी दिदी बहिनी केन्द्र, नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री, पोशाक वितरण वितरण गरेको छ । तनहुँको घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको हो । तनहुँको घिरिङ गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयका ७ र कामधेनु माविका ३ जना छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले बताईन् । छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै सञ्विनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना… पुरा पढौ

पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला

पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
पोखरा, १२ जेठ/ नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (एआई) को प्रयोग विषयक कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागिता थियो । मर्कन्टाइल र डाटा रिर्सच काउन्सिल फर स्टुडेन्ट (डीआरसीएफएस० र प्रिक्सा टेक्नोलोजीको सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यशालामा एआई लाई पत्रकारितामा कसरी प्रयोग गर्न सकिन्छ रु के फेक भ्वाईस रेकर्ड गर्न सकिन्छ रु फेक भ्वाईस र फ्याक्ट भ्वाईस कसरी छुट्याउने रु एआई ले कसरी समाचार पढ्छ रु खोजपत्रकारितामा एआई का टुल्स… पुरा पढौ

गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

गण्डकी प्रदेशसभा
पोखरा, १२ जेठ/ गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिएको छ । गण्डकी प्रदेशको शुक्रबारको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले आर्थिक वर्ष २०८०/०८१ को बजेटका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा प्रस्तुत गरेका हुन् । बजेटका सिद्धान्त र प्राथमिकता पेस गदै आलेले प्रदेश गौरवका आयोजना, रणनीतिक आयोजना पुराना कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए । उनले आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउन उत्पादन मुलक र छिटो प्रतिफल प्राप्त गर्न सकिने आयोजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिने र अधुरा दायित्व… पुरा पढौ

घरभाडा घटाउन घरधनीलाई सिटी रेवान पोखराको अपिल

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी
पोखरा, १२ जेठ/ पोखराको महानगर क्षेत्र भित्र रहेका रेष्टुरेण्ट, बार तथा पार्टी प्यालेसहरुको साझा संस्था पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान पोखरा)ले घरभाडा घटाउन घरधनीहरुलाई अपिल गरेको छ । सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सनाले विहीबार पत्रकारसँग कुरा गर्दै घरभाडा आधा घटाउन घरधनीहरुलाई अपिल गरेका हुन् । आर्थिक मन्दीका कारण व्यापार, व्यवसाय चौपट भएको भन्दै अध्यक्ष तिमिल्सिनाले व्यवसायी बचाउन घरभाडा घटाउनुपर्ने बताए । एकातिर आर्थिक मन्दीले व्यापार चौपट छ, अर्कोतिर बैंकको ब्याज र किस्ताले थिचिँदा व्यवसायी उठ्नै नसक्ने… पुरा पढौ

रुग्न आयोजनालाई गति दिन निर्मम भएर लाग्न मन्त्री जुग्जालीको निर्देशन

रुग्न आयोजनालाई गति दिन निर्मम भएर लाग्न मन्त्री जुग्जालीको निर्देशन
पोखरा, ११ जेठ/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले रुग्न आयोजनालाई पूर्णता दिन निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तरगतका पूर्वाधार विकास कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री जुग्जालीले रुग्न आयोजनालाई जति सक्दो छिटो पुरा गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको हो । “रुग्न आयोजनाहरुमा हामी निर्मम भएर लाग्नुपर्छ,” उहाँले भन्नुभयो “आयोजना होल्ड भइरहने, प्रगति पनि नदेखिने र नयाँ आयोजना पनि थपिने भएकाले रुग्न आयोजनालाई पूर्णता दिन केन्द्रित हुनुपर्छ ।” कार्यान्वयन हुन सक्ने, हुन नसक्ने र ठेक्का तोड्नुपर्ने… पुरा पढौ

गण्डकी प्रदेशको अधिबेशन जेठ १२ गते देखि

गण्डकी प्रदेशसभा
पोखरा, ११ जेठ/ गण्डकी प्रदेश सभाको बजेट अधिबेशन जेठ १२ गतेबाट शुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन् । जेठ १२ गते अर्थमन्त्री जीतप्रकाश आलेले आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने छन् । बैशाख १४ गते नियुक्त भएर १५ गते मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका थिए भने २१ विश्वासको मत लिएका थिए । अहिले सरकार नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको छ । चालु आर्थिक वर्षमा… पुरा पढौ

फुटबलर सुमित थिंकस्मार्टका ब्राण्ड एम्बेसडर

फुटबलर सुमित थिंकस्मार्टका ब्राण्ड एम्बेसडर
पोखरा, १० जेठ/ फुटबलका राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ थिंकस्मार्ट इन्टरनेशनल एजुकेशन प्रालिको ‘ब्राण्ड एम्बेसडर’ बनेका छन्। थिंक स्मार्ट र खेलाडी श्रेष्ठबीच बुधबार सम्झौता भएको छ। ब्राण्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टको बजारीकरणमा सहयोग गर्नेछन। श्रेष्ठ र थिंक स्मार्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। पहिलो चरणमा एकवर्षका लाथि थिंक स्मार्ट र श्रेष्ठबीच सम्झौता भएको थिंक स्मार्टका प्रबन्ध निर्देशक देवबहादुर क्षेत्रीले बताए। ब्राण्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टका लागि स्वदेश र विदेशमा हुने कुनैपनि प्रवद्र्धनात्मक गतिविधिमा सघाउने… पुरा पढौ

औषधी र स्वास्थ्य उपकरण थन्काउने होईन भन्दै स्टोर हेर्न पुगे मुख्यमन्त्री

औषधी र स्वास्थ्य उपकरण थन्काउने होईन भन्दै स्टोर हेर्न पुगे मुख्यमन्त्री
पोखरा, १० जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनता कहाँ पु¥याउन निर्देशन दिएका छन् । स्वास्थ्य जनताको जिबनसँग जोडिएकाले संवेदनशिल क्षेत्र रहेको बताउँदै उनले भने ‘औषधी थन्काएर राख्ने होईन, सक्दो जनताकहाँ पु¥याउनुपर्छ ।’ मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशको बिभिन्न पालिकाका जनप्रतिनिधिहरुले औषधी, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो गरेका थिए । जनप्रतिनिधिको गुनासोपछि बुधवार बिहान आफैँ स्टोर हेर्न पुगेका मुख्यमन्त्री पाण्डेले कर्मचारीसँग औषधी थन्काएर राखेको, स्थानीय तहमा नपठाएको हो… पुरा पढौ

पोखराको लेकसाइडमा दुर्घटना, एक जनाको मृत्यु

दुर्घटना
पोखरा, ९ जेठ/ पोखरामा मोटरसाइकल दुर्घटना हुदाँ काठमाडौंका सफल खतिवडाको मृत्यु भएको छ । सोमबार राति करिब १ बजे पोखरा महानगरपालिका ६ हल्नचोकबाट गैहाको चौतारा तर्फ जादै गर्दा खहरेचोकमा विजुलीको पोलमा ठोकिएर दुर्घटना भएको हो । ग २४ प ३१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ बर्षिय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक तनहुँ म्याग्दे गाउँपालिका वडा नंम्बर ४ थर्पुका १७ बर्षिय संगम बानियाँ घाइते भएका छन् । उनको टाउको… पुरा पढौ

पोखराको जंगलमा गम्भिर घाइते भएको अवस्थामा युवती फेला

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, ९ जेठ/ पोखरा ६ जरेवरको माथीको जंगलमा एक युवती अचेत अवस्थामा फेला परेकी छन् । शनिबार बिहान स्थानियले घाइते युवतीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । युवतीको कपडा च्यातिएको र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा युवती फेला परेको प्रहरीको भनाई छ । उनको हाल पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको आइसियुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवण कुमार विकले जानकारी दिए । आइतबार साँँझ मात्र उनी बोल्न सक्ने अवस्थामा आएकी छन् । उनी पुर्ण… पुरा पढौ