
स्याङ्जाको सिरुवारीबाट फर्किर्दै गरेको सरकारी गाडी दुर्घटना, एकको मृत्यु
पोखरा, २४ जेठ/ स्याङ्जाको सिरुवारीबाट फर्किदै गरेको बा १ झ ५८७८ नम्बरको जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
स्याङ्जाकोअर्जुनचौपारी ३ सहरे नजिक खोले भन्ने ठाउँमा दुर्घटना हुदाँ सवारी चालक अमृत खनालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला समन्वय समिति स्याङ्जाका समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेलको खुट्टा भाचिएको भने अम्विका पौडेल र टिकाराम पौडेल सामान्य घाइते भएको प्रहरीको भनाई छ ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ। गाडी बाटोबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।





