
खसेर
पोखरा, २८ जेठ/ पोखराको एक स्कुलको छतबाट खसेर एक किशोरी घाईते भएकी छन् ।
पोखरा महानगरपालिका वडा नम्बर–८ बगालेटोलस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट खसेर १५ वर्षिया किशोरी चाहत शाह घाईते भएकी प्रहरीले जानकारी दिएको छ ।
उनी विहान ५ बजेर ५५ मिनेटमा छतबाट खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । भारतको विहारस्थित मोतिहारी घर भएकी किशोरी खेल्ने क्रममा आफू अध्ययनरत विद्यालयको छतबाट खसेकी थिईन् ।
उनलाई तत्काल उद्दार गरेर पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि लगिएको थियो । उनको उपचार भईरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।







