समाचार

तालचोक–वेगनासताल सडक सम्झौताको २ वर्षपछि निर्माण सुरु हुँदै

सडक
पोखरा, २६ चैत/ पोखरा महानगरपालिकाको तालचोक–वेगनासताल सडक सम्झौताको २ वर्षपछि निर्माण सुरु हुुने भएको छ । सडकको सोमबार शिलन्यास गर्ने तयारी भएको छ । महानगरपालिकाले नेपाल सहरी सुशासन र पूर्वाधार परियोजना सँग सडक निर्माणका लागि स्वच्छन्द–सपना–वल्र्डवाइड जेभीसँग सन् २०२२ जुलाई ४ मा सम्झौता भएको थियो । तर स्थानीय विवादका कारण काम अघि बढ्न सकेको थिएन । ३.८ किलोमिटरको सडक स्तरोन्नतिका लागि १ अर्ब ६ करोड रुपैयाँ स्टिमेट गरिएकोमा करिब ३९ प्रतिशत घटेर ठेकेदार कम्पनीले ७५ करोड ४८ लाखमा ठेक्का लिएको… पुरा पढौ

आलु महोत्सवको तयारी पुरा

आलु महोत्सव फाइल तस्बिर
हेमजा, २५ चैत/ आइतबार देखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पुरा भएको छ । आयोजक विष्णुपादुका क्लवले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र भोली विहान १० बजे मिलनचोकबाट शोभायात्रा निकालिने जनाएको हो । महोत्सवको गण्डकी प्रदेशका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।महोत्सवमा प्रतिकिलो रु.३५ मा आलुको कारोवार हुनेछ भने करिव ४० टन आलु बिक्रीवितरण हुने अपेक्षा गरिएको छ ।कुल एक सय २० वटा स्टल रहेकोमा… पुरा पढौ

नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गरेको आरोपमा पोखराबाट युवक पक्राउ

नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गरेको आरोपमा पोखराबाट युवक पक्राउ
पोखरा, २५ चैत/ नेपाली सेनाको साइबर स्पेस (सर्भर) ह्याक गरेको अभियोगमा पोखरा १७ को बाटुलेचौरबाट २१ वर्षे सागर ढकाललाई नेपाल प्रहरीले बिहीबार पक्राउ गरेको छ । स्याङ्जा वालिङका ढकाल केही समययता पोखरा १६ मा डेरा गरि बस्दै आएका छन् । प्रहरी अनुसन्धान अनुसार ढकालले घरधनीको इन्टरनेट प्रयोग गरी सेनाको साइबर स्पेसमा विभिन्न समयमा आक्रमण गरेको खुलेको छ । साइबर स्पेसमा आक्रमण हुन थालेपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई जानकारी गराएको थियो । साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका… पुरा पढौ

सार्वजनिक सम्पती मिचेर संरचना बनाए डोजर लिएर आउछुः अध्यक्ष कार्की

बोध बहादुर कार्की
पोखरा, २४ चैत्र/ पोखरा महानगरपालिका वडानम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिएका छन् । हवेली मार्ग हुदै मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रबार उद्याटन गदै वडाध्यक्ष कार्कीले कानुन विपरीत काम गरेमा खरो रुपमा उत्रने चेतावनी दिएका हुन् । जनताको दुखःसुखमा सथै छु, समस्या लिएर आउनुहोस् आफ्ना वडावासीहरुलाई सहज रुपमा फछ्यौट गर्छु, तर सार्वजनिक सम्पतीमा हुने हस्तक्षप र मिचाह प्रबृतीविरुद्ध निर्मम भएर काम गर्छु, कार्कीले भने । भित्री सडक मर्मत र विस्तारका क्रममा सडक हडपेको… पुरा पढौ

पत्रकार महासंघ कास्कीले चार पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने

पत्रकार महासंघ कास्कीले चार पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने
पोखरा, २४ चैत/ नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा क्रियाशील चार जना पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने निर्णय गरेको छ । महासंघको शुक्रबार सम्पन्न बैठकले पत्रकारितामार्फत समाज, राष्ट्र, लोकतन्त्र र महासंघको संस्थागत विकासमा योगदान पुर्याउने पत्रकार र संस्थालाई सम्मान गर्ने निर्णय गरेको महासंघका सचिव माधव बरालले जानकारी दिए । जसअनुसार पत्रकार महासंघद्वारा स्थापित पोखरा पत्रकारिता सम्मान २०७७ बाट अग्रज पत्रकार नवीन सिग्देल र संस्थागत सम्मान २०७८ बाट लक्ष्मी हाउसलाई सम्मान गर्ने निर्णय गरेको हो । महासंघका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक संयोजक,… पुरा पढौ

केन्द्र सरकारले हाम्रो पीडालाई बेवास्ता ग¥योः लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङ

केन्द्र सरकारले हाम्रो पीडालाई बेवास्ता ग¥योः लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङ
पोखरा, २४ चैत / लोमान्थाङ गाउँपालिका मुस्ताङका अध्यक्ष टसी न्हर्वु गुरुङले पालिकाका स्थानीयले सेवा सुविधासहितका विषयमा दुख पाएको गुनासो गरेका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले बुधबार आयोजना गरेको लोमान्थाङ गाउँपालिकाको समृद्धि र सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गुरुङले गाउँपालिकाका नागरिकले प्रायः सुविधा पाउन नसकेको गुनासो गरेका हुन् । ‘हामीले यहाँका आम नागरिकका दुख र पीडाका विषयमा केन्द्रमा बारम्बार जानकारी गराएका छौं,’ उनले भने, ‘हाम्रो समस्याका विषयमा केन्द्रबाट वेवास्ता भइरहेको छ ।’ कार्यक्रममा अध्यक्ष गुरुङले ठेकेदार र… पुरा पढौ

लायन्स क्लब अफ पोखरा मुनालमा बराल र मर्दिमा अधिकारी अध्यक्षमा निर्वाचीत

लायन्स क्लब अफ पोखरा मुनालमा बराल र मर्दिमा अधिकारी अध्यक्षमा निर्वाचीत
पोखरा, २३ चैत/ वर्ष २०२३/२४ का लागि लायन्स क्लब अफ पोखरा मुनालको अध्यक्षमा केशब बराल र लायन्स क्लब अफ मर्दिको अध्यक्षमा मनोज कुमार अधिकारी निर्वाचीत भएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्टिक ३२५ एल अन्तर्गत वर्ष २०२३/२४ का लागि लायन्स क्लब अफ मर्दिका निवर्तमान अध्यक्ष मनोजकुमार अधिकारी अध्यक्षमा पुन निर्वाचित भएका छन् । क्लबको प्रथम उपाध्यक्षमा श्याम प्रसाद भुसाल, द्धितिय उपाध्यक्षमा सुमन पौडेल, तृतिय उपाध्क्षमा विष्णु प्रसाद बरुवाल, सचिबमा प्रताप पौडेल, कोषाध्यक्षमा विष्णु प्रसाद अधिकारी चयन भए । त्यसै गरी… पुरा पढौ

सिक्किम हिमपहिरोमा परेर ३ जना नेपालीको मृत्यु, ३ जना घाईते

सिक्किम हिमपहिरोमा परेर ३ जना नेपालीको मृत्यु, ३ जना घाईते
सिक्किम, २२ चैत/ सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परी तीन जना नेपालीसहित सात जनाको मृत्यु भएको छ । तीन जना नेपाली सहित १२ जना भन्दा बढि घाइते भएका छन् । चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ हिमपहिरोमा परेर मृत्यु भएको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतका रहेका छन् । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका प्रहरीको रहेको भारतीय समाचार संस्था इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ । पुरा पढौ

पोखरामा कोठाभित्रै जलेर एकजनाको मृत्यु

आगोलागि
पोखरा, २१ चैत/ पोखरा १७ विरौटामा कोठाभित्रै जलेर एकजनाको मृत्यु भएको छ । पोखरा १७ विरौटा स्थित समृद्धि मार्गमा बस्दै आएका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालको जलेर मृत्यु भएको हो । मंगलबार दिउँसो तीन तले भवनको बिच तलामा आगो लागेर उनेको मृत्यु भएको प्रहरीले जानकाकारी दिएको छ । कोठाबाट आगोको मुस्लो आएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले चुक्कुल फुटाएर उनलाई निकालेको थियो । स्याङ्जा अर्जुनचौपारी १ स्थायी घर भएका अर्याल केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए । प्रहरीले ढोका… पुरा पढौ

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मण बास्तोला

गुप्तेश्वर महादेव गुफा
पोखरा, २१ चैत/ गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २७ औ साधारणसभा तथा १० औ अधिवेशनले लक्ष्मण बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा युवराज लामिछाने र इश्वरी प्रसाद लम्साल, सचिव हरी प्रसाद लम्साल, सहसचिव ऋषिराम बराल, कोषाध्यक्षमा राजन अधिकारी र सहकोषाध्यक्षमा विजयराज आचार्य निर्वाचीत भएका छन् । त्यसै गरी सदस्यहरुमा खेमराज बराल, कृष्ण प्रसाद पोख्रेल, विजय पौडेल, ऋतुनाथ लम्साल, दिपकराज बराल र सरस्वती के सी कार्की रहेका छन् । पुरा पढौ