पोखरामा पनि अचाक्ली गर्मी बढ्यो

-


     क्लिक गण्डकी     
     जेठ १९ गते २०८० मा प्रकाशित


पोखरा

पोखरा

पोखरा, १९ जेठ/ केही दिन देखी देशभर अचाक्ली गर्मी बढेको छ । देशका विभिन्न ठाउँमा ४० डिग्रिमाथी तापक्रम मापन भएको छ । पोखरामा पनि तापक्रम बढेको छ । मनसुन भित्री नसक्दा नेपालमा गर्मी बढेको हो ।

सोमबार देखि तापव्रmम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो तापक्रम केहिदिन रहिरने विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुनी रेखा नेपालतर्फ नआएका कारण केही दिन तापक्रम अझै केहि दिन रहने विभागको अनुमान छ ।

विभागका अनुसार रौतहटको गौरमा ४३.३ डिग्रिको उच्च तापव्रmम रेकर्ड भएको छ । सबै भन्दा कम अधिकतम मनाङको हुम्देमा १९ डिग्री सेल्सियस रहेको छ । गर्मी बढे सँगै दिउँसोको समयमा बजारको चलहपहल कम हुने गरेको छ ।

पोखरामा मंगलबार जेठ १६ गते अधितम ३२ र न्युतनम २०, बुधबार जेठ १७ गते अधितम ३३.८ र न्युनतम २०.५, बिहीबार जेठ १८ गते अधितम ३४ र न्युनतम २१.३ डिग्री सेल्सियस मापन भएको छ ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार पोखरामा २०७९ असार ३१, २०१९ को अगष्ट १४ मा पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो । त्यसै गरी २०१६ को मे १ तारिखमा पोखराको तापक्रम ३४.८ डिग्री थियो । त्यस्तै २०२० को अगष्ट ५ र २०२१ को मे २४ मा पोखराको तापक्रम ३४.७ डिग्री थियो ।

पोखराको तापक्रम सबैभन्दा बढी यसअघि सन् १९७५ अप्रिल ८ मा ३७.४ डिग्री पुगेको थियो । त्यस्तै १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो ।