समाचार

अध्यागमन विभागको महानिर्देशकमा सहसचिव झलकराम अधिकारी

झलकराम अधिकारी
पोखरा, १६ फागुन/ नेपाल सरकारका सहसचिव झलकराम अधिकारीले अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट केही समय अगाडि गृहमा सरुवा भएका अधिकारी अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भन्दा अगाडि अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर काम गरेका छन् । अधिकारीले सहसचिव भएपछि सार्वजनिक वित्त व्यवस्थापन तथा तालिम केन्द्र ललितपुर प्रमुख, ठूला करदाता कार्यालयको कर प्रशासक, र आन्तरिक राजश्व कार्यालय काठमाडौंको प्रमुख, सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिव लगायत पदमा रहेर काम… पुरा पढौ

पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा ओम शान्तिमा श्रद्धान्जली सभा

पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा ओम शान्तिमा श्रद्धान्जली सभा
पोखरा १६, फागुन/ गत माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, महासंघ गण्डकीका संस्थापक अध्यक्ष, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष पौडेलको ४५ दीनको पुण्य तिथीमा ब्रह््रकुमारी इश्वरीय बिश्वबिद्यालय पार्दी शाखा (ओम शान्ति) मा आयोजित श्रद्धान्जली सभामा वोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन्। पत्रकार पौडेलको स्मृतिमा आफुहरुले ४५ दीनको पुण्य तिथीमा श्रद्धान्जली सभाको आयोजना गरी उहाँको परिवारजनसंगै उक्त कार्यक्रम गरिएको ब्रह््रकुमारी इश्वरीय… पुरा पढौ

ढल्किएको ताल बाराही मन्दिर पुननिर्माणका लागि क्षमा पुजा

ताल बाराही मन्दिर
पोखरा, १६ फागुन/ पोखरा महानगर पालिका वडा न ६ स्थित फेवा तालको विचमा अबस्थित श्रीताल बाराही भगवती मन्दिरको पूर्ननिर्माण को लागि प्राण प्रतिष्ठा सहित क्षमा पुजा गरिएको छ । सोमबार र मंगलबार गरि दुई दिन लगाएर प्राण प्रतिष्ठा सहित क्षमा पुजा सम्पन्न गरिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताए । भुईंतला सहित तीनतले मन्दिर तिन इन्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछी मन्दिर ब्यवस्थापन समिति मन्दिरको पुन निर्माणमा जुटेको हो । तालबाराही देवीको मन्दिर पुननिर्माण गर्दा कही कतै भुलबस… पुरा पढौ

प्रा.डा. रविलाल अधिकारीको निधन

प्रा.डा. रविलाल अधिकारी
पोखरा, १६ फागुन/ प्राध्यापक डाक्टर रविलाल अधिकारीको मंगलबार निधन भएको छ । अधिकारी पृथ्वीनारायण क्याम्पसमा नेपाली विभागका प्रमुख भइ लामो समयसम्म प्राध्यापन गरेका थिए । गण्डकी साहित्य संगम, प्रगतिशील लेखक संघ लगायत विभिन्न साहित्यिक एवं सामाजिक संघसंस्थामा आबद्ध थिए । उनी समालोचकका रुममा बढि चर्चित थिए । उनी क्यान्सर सहित अन्न रोगबाट बिरामी अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको हो । अधिकारी चार दिनअघि मात्र काठमाडौंमा उपचारपछि पोखरा फर्किएका थिए । पुरा पढौ

पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड फागुन १८ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड फागुन १८ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने
पोखरा, १४ फागुन/ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतवार सूचना निकालेर फागुन १८ गतेदेखि २७ गतेसम्म दिनको चार घण्टा सडक बन्द गर्ने जानकारी गराएको हो । सडक राति १२ बजेदेखि बिहानको ४ बजेसम्म बन्द हुने छ । पृथ्वी राजमार्ग सडक खण्डलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ । अहिले सडकको भित्तो काट्ने, रिटेन्सन पर्खाल लगाउने, नाली, पुल र डाइभर्सन बनाउने लगायतका कामहरू भइरहेको छ… पुरा पढौ

पोखराको यातायात प्रणाली विकासका लागि महानगर र कोरिया बिच सम्झौता, यस्तो छ योजना

पोखराको हरित यातायात प्रणाली विकासका लागि महानगरपालिका र कोरिया बिच सम्झौता, यस्तो छ योजना
पोखरा, १४ फागुन/ पोखराको हरित यातायात प्रणाली विकास परियोजना पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरू बिच सम्झौता भएको छ । सम्झौता अनुसार पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गरिनेछ परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसअघि नै पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेका कोरियाली रेलमार्ग अनुसन्धान संस्थानका परियोजना प्रबन्धक जियोन ह्युन किमका अनुसार परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १… पुरा पढौ

पल शाहलाई उच्च अदालत पोखराले सफाइ दियो, भोलि रिहा हुने

पल शाह
पोखरा, १४ फागुन/ बाल यौन दुरुपयोगको मुद्दामा जेलमा रहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र सोमबार रिहा हुने बताए । पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । फैसलाविरुद्ध सरकारी वकिल… पुरा पढौ

पोखरामा चार महिनापछि हिउँदे वर्षा

असिना पानी
पोखरा, १४ फागुन/ पोखरामा चार महिनापछि हिउँदे वर्षा भएको छ । फागुन ११ गते बिहीबार र आज आइतबार हिउँदे वर्षा सहित असिना परेको हो । लामो समयपछि परेको पानीले सुकेको हिउँदे खेतीलाई राहात मिलेको छ । तर, कुनै क्षेत्रमा असिना समेत पर्दा तोरी, गहुँ, फापर र तरकारी बालीमा क्षति पु¥याएको छ । पोखरा ७ मासबार लगायत क्षेत्रमा आइतबार दिउँसो वर्षासँगै असिना परेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । लामो समयपछि परेको पानीले सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका… पुरा पढौ

पोखरामा ५ मा युवा मृत फेला, शवको पहिचान खुल्न सकेन

पोखरामा ५ मा युवा मृत फेला, शवको पहिचान खुल्न सकेन
पोखरा, १४ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर ५ कालिका पेट्रोल पम्प नजिक एक व्यक्ति फेला परेका छन् । शनिबार बिहान पम्प नजिक करिब ३५ बर्षिय पुरुष शरिरमा ददारिएको अवस्थापमा रहेका उनको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतको पहिचान नखुलेको बताउदै प्रहरीले आफ्न्त हराएको भएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । पुरा पढौ

पोखरा महानगरपालिका वडा ४ का सदस्य श्रेष्ठको निधन

सञ्जयकुमार श्रेष्ठ
पोखरा, १४ फागुन/ पोखरा महानगरपालिका वडा नम्बरका ४ सदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ । उनको शनिबार राति ३ बजे फिस्टेल हस्पिटलमा उपचारक्रममा निधन भएको पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । पोखरा ४ गणेशटोल निवासी ५२ बर्षिय श्रेष्ठ केही समय देखी बिरामी परेका थिए । उनलाई जण्डिस समेत देखिए पछि अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । उनको आइतबार नै सेती किनार तुलसीघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ । पुरा पढौ