समाचार

पोखरा महानगरको आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक

पोखरा महानगरको आर्थिक वर्ष २०८०र८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक
पोखरा, २९ वैशाख/ पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक ३३ वटै वडाहरूमा गर्ने गरी सुरु गरेको छ । अभियानको रूपमा महानगरका सबै वडाहरूमा गरिने यस प्रकारको तयारी बैठक नगरप्रमुख धनराज आचार्यले वडा २५ बाट सुरु गर्नुभएको हो । पोखरा महानगरपालिका वडा २५ मा आयोजित तयारी बैठकमा बोल्दै प्रमुख आचार्यले आगामी आवका लागि योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताको आधारलाई विशेष ख्याल गर्न अनुरोध गर्नुभयो । “वडा स्तरमा योजनाहरू तर्जुमा गर्दा सम्बन्धित वडाको… पुरा पढौ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुदै

गण्डकी प्रदेशसभा
पोखरा, २९ बैशाख/ गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुँदैछ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री नियुक्त गरेसँगै आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ । शुक्रबार ४ बजे थप ४ जना मन्त्रीले शपथ ग्रहण गर्ने छन् । माओवादीबाट रेशम जुग्जाली मन्त्री बन्दैछन् भने कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्र थापा मगर मन्त्री बन्नेछन् । मुख्यमन्त्री पाण्डे बन्दा कांग्रेसबाट मुख्यमन्त्रीसहित २ र माओवादीबाट १ मन्त्री बनिसकेका छन् । आजै मन्त्रीहरुको कार्यजिम्मेवारी तोकिने तयारी छ । माओवादीबाट जुग्जाली भौतिक पूर्वाधार मन्त्री बन्नेछन् भने सुशिला… पुरा पढौ

पोखरामा जेब्राक्रसमा क्रेनले ठक्कर दिदा महिलाको मृत्यु

पोखरामा जेब्राक्रसमा केनले ठक्कर दिदा महिलाको मृत्यु
पोखरा, २९ बैशाख/ पोखरामा जेब्राक्रसबाट बाटो काट्नेक्रममा क्रेनले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिऊसो ठक्कर दिए पछि कास्कीको माछापुच्छे गाउँपालिका वडा नम्बर ४ लाचोकी ३८ बर्षिय धना अधिकारीको उचारका क्रममा शुक्रबार मृत्यु भएको छ । पोखरा ५ मालेपाटन विद्युत कार्यालय अगाडीको सडकबाट बाटो क्रस गर्न क्रममा केनले ठक्कर दिएको थियो । अधिकारीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु पछि आफ्न्तले करिब ३ घण्टा पृथ्वीचोक महेन्द्रपुलका सडक अवरोध गरेका छन् । बाटो… पुरा पढौ

पोखरामा १४ लाखको बियर नष्ट

पोखरा, २८ बैशाख/ जिल्ला प्रशासन कार्यालय कास्कीले म्याद गुज्रेको बियर नष्ट गरेको छ । लाभाजु इन्टरप्राइजेजको स्टोरबाट नियन्त्रणमा लिइएको १३ लाख ९८ हजार रुपैयाँ बराबरको बियर बुधबार नष्ट गरिएको हो । पोखरा १७, मुस्ताङचोकस्थित गल्फकोर्सको जग्गामा खाल्डो खनेर म्याद गुजेको बियर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । प्रशासनले मंगलबार ६ सय ५० एमएलको ३ सय १३ कार्टुन, ११ बोत्तल र ३ सय ३० एमएलको ६ कार्टुन, ११ बोत्तल बियर नियन्त्रणमा लिएको थियो । उनका अनुसार… पुरा पढौ

संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्षमा भरत कोइराला

संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्षमा भरत कोइराला
पोखरा, २६ बैशाख/ संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् । मञ्चको पोखरामा मंगलबार भएको चौंथो साधारणसभा तथा तेस्रो अधिवेशनमा कोइराला आगामी २ वर्षका लागि निर्वाचित भए । उनले राहित पराजुलीलाई हराए । कोइरालाले १२ र पराजुलीले ८ मत ल्याए । मञ्च उपाध्यक्षमा विसन क्षत्री, सचिव तारा चापागाईं र कोषाध्यक्ष उमा आलेमगर सर्वसम्मत भए । त्यसै गरी सदस्यहरुमा युनिश गुरुङ, उमेश पुन, ऋषि बराल, युवराज श्रेष्ठ चयन भए । पुरा पढौ

परराष्ट्र मन्त्रालयका कर्मचारी बेगनासतालमा मृत फेला

पाैडी डुवेर
पोखरा, २५ बैशाख/ परराष्ट्र मन्त्रालयका कर्मचारी पोखराको बेगनासतालमा मृत फेला परेका छन् । मन्त्रालयका नायव सुब्बा उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास तालमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए । सोमबार बिहान साढे ८ बजे बेगनास तालको डुंगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले परिचयपत्रका आधारमा भण्डारीको पहिचान खुलेको उनले बताए । उनी राहादानी विभागमा कार्यरत थिए । उनको साथबाट जहाजको टिकट पनि भेटिएको… पुरा पढौ

पत्रकार रामकृष्ण ज्ञवालीलाई एक लाख रुपैयाँको राष्ट्रिय पत्रकारिता पुरस्कार

पत्रकार रामकृष्ण ज्ञवालीलाई एक लाख रुपैयाँको राष्ट्रिय पत्रकारिता पुरस्कार
पोखरा, २४ बैशाख/ पोखराका पत्रकार रामकृष्ण ज्ञवालीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञवालीलाई पुरस्कार हस्तारण गरेका हुन् । सुचना तथा सञ्चार प्रविधि मन्त्रलायले पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । सोही पुरस्कारबाट अनिता बिन्दु, अम्बिका दहाल, गणेश लम्साल, गम्भीरा सहनी, लक्ष्मी आचार्य र वरिष्ठ पत्रकार सम्मान राजेन्द्र दहाल र बलराम थापालाई पनि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पुरा पढौ

पोखरा स्पोर्टस अवार्डः करण केसी र सावित्रा भण्डारी उत्कृष्ट खेलाडी, सागर उत्कृष्ट पत्रकार

पोखरा स्पोर्टस अवार्डः करण केसी र सावित्रा भण्डारी उत्कृष्ट खेलाडी, सागर उत्कृष्ट पत्रकार
पोखरा, २३ बैशाख/ पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणमा क्रिकेटका करण केसी र फुटबलकी सावित्रा भण्डारीले सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि जितेकी छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा लाइफ टाइम अचिभमेन्ट सहित विभिन्न ७ विधामा आवार्ड वितरण गरेको थियो । पुरुष तर्फ सर्वोत्कृष्ट खेलाडी बनेका करण केसीले टेनिसका प्रदीप खड्का, आर्चरीका गंगाबहादुर कुबँरलाई पछि पार्दै उपाधि जिते । त्यसै गरी सावित्रा भण्डारीले आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरलाई पछि पारिन् । वर्ष खेलाडी पुरुष र वर्ष… पुरा पढौ

विश्व शान्ति र प्रेम शिर्षकमा चित्रकला प्रतियोगितामा मदरल्याण्डकी एन्जल नेपाली पहिलो

विश्व शान्ति र प्रेम शिर्षकमा चित्रकला प्रतियोगितामा मदरल्याण्डका एन्जल नेपाली
पोखरा, २३ वैशाख/ २५६७ औं वुद्ध जयन्तीको अवसरमा सिता एण्ड सन्सले आयोजना गरेको कास्की जील्ला माध्यमिक तह स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ७ देखि १० सम्मको प्रतियोगीतामा मदरल्याण्ड मा विका एन्जल नेपाली पहिलो , कुम्दिनी होम्सका अविस्था पालिखे दिस्रो , वालोदय माविका इसिवा पौडेल तेस्रो र हिमालचन स्कुलका आविष्कार लामिछाने सन्तवना भए । उनिहरुले क्रमश हाइसेन्सको ३२ इन्चको एचडी टीभी , कोनका २२०० वाटको भ्याकुम क्लिनर, डाईकोमको वाटर डिस्नेपन्सर हट एन्ड कोल्ड र लिभ्प्युरको वाटर फिल्टर पुरस्कार… पुरा पढौ

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
संखुवासभा, २२ वैशाख/ संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण जलविद्युतको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन् । दुर्घटनामा पाइलट, का पाइलट, हेलिको टिम सदस्य छिरिङ भोटे, स्थानिय भबिन गुरुङ र सुरेन्द्र पौडेल घाइते भएका छन् । उनीहरुलाई नेपाल आर्मीको हेलिबाट उपचारको लागि काठमाडौ पठाउने तयारी भएको छ । पुरा पढौ