फेवातालमा डुबेर एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     जेठ १३ गते २०८० मा प्रकाशित


फेवाताल फाइलः तस्बिर

पोखरा, १३ जेठ/ पोखरा महानगरपालिका वडा २४ पामे खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

कास्कीको अन्नपुर्ण गाउँपालिका १० घान्द्रुक घर भई हाल जिल्ला कास्की पोखरा १४ चाउथे बस्ने बर्ष ६३ को मिन गुरुङको मृत्यु भएको हो ।

फेवातालमा डुवी बेपत्ता भएका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली र ससस्त्र प्रहरी बलको टोली समेत खटि गई खोजतलास गर्दा मृत अवस्थामा फेला पारेको थियो ।

शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा राखिएको छ ।



Tags: