
दुर्घटना
पोखरा, १४ जेठ/ पोखरा महानगरपाकिला वडा नम्बर २५ हेम्जामा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
शनिबार राति ९ बजे दुर्घटनामा परि हालसम्म नामथर ठेगना नखुलेको करिब ३० बर्षिय युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
युवकलाई पोखरा २५ हेम्जाको सुन्दरपुरी चोकमा बाग्लुङबाट पोखरातर्फ आँउदै गरेको लु ३ च ५१२ को जिपले ठक्कर दिएको खुल्न आएको प्रहरीले जनाएको छ ।
शवलाई पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पालमा राखिएको छ । प्रहरीले जिप र जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।





