
फेवाताल फाइलः तस्बिर
सिमसार पुरेकोमा पोखरा महानगरको ध्यानाकर्षण सम्बन्धमा
मिति २०८० जेठ १३ गते शनिवारका दिन फेवातालको सिमसार क्षेत्र ९माथिल्लो क्षेत्र० मा अनधिकृत रूपमा माटो उत्खनन गरी पुर्ने काम भइरहेको भनी सूचना प्राप्त भए लगत्तै पोखरा महानगरपालिकाको नगर प्रहरी प्रमुखको नेतृत्वमा उल्लेखित स्थानमा निरीक्षण अनुगमनका लागि पुगेको थियो । सो क्रममा अनधिकृत कार्यमा प्रयोग भइरहेको ग१ख ८६८७ नं।को टिप्परलाई नगर प्रहरीले नियन्त्रणमा लिएर कार्यालय तर्फ आउँदै गर्दा पामे बजार स्थित प्रहरी चौकी अगाडी केही उच्छृङ्खल व्यक्तिहरूले बाटो छेकी टिप्परको माटो समेत जबरजस्त रूपमा बाटोमा खसाली नगर प्रहरी र कर्मचारीहरू चढेको गाडी तोडफोड गर्ने उद्देश्यले अवरोध पुर्याएको घटना प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
महानगरका कर्मचारीहरूलाई अभद्र व्यवहार गर्दै सिमसार क्षेत्र पुर्ने जस्तो अनधिकृत कार्यमा बल पुग्ने गतिविधिमा संलग्न व्यक्तिहरूलाई वडा प्रहरी कार्यालय वैदामले नियन्त्रणमा लिई आगामी दिनमा यस्तो प्रकारको गल्ती नगर्ने शर्तनामा गरी छाडिएको छ । नियन्त्रणमा लिइएको टिप्परलाई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको छ ।
पोखराको गहनाको रूपमा रहेको फेवातालको संरक्षण, विकास र सम्वद्र्धनका लागि महानगरपालिकाले निरन्तर कार्य गर्दै आइरहेको छ । यस क्षेत्रमा भइरहेका कुनै पनि प्रकारका अनधिकृत तथा गैर कानुनी कार्यहरूलाई रोक्न महानगरपालिका सधैँ प्रतिबद्ध छ । वास्तविक तथ्यलाई तोडमोड गरी घट्नालाई अन्यत्र जोडेर विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक शीर्षकहरू राखी पोस्ट गरिएका सामाग्रीहरू प्रति महानगरपालिका खेद प्रकट गर्दछ ।
विश्व रामसार क्षेत्रमा सूचिकृत फेवातालको उत्तरी क्षेत्रमा अवस्थित सिमसार क्षेत्रलाई अनधिकृत रूपमा वन तथा अन्य सार्वजनिक क्षेत्र समेत अवैध उत्खनन गरी पुर्ने काममा संलग्न पक्षका सवारी साधनलाई यस कार्यालयबाट नियन्त्रणमा लिई पटक पटक कारबाही गर्दा समेत अटेर गरी हालका दिनमा रातको समयमा समेत सो काम जारी राखेको पाइएको छ ।
यस अवैध काममा संलग्न सञ्चालक ९ठेकेदार०, सवारी चालक तथा दलदले ९सिमसार० जमिन पुर्न लगाउने जग्गाधनी सहित सो कार्यमा प्रयोग गरिएका सम्पूर्ण सवारी साधनहरू नियन्त्रणमा लिई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायहरूसँग समेत समन्वय गरी कारबाहीको प्रक्रिया अधि बढाइएको छ ।
मिति – २०८०-०२-१४





