
पोखरा महानगरपालिका
पोखरा, १७ जेठ/ पोखरा महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा खाना, खाजा खर्चमा करिब साढे २ करोड खर्च गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३९ लाख खाना, खाजामा खर्च गरेको महालेखा परीषकको प्रतिबेदनले औंल्याएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा पनि २ करोड ४० लाख खर्च भएको थियो । महानगरले विविध तथा खाना खाजामा खर्च गरेको हो । महालेखाले पोखरा महानगरपालिकाका कर्मचारीले नियम विपरीत आवास सुविधादेखी महँगी भत्ता लिएको देखाएको छ ।





