मेयर बालेनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

-


     क्लिक गण्डकी     
     जेठ २५ गते २०८० मा प्रकाशित


मेयर बालेनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

मेयर बालेनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

पोखरा, २५ जेठ/ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिहीबार आफ्नो कार्यकक्षमा ’ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।

भारतले नयाँ संसद् भवनमा नेपाली भूमि समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेपछि सोही नक्साको विरोध जनाउदै बालेनले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका हुन् ।

मेयर बालेन अहिले भारतको बैंगलुरूमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएको महानगर स्रोतले बताएको छ । स्रोतका अनुसार मेयरको कार्यकक्षमा बिहीबार नयाँ नक्सा राखिएको हो ।

भारतको हालै उद्घाटित नयाँ संसद् भवनमा नेपालको भूभाग लुम्बिनी र कपिलवस्तु समावेश गरेर नयाँ नक्सा राखिएको छ । सोही नक्साको विरुद्ध नेपालमा विरोध भइरहेको छ ।



Tags: ,