प्युठानमा कार दुर्घटना हुदाँ आठ जनाको निधन

-


     क्लिक गण्डकी     
     जेठ २९ गते २०८० मा प्रकाशित


प्युठानमा कार दुर्घटना हुदाँ आठ जनाको निधन

प्युठानमा कार दुर्घटना हुदाँ आठ जनाको निधन

दाङ, २९ जेठ/ प्युठानमा सोमबार भएको कार दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरी दाङतर्फ जाने क्रममा लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका– ४ भिंग्रीको घुम्तीमा दुर्घटनामा हुदाँ ८ जनाको मृत्यु भएको हो ।

कार करिब ४५ मिटर तल सडकमा बजारिएको थियो । गुल्टिँदै कार माथिल्लो सडकबाट तल्लो सडकमा बजारिएको हुँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जानकारी दिएको छ । तीव्र गतिको कार घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको आशंका प्रहरीको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनाल, तुलसीपुर– १५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास, गढवा गाउँपालिका– ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय आदित्य शाह र कारचालक लमही नगरपालिका– ५ का ४९ वर्षीय तारा कुमाल रहेका छन् ।

सोमबार पौने ४ बजे स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीस्थित सडक घुम्तीमा कार दुर्घटना भएको हो ।