पोखरामा शुक्रबार २३ वर्ष एताकै बढि तापक्रम मापन

-


     क्लिक गण्डकी     
     जेठ २६ गते २०८० मा प्रकाशित


पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी

पोखराको मुख्यबजार न्युरोड

पोखरा, २६ जेठ/ केही दिन देखी देशभर अचाक्ली गर्मी बढेको छ । देशका विभिन्न ठाउँमा ४० डिग्रिमाथी तापक्रम मापन भएको छ । पोखरामा पनि तापक्रम बढेको छ । पोखरामा शुक्रबार २३ वर्ष एताकै बढि तापक्रम मापन भएको छ । शुक्रबार पोखराको अधिक्तम तापक्रम ३६ डिग्री सेल्सियस मापन भएको छ भने न्युनतम २२.३ मापन भएको छ ।

पोखरामा बिहीबार अधिक्तम ३५.७ र न्युतनम २१.१ डिग्री सेल्सियस मापन भएको थियो । पोखरामा १९९९ को अप्रिल २८ मा  ३७.४ डिग्री सेल्सियस मापन भएको थियो । त्यस एता ३६ डिग्री सेल्सियस तापक्रम नै बढि भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जानकारी दिएको छ ।

मनसुन भित्री नसक्दा नेपालमा गर्मी बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार देखि बढेको तापव्रmम केहिदिन रहिरने विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुनी रेखा नेपालतर्फ नआएका कारण केही दिन तापक्रम अझै बढ्ने विभागको अनुमान छ । गर्मी बढे सँगै दिउँसोको समयमा बजारको चलहपहल कम हुने गरेको छ ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार पोखरामा २०७९ असार ३१ र २०१९ को अगष्ट १४ मा पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो । त्यसै गरी २०१६ को मे १ तारिखमा पोखराको तापक्रम ३४.८ डिग्री थियो । त्यस्तै २०२० को अगष्ट ५ र २०२१ को मे २४ मा पोखराको तापक्रम ३४.७ डिग्री थियो ।

पोखराको तापक्रम सबैभन्दा बढी यसअघि सन् १९७५ अप्रिल ८ मा ३७.४ डिग्री पुगेको थियो । त्यस्तै १९९२ को अप्रिल २२, १९९९ को अप्रिल २८ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो । नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६ दशमलव चार डिग्री तापक्रम मापन भएको थियो । यो नेपालकै सबैभन्दा बढी मापन हो ।



Tags: