फेवातालको सिमसार पुरेर बनाइएको प्लटिङमा पोखरा महानगरको डोजर

-


     क्लिक गण्डकी     
     जेठ ३० गते २०८० मा प्रकाशित


फेवातालको सिमसार पुरेर बनाइएको प्लटिङमा पोखरा महानगरको डोजर

फेवातालको सिमसार पुरेर बनाइएको प्लटिङमा पोखरा महानगरको डोजर

पोखरा, ३० जेठ/ फेवातालको सिरानको सिमसार पुरेर बनाइएको प्लटिङमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । महानगरबाट गएको नगर प्रहरीको टोलीले दुई वटा डोजर लगाएर प्लटिङ भत्काएको पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।

सिमसार क्षेत्रका सबै प्लटिङ डोजर लगाएर भत्काउन सोमबार नगर प्रहरी सहित नेपाल प्रहरी र शसस्त्र प्रहरी पनि खटिएको थियो ।

सिमसार पुरेर घडेरी बनाएका समाचारहरु आएपछि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा गएको अनुमगन टोलीमा कास्कीका सिडिओ वासुदेव घिमिरे, पोखराका मेयर धनराज आचार्य गएका थिए ।

उनीहरूले पनि सिमसार क्षेत्र मास्ने गरी धमाधम पुरेर प्लटिङ गरेको भन्दै अनधिकृत कार्य तत्काल रोक्ने निर्णय गरेको थियो । घडेरी बनाएका कारण कतिपयको जग्गामा पानी जम्ने भएपछि आफुहरुले पनि पुर्न पाउनु पर्ने भन्दै नगरपालिका घेराउ गर्न पुगेका थिए ।