समाचार

पोखरामा नेपालकै दोस्रो ठुलो डिजेल भण्डार, मन्त्री रिजालले गरे उद्घाटन

नेपाल आयल निगम
पोखरा, १ असार/ नेपाल आयल निगमले पोखराको गगन गौडामा १० हजार किलो लिटर डिजलको भण्डारण गृह सुरु भएको छ । सोमबार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गण्डकी प्रादेशिक कार्यालय पोखरामा पेट्रोलियम पदार्थको भण्डारण वृद्धि परियोजना अन्तर्गतको भण्डारण गृह तथा अग्नी सुरक्षा संयन्त्र उद्घाटन गरे । सञ्चालनमा आए सगँ डिजलको भण्डारण गृह नेपालको नै दोस्रो ठूलो भण्डारण गृह भएको छ । सो भण्डारण निगमको आफ्नै लगानीमा निर्माण भएको हो । डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई… पुरा पढौ

रेडियाकर्मी सारुमगरलाई ‘मौलिक कौराहा पत्रकारिता पुरस्कार’

रेडियाकर्मी सारुमगरलाई ‘मौलिक कौराहा पत्रकारिता पुरस्कार’
पोखरा, १ साउन/ राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८०’ बाट पत्रकार खेम सारुमगर पुरस्कृत भएका छन् । नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा पत्रकारिता मार्फत उजार गरेको भन्दै रेडियो नेपालमा कार्यरत पत्रकार खेम सारुमगरलाई आज (आइतबार) पुरस्कृत गरेको हो । रेडियो नेपाल गण्डकी प्रदेश प्रादेशिक कार्यालयमा कार्यरत पत्रकार सारु मगरलाई गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापामगरले सम्मानपत्र, दोसल्ला तथा नगद १० हजार पुरस्कार स्वरुप प्रदान… पुरा पढौ

पोखरामा बोलबम, केदारेश्वर र पुम्दिकोट शिव मन्दिरहरुमा भत्तजनहरु भिड

पोखरामा बोलबम, केदारेश्वर र पुम्दिकोट शिव मन्दिरहरुमा भत्तजनहरु भिड
पोखरा, १ साउन/ पोखरामा साउनको पहिलो सोमबार पोखराको केदारेश्वर महादेवमणि मन्दिर, पुम्दिको विशाल शिव मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर अन्य शिव मन्दिरहरुमा शिवको पुजा आरधना र जल चढाउने भक्तजनहरुको ठुलो मात्रामा छन् । पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिइ भत्तजनहरुले शिवलिङ्गमा जल चढाउन बिहानैदेखि मन्दिर पुगेका छन् । पोखरामा केदारेश्वर र पुम्दीभुम्दीको शिव मन्दिरमा ठुलो भिड्छ । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखरामा बोलबम शिवपथ जलयात्रामा गर्दै आएको छ ।… पुरा पढौ

पोखराको फिर्के खोलाको पुल बाढिले धरापमा

पोखराको फिर्के खोलाको पुल बाढिले धरापमा तस्बिरः भानु पराजुली
पोखरा, १ साउन/ आइतबार रातिको परेको पानीले पोखरा ५ राधाकृष्ण मन्दिर नजिकैको पुल भत्किएको छ । वर्षाका कारण पुलको तल्लो भाग बगाए पछि पुल धरापमा परेका छ । पोखरा ५ र पोखरा ८ जोड्ने फिर्के खोला माथीको पुल हो । राती वर्षाका बेला पानी पनि ठेलिएको थियो । पुरा पढौ

इक्यान अध्यक्षमा शेषराज भट्टराई, उपाध्यक्षमा पोखराका भुवन विजयी

भुवनबहादुर क्षत्री
पोखरा, ३१ असार/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको मतदानमा भट्टराई २ सय ३८ मतसहित निर्वाचित भए । नेतृत्वका लागि ४ जना चुनावी मैदानमा थिए । निकटतम् प्रतिस्पर्धी विष्णुहरि पाण्डेले १ सय ४६ मत, कृष्णहरि केसीले २१ र देवीदास भट्टराईले ११ मत पाए । त्यसै गरी ३ उपाध्यक्षमा एन्ड्रीयु पौडेल (लक्ष्मण) २ सय २८ मत, भुवनबहादुर क्षत्री १ सय ७२ मत र गीता शिवाकोटी १ सय ५२ मतसहित निर्वाचित भए ।… पुरा पढौ

पोखरा–मुग्लिन सडक विस्तार बारे मेयर आचार्य र एडिबी निर्देशक बिच छलफल

पोखरा–मुग्लिन सडक विस्तार बारे मेयर आचार्य र एडिबी निर्देशक बिच छलफल
पोखरा, ३१ असार/ पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडी बढाउने विषयमा नगर प्रमुख धनराज आचार्य र एडिबीको टोली बिच छलफल भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता थियो । टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायात विज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी र प्रोजेक्ट म्यानेजर (पोखरा खण्ड) अमित कुमार श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो । भेटका क्रममा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डमा काम अगाडी… पुरा पढौ

फोटो यात्रामा पोखराका पत्रकारहरु

फोटो यात्रामा पोखराका पत्रकारहरु
पोखरा, ३१ असार/ शनिबार बिहान सिमसिम पानी परेको थियो । सिमसिम पानी परेपनि पोखराका फोटो पत्रकारहरु क्यामेरा बोकेर डाँडा तीर लागे । पोखरा १७ ड्यामसाइडबाट पोखरा २२ शान्तिस्तुप तर्फ करिब ४० जनाको टोली फोटो खिच्दै पुगे । सिमसिम पानी पर्न पनि रोकियो । फोटो खिच्न निस्केकाहरु प्रकृति सँग रमाउदै फोटो खिच्दै थिए । यसको चाँजो पाँजो भने नेपाल फोटो पत्रकार संघ कास्की मिलाएको थियो । पोखरा ड्यामसाइडदेखि सुरु भएको फोटो यात्रा पोखरा २२ पुम्दीकोटमा पुगेर सकिएको थियो । ड्रिम सिटीको… पुरा पढौ

‘काठमाडौंको ‘बुक फ्रि फ्राइडे’ गाउँका विद्यालयमा पनि चलाऔं’

‘काठमाडौंको ‘बुक फ्रि फ्राइडे’ गाउँका विद्यालयमा पनि चलाऔं’
पोखरा, ३० असार/ काठमाडौंका मेयर बालेन्द्र शाहले सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ अहिले अभियान चर्चामा छ । काठमाडौंमा हरेक शुक्रबार विद्यार्थी किताब नबोकी विद्यँलय जान्छन्, दैनिक जीवनयापनसँग जोडिने सीप सिक्छन् । त्यो अभियान अन्नपूर्ण गाउँपालिकामा पनि चलाउन स्थानीयले माग गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ का ध्रुव पौडेलले शुक्रबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्दै हप्तामा एकदिन जीवनउपयोेगी शिक्षा सिकाउने व्यवस्था गर्न गाउँपालिकासँग माग गरे । ‘काठमाडौंमा शुक्रबार विद्यार्थी किताब निलई विद्यालय जान्छन् । पाठ्यपुस्तकभन्दा बाहिरका कुरा सिक्छन्,’ पौडेलले भने, ‘हाम्रा… पुरा पढौ

‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’ बाट श्रेष्ठ सम्मानित

‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’ बाट श्रेष्ठ सम्मानित
पोखरा, २९ असार/ यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार दिपेन्द्र श्रेष्ठ सम्मानित हुनुभएको छ । तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको ४३ औँ बैवाहिक वर्ष गाँठको अवसरमा आज तमु धिं, नयाँबजारको सभाहलमा प्रमुख अतिथि कास्की क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य मन बहादुर गुरुङ र पुरस्कारदाता कर्म गुरुङद्धारा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष समेत रहनु भएका एभरेस्ट एफएमका प्रबन्धक निर्देशक श्रेष्ठलाई नगद रु १० हजार, फेटा, भाङ्ग्रा र सम्मानपत्रले सम्मान गर्नुभएको हो । पत्रकार हुमबहादुर गुरुङको… पुरा पढौ

इक्यान उपाध्यक्षमा करिअर कोच राजन गोदारको उम्मेदवारी

राजन गोदार
पोखरा, २९ असार / नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को उपाध्यक्षमा करिअर कोच राजन गोदारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । इक्यानलाई राजनीतिक दलको छायाँबाट मुक्त गराउन, राजनीतिकरणको अन्त्य गराउन, सङ्घले हिड्नुपर्ने बाटो र गन्तव्य पहिल्याउन गोदारले आफ्नो उम्मेदवारी दर्ता गराएको जनाएका छन् । समाज सप्तरङ्गी भए पनि व्यवसायिक संघसंस्थामा राजनीतिक रङ अपरिहार्य हुँदैन भन्ने मान्यतालाई आत्मसात गरेका गोदारले इक्यानको प्रतिष्ठा र गौरव उच्च बनाउन नेतृत्वसँग हातेमालो गरेर अगाडि बढ्ने वाचासमेत गरेका छन् । पोखरा र काठमाडौँमा दुई दशकभन्दा बढी… पुरा पढौ