समाचार

पोखराका न्यौपाने दम्पतीको निधन

पोखराका न्यौपाने दम्पतीको निधन
पोखरा/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तरकारी फलफूल ढुवानी इकाई पोखराका पूर्वअध्यक्ष मेघबहादुर न्यौपाने दम्पतीको निधन भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कास्कीका पूर्व अध्यक्ष न्यौपाने र उनकी श्रीमती शान्ति न्यौपानेको मोटर साइकल दुर्घटना परी निधन भएको हो । मनकामना दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परी अघिल्लो मंगलबार उनीहरुको मृत्यु भएको हो । मन्दिर दर्शन गरी जन्म घर धादिङ फर्कने क्रममा पृथ्वीराजमार्गको कुरिनटार नजिकै मोटर साइकल त्रिशुली नदीमा खसेर न्यौपाने दम्पत्तीको निधन भएको प्रहरीले जानकारी दिएको छ ।… पुरा पढौ

चौतारीको ११ बुँदे पोखरा घोषणापत्र जारी

चौतारीको ११ बुँदे पोखरा घोषणापत्र जारी
पोखरा, २३ जेठ/ प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रेस चौतारीले नेपाल पत्रकार महासंघले शुरुवात गरेको सदस्यता शुद्धिकरण अभियानमा पूर्ण समर्थन गर्दै यसलाई अक्षरसः पालना गर्न नेपाल पत्रकार महासंघसमक्ष जोडदार माग गरेको छ । यसैगरी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी प्रेसमाथि हुँदै आएको सबैखाले गलत क्रियाकलाप बन्द गर्न र प्रेसप्रति जिम्मेवार बन्न सरकारसहित सम्बद्ध सबैसंग आग्रह गरेको छ । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षदेखि बृद्धि हुने गरी ल्याएको… पुरा पढौ

इन्द्रेणीले गाईघाटमा माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

इन्द्रेणीले गाईघाटमा माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण
पोखरा २२ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित इन्दे्रणी एकीकृत विकास केन्द्रले ५० औ विश्व वातावरण दिवसको अवसर पारि सोमबार वृक्षारोपण गरेको छ । वृक्षारोपण कार्यक्रमा पोखरा १ गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा विभिन्न जाताका पाँच सय बढी बोट बिरुवा केन्द्रले रोपेको हो । केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, सस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली र पुर्व अध्यक्ष राम बिक्रम राणाले संयुक्त रुपमा पारिजातको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी,… पुरा पढौ

गण्डकी प्रदेश सरकारले ५ वटा सुरुङ मार्गको अध्ययन गर्ने

सुरुङ मार्ग
पोखरा, २२ जेठ/ गण्डकी प्रदेश सरकारले आउँदो वर्ष ५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तनहुँको भीमाददेखि नवलपुरको डेढगाउँ, नवलपुरको डेढगाउँ झ्यालबास, म्याग्दीको दानादेखि मुस्ताङको घासा, लमजुङको शितलपाटीदेखि नाल्माफेदीसम्मको सुरुङमार्ग आगामी वर्ष सम्भाव्यता अध्ययन गर्न लागेको नीति तथा कार्याक्रममा प्रस्तुत गरेको हो । यस्तै, दुई वा सो भन्दा बढी स्थानीय तह जोड्ने सडक, एक निर्वाचन क्षेत्र एक सडकलाई प्राथमिकता दिइएको छ । स्थानीय तहको केन्द्र जोड्ने सडक, प्रादेशिक लोकमार्ग र राजमार्गसँग जोडिने सडकलाई सरकारले निर्माणलाई पूर्णता दिने घोषणा… पुरा पढौ

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

कृष्णमणी बराल
काठमाडौँ, २१ जेठ नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणी बराललाई प्रदान गर्ने निर्णय गरेको छ । अन्नपूर्ण दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान प्रदान गर्ने छ । समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन… पुरा पढौ

मदरल्याड माविमा प्लास्टिक प्रदूषणको असर बारेमा सचेतना कार्यक्रम

मदरल्याड माविमा प्लास्टिक प्रदूषणको असरको बारेमा सचेतना कार्यक्रम
पोखरा, २१ जेठ/ विश्व वातावरण दिवसको अवसरमा पोखराको मदरल्याड माविका आइतबार प्लास्टिक प्रदूषणको असरको बारेमा सचेताना कार्यक्रम गरिएको छ । विद्यालयका कक्षा ८ का विद्यार्थीलाई मानवी क्रियाकलापका कारण पोखराको फेवाताल कसरी प्लास्टिक प्रदूषणको चपेटामा परेको छ भन्ने बारेमा तस्बिर र भिडियो देखाएको थियो । फेवाताल कसरी पुरिदै र प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने विषयमा केन्द्रित भएर पत्रकार कृष्णमणि बरालले विगत १९/२० वर्ष अघि देखि खिचेका तस्बिर समेटेर पावरप्वइन्ट प्रिजेन्टेसन गरेर विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन गर्न सुझाएका थिए । पोखराको फेवाताल… पुरा पढौ

जनप्रियका विद्यार्थीसँग पोखरा महानगर न्यायिक समिति

जनप्रियका विद्यार्थीसँग पोखरा महानगर न्यायिक समिति
पोखरा २१ जेठ/ जनप्रियका उच्च माध्यमिक विद्यालयका विद्यार्थीसँग पोखरा महानगर न्यायिक समितिले अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। गण्डकी प्रेस क्लबको समन्वयमा महानगरले विद्यार्थीसँग न्यायिक अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो। पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले विद्यार्थीलाई न्यायिक समितिको औचित्यबारे जानकारी लिइसकेपछि परिवारका सदस्यलाई यसको महत्वबारे सुझाउन आग्रह गरिन्। कानून सबैले जान्नुपर्ने विषय भएकाले विद्यार्थीहरूका लागि महत्वपूर्ण हुने उनले बताइन्। “एकदमै महत्वपूर्ण विषयबारे तपाईंहरूलाई प्रशिक्षण दिन मेलमिलाप सहजकर्ताहरू आउनूभएको छ। जानिसकेपछि घरमा गएर आममाबुबा दिदीबहिनी छिमेकीलाई भन्नुहुनेछ भन्ने… पुरा पढौ

रुपनारायण ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

रुपनारायण ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार
पोखरा, २१ जेठ/ अंग्रेजी समाचार पोर्टल रिसेन्टफ्युजन डटकमका सम्पादक रुपनारायण ढकाल २०८० सालको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले घान्द्रुकमा आयोजित औपचारिक समारोहमा ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो । अन्नपूर्ण हिमाल आरोहणको ७३ औं वर्षका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ढकाललाई दोसल्ला र सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका थिए । सोही पुरस्कारबाट नेपाल रिपब्लिक मिडिया गण्डकी प्रदेशका व्यूरो प्रमुख सन्तोष पोखरेल पनि सम्मानित भए । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको आयोजक… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम स्वास्थ्य, शिक्षा र कृषिमा जोड्

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम स्वास्थ्य, शिक्षा र कृषिमा जोड्
पोखरा, २१ जेठ/ गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा र कृषिमा जोड्दिएको छ । प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका स्वास्थ्य, शिक्षा र कृषिमा जोड् दिए । नीति तथा कार्यक्रममा गण्डकी प्रदेश सरकारले क्यान्सर पीडित विरामीलाई थप १ लाख सहयोग गर्ने भएको छ । भरतपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा प्रदेश मातहतका अस्पतालमा उपचार गर्दा थप १ लाख सहयोग गर्ने नीति तथा कार्यक्रम मार्फत घोषणा… पुरा पढौ

पोखराका ५ मुख्यचोकमा ट्राफिक लाइट जडान शुरु

पोखराका ५ मुख्यचोकमा ट्राफिक लाइट जडान शुरु
पोखरा, १९ जेठ/ पोखराका मुख्यचोकहरुमा ट्राफिक लाइट जडानको काम सुरु भएको छ । पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, जिरो किलोमिटरचोक र विरौटाचोकमा हाल ट्राफिक संकेत बत्ती जडानको काम सुरु भएको हो । पोखरा महानगरपालिकासँगको समन्वयमा सडक विभागले १ करोड ७० लाख लागतमा काम सुरु गरिएको हो । जिरो किलोमिटरका ५ वटा सेक्सन, सृजनाचोकका ४ वटा सेक्सन, सभागृहचोकका ३ वटा सेक्सन, पृथ्वीचोकका ४ वटा सेक्सन र बिरौटा चोकका ५ वटा सेक्सनमा ट्राफिक संकेत लाइटहरू जडान गरिने छन् । पोखरा महानगरपालिका थप ५ वटा… पुरा पढौ