फेवातालमा युवाको शव फेला

-


     क्लिक गण्डकी     
     श्रावण १९ गते २०८० मा प्रकाशित


फेवाताल फाइलः तस्बिर

पोखरा, १९ साउन/ फेवातालमा एक जना युवाको शव फेला परेको छ । पोखरा १८ सेदीस्थित वाटरफ्रण्ड रिसोर्टनजिकै तालमा शव तैरिइरहेको अवस्थामा युवाको शव फेला परेको हो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

कपडासहित तैरिरहेको शवबाट मोबाइल, पैसा र लाइसेन्ससमेत फेला परेको थियो । कागजात अनुसार सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ९ का सुजन थापामगर रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए ।

पानीका कारण मोबाइल भने नखुलेकाले उनले बताए । प्रहरीले मुचुक्ला उठाएर शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठाको गण्डकी अस्पतालमा पोष्टमार्टका लागि राखिएको छ ।