पोखरामा खाजाघरमा यौनधन्दा सञ्चालजन गरेको आरोपमा एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     श्रावण २२ गते २०८० मा प्रकाशित


पार्वती काराखेती

पार्वती काराखेती

पोखरा, २२ साउन/ खाजाघर खोलेर त्यहीबाट यौनधन्दा चलाएको आरोपमा कास्की प्रहरीले एक महिला पक्राउ गरेको छ ।

पोखराको सिर्जनाचोकमा खाजापसल चलाउँदै आएकी एक महिलाले ३ बालिका र १ जना महिलालाई कामदारको रुपमा राखेर यौनकार्यमा लगाउँदै आएको कास्की प्रहरी प्रवक्ता श्रवण विकले जानकारी दिए ।

प्रहरीले खाजाघर सञ्चालक गोरखाको पालुङटार स्थायी घर भएकी ६० वर्षे पार्वती काराखेतीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

मानव वेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरे थप अनुसन्धान भईरहेको डिएसपी विकले जानकारी दिए । शुभ अवसर ग्राम संस्थाको सहयोगमा वडा प्रहरी कार्यालय बैदामको ३ जनाको उद्धार गरेको थियो ।

काराखेतीले बालिका र महिलालाई वेटरको राम्रो काम लगाइदिन्छु भनी लोभ देखाएर बोलाइ यौनजन्य क्रियाकलापमा लगाउने गरेको पाइएको उनले बताए ।



Tags: