
पोखराको बुलौदीमा दुर्घटना
सागर राज तिमिल्सिना
पोखरा, २२ साउन
आर्थिक २०७८/७९ मा भन्दा अघिल्लो आर्थिक वर्षमा कास्कीमा सवारी दुर्घटनामा बुद्धि भएको छ । २०७८/७९ मा ९८ दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा १ सय १७ वटा ठुला दुर्घटना भएका छन् । ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्यांकले ज्यान गुमाउनेको संख्या घटे पनि सवारी दुर्घटना भने बढेको देखाएको छ । दुर्घटनामा परेर ४४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी बरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले जानकारी दिए ।
ति दुर्घटनाको कारणमा सबैभन्दा बढी चालकको लापरवाहि देखीको छ । चालक लापरवाहिमा पनि सबैभन्दा बढी तिब्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको देखीको उनले बताए । उनका अनुसार सबै भन्दा बढि कास्कीमा मोटर साइकल दुर्घटना भएका छन् । १२ महिनामा ९४ मोटारसाइकल दुर्घटना भएका छन् । दुर्घटनामा परेर ३३ जना पुरुष, ८ जना महिला र तीन जना बालबालिकाले ज्यान गुमाएका छन् । गम्भिर घाइते हुनेमा पनि पुरुषकै संख्या बढी छ ।
एक वर्षमा ७९ पुरुष, ३७ महिला र ७ जना बालबालिका गम्भिर घाइते भएका छन् । दुर्घटना जोखिम न्युनिकरण गर्न चालक नै सुध्रिनु पर्ने र ट्राफिकले दुर्घटना कम गर्न विभिन्न काम गर्दै आएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी बरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले बताए ।
कास्कीको पोखरा ७ बुलौदीमा सबै भन्दा धेरै दुर्घटना हुने गरेका छन् । दुर्घटनालाई कमि गर्न पोखरा ७ को टोलविकास सस्था पनि लागि परेको छ । तर पनि दिनहुँ दुर्घटन भइरहेका छन् । घुमौरो बाटो सडकमा विजुलीका पोल र तीब्र गतिका कारण यो ठाउँमा दिनहु दुर्घटना हुने गरेका छन् । यो क्षेत्रमा दुर्घटना कमि गर्नका लागि प्रहरी, स्थानीय बासिन्दा सबै एक भएर लाग्नु पर्ने पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्य बताउ छन् ।
तीव्र सहरीकरण र बढ्दो सवारी चापसँगै कास्कीमा प्रत्येक वर्ष सवारी दुर्घटना बढ्दै गएको छ । बढ्दो सवारी चाप, तीब्र गति, मापासे र खाल्डाखुल्डी भएको सडकका कारण पनि दुर्घटना हुने गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा साना तथा ठुला गरि २ हजार १ सय ५० वटा दुर्घटना कास्कीमा भएको पाठकले बताए । यो अवधिमा ६ हजार २ सय ८४ पटक ट्राफिक सचेतना सम्बन्धी कार्याक्रम सन्चालन गरेको पाठकले बताए । यो अवधिमा ६ करोड ५० लाख राजश्व संकलन गरेको छ ।







