
पोखरा महानगरले मंगलबार लामेआहालमा फोहर व्यवस्थापन गर्ने
पोखरा, २२ साउन/ पोखरा महानगरपालिकाले मंगलबार बिहानदेखि पोखरा ३२ को लामेआहालमा फोहर ब्यबस्थापन गर्ने भएको छ। उक्त स्थानमा फोहर फाल्न २ हप्तादेखि स्थानीयले अबरोध गरेका थिए ।
स्थानीय संघर्ष समितिसंग वार्ता गर्न महानगरले पोखरा २६ का अध्यक्ष नरेन्द्र थापा र ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई जिम्मेवारी दिएको थियो । अध्यक्षद्वय दिनभर वार्तामा बसेका थिए ।
वार्ता सकरात्मक भए पनि सांझपख केही स्थानीयहरूले असहमति जनाएका थिए । वार्ता सकरात्मक नै थियो तर केही ब्यक्तिहरू सहमतिमा आउन नचाहे पछि समस्या भयो, ३३ का अध्यक्ष अधिकारीले भने, ूलामो समयसम्म फोहर राख्न भएन, महानगरले उचित ब्यवस्थापन गर्छ ।ू स्थानीयले अबरोध गरे बल प्रयोग गर्ने महानगरले जनाएको छ ।
जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले मंगलबारदेखि फोहोर व्यवस्थापन लामेआहालमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको जानकारी पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले दिए ।
फोहोर व्यवस्थपानमा आवश्यक सुरक्षा प्रदान गर्ने निर्णय जिल्ला सुरक्षा समितिको निर्णय छ । सुरक्षा प्रदान भनिए पनि खासमा अवरोध भए बल प्रयोग गर्ने अर्थात प्रहरी परिचालन गर्ने हो । तर महानगरपालिका प्रवक्ता तिमिल्सिनाले स्थानीयबाट अवरोध नहुने र बल प्रयोग गर्नु नपर्ने विश्वास व्यक्त गरे । महानगरपालिकाका तर्फ गरिएका १६ बुँदे प्रतिबद्धता अक्षरश पालना हुने पनि तिमिल्सिनाले बताए ।







