पोखरा, २३ असार/ वन रक्षकको परीक्षामा ३ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लोक सेवा आयोग गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको शुक्रबार गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजातहरु चेकजाँच गर्नेक्रममा ३ जना नक्कली परीक्षार्थी फेला परेका हुन् । पक्राउ पर्नेमा कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना छन् । उनी नावालक भएकोले प्रहरी परिचय खुलाएको छैन ।…
पुरा पढौ