
प्रहरीले पोखरामा सलामी सलामी
बागलुङ, १० साउन/ बाग्लुङको एक होटेलमा खाजा खान गएका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेललाई होटेल सञ्चालकले हत्या गरेको प्रहरीले आरोप लगाएको छ ।
टाउमा हानेर घाइते भएपछि कपडाले घाँटी अठ्याएर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । होटेलमा पसेका पौडेलको र होटल सञ्चालक आशा कुँवरका आमा छोरासँग बिबाद हुँदा उनीहरुले टाउकोमा प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
टाउकोमा चोट लागेर बेहोस भएका पौडेल भुइँमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसी हत्या गरेको र मृतकले घाँटीमा लगाएको सुनको सिक्री समेत निकाली भान्छा कोठामा लुकाइ राखेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई मंगलबार नै प्रहरीले पक्राउ गरेको थियो ।
पौडेल शवको बुधबार पोष्टमार्ट गण्डकी अस्पताल पोखरामा भएको छ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज सोमबार राति मृत फेला परेका थिए । प्रहरीले आज पोखरामा सलामी सलामी दिएको छ ।







