समाचार

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने बताए । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४ औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका उद्घाटन गर्दै जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने तयारी अगाडी बढेको बताए । उनले हिजो मात्रै अन्तिम कुराकानी भएको बताए । २०७९ पुस १७ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय… पुरा पढौ

गोरखाका हाकिमलाई मुख्यमन्त्रीको निर्देशनः ‘सेवा प्रवाहमा टाइमकार्ड लागू गर्नुस्’

गोरखाका हाकिमलाई मुख्यमन्त्रीको निर्देशनः ‘सेवा प्रवाहमा टाइमकार्ड लागू गर्नुस्’
गोरखा, ४ जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गोरखाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधबार कार्यालय प्रमुखहरुलाई भेटेर नागरिकले एउटै कामका लागि पटक पटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् । ‘एउटै कामका लागि सर्वसाधारण पटक–पटक आउनुपर्ने, कार्यालय धाउनुपर्ने बाध्यता हामीले हटाउनुपर्छ,’ उनले भने, ‘बरु सेवा छिटो र सहज बनाउन ‘टाईमकार्ड’ लागू गर्नुस् । समयमै काम भएन भने जनतामा आक्रोश बढ्छ । ब्यवस्थाप्रति नै बितृष्णा हुन सक्छ ।’… पुरा पढौ

कामीरिता शेर्पा २७ औं पटक सगरमाथा चुचुरो चुम्दै कीर्तिमान

कामीरिता शेर्पा
पोखरा, ३ जेठ/ प्रख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले कीर्तिमानी २७ औं पटक सगरमाथाको (८८४८.८६ मिटर) सफल आरोहण गरेका छन् । मंगलबार कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाचाको चुचुरो चुमेर र फर्किएका छन् । आफ्नै विश्व रेकर्ड तोडेदै शेर्पाले मंगलबार बिहान ८ बजेर ३० मिनेटमा २७ औँ पटक सगरमाथाको शिखरमा पुगेको सरकारी प्रतिनिधि खिमलाल गौतमले जानकारी दिए । कामिरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका छन् । सोलुखुम्बुका शेर्पाले अघिल्लो वर्ष २६ औं पटक… पुरा पढौ

पोखरामा रक व्याण्ड अल्बाट्रोस आउदै, रातकी रानी एल्बम लन्चिङ गर्ने

अल्बाट्रोस
पोखरा, ३ जेठ/ युवाहरुमाँझ चर्चित रक व्याण्ड अल्बाट्रोस नयाँ एल्बम रिलिज सहित लाइभ प्रस्तुती लिएर पोखरा आउन लागेको छ । व्याण्डको नयाँ एल्बम रातकी रानी लन्चिङ गर्न पोखरा आउन लागेको हो । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा जेठ ५ गते साँझ लाइभ कन्सर्टमा सहभागी नयाँ एल्बम लन्चिङ गर्ने छ । अल्बाट्रोसका फर्कि फर्कि नहेर मलाई, तिमि अनि मेरो त्यही एउटा कुरा लगाएतका गीतहरु चर्चित छन् । सन् १९९८ मा स्थापना भएको यो व्याण्डले नेपाली सागितक जतमा एतिहासिक… पुरा पढौ

पोखराको यातायात कार्यालयमा मन्त्री जुग्जालीको छड्के अनुगमन

पोखराको यातायात कार्यालयमा मन्त्री जुग्जालीको छड्के अनुगमन
पोखरा, ३ जेठ / यातायात व्यवस्था कार्यालय पोखरामा बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले छड्के अनुगमन गर्नुभएको छ । यातायात कार्यालयबाट प्रवाह हुने सेवाको अवस्था र सेवाग्राहीको समस्या पहिचान गर्न मन्त्री जुग्जाली आकस्मिक रुपमा अनुगमनमा पुग्नुभएको हो । मन्त्री जुग्जालीले यातायात व्यवस्थापन कार्यालयको सवारी चालक अनुमतिपत्र अनुगमनका क्रममा सेवाग्राहीले उठाएका समस्यालाई पहिलो प्राथमिकतामा राखेर यातायात क्षेत्रको सुधारको काम सुरुवात गरिने बताउनुभयो । सेवाग्राहीहरुले मन्त्रीसँग कार्यालयमा खाने र शौचालयमा प्रयोग गर्ने समस्या भएको, सेवा प्रवाह अव्यवस्थित,… पुरा पढौ

पोखराका पाँच पेट्रोलपम्पमा पोखरा महानगरको अनुगमन

पोखराका पाँच पेट्रोलपम्पमा पोखरा महानगरको अनुगमन
पोखरा, ३ जेठ/ पोखरा महानगरपालिकाले पोखराका पाँच पेट्रोलपम्पमा अनुगमन गरेको छ । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा हेमजा, मालेपाटन, मासबार र विरौटामा सञ्चालित पाँच वटा पेट्रोलपम्पमा अनुगमन गरिएको हो । अनुगमनमा पेट्रोलीयम पर्दाथको परिणाम र गुणस्तर चेक गरिएको थियो । प्राविधिक टोलीले गरेको चेकजाँचमा परिणाम र गुणस्तर ठिकठाक भेटिए छ । पोखरा महानगरपालिकाले मंगलबार गरेको पेट्रोलपम्पको अनुगमनमा परिणाम र गुणस्तरमा कैफियत फेला नपरेको अनुगमन संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन् । पोखरा २५ हेमजाको जयबुद्ध आयल स्टोर्स, सिमापानीको पराजुली आयल… पुरा पढौ

स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष नारायण बरालको निधन

नारायण बराल
पोखरा, २ जेठ/ नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष नारायण बरालको निधन भएको छ । उनको मंगलबार काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । आईतबार बिहान बाथरुपमा लडेपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भएको थियो । थप उपचारको लागि हेलिकोप्टरबाट काठमाण्डौ लगिएकोमा मंगलबार निधन भएको हो । पोखरा १३ आर्वा घर भएका बराल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इर्मजेन्सिमा कार्यरत थिए । नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य समेत रहेका बरालको शव काठमाडौंबाट पोखरा आजै ल्याउने र बुधबार अन्तेष्टि… पुरा पढौ

दश विद्यामा २४० जनालाई सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगर

दश विद्यामा २४० जनालाई सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगर
पोखरा, २ जेठ/ पोखरा महानगरपालिकाले २४० जनालाई विभिन्न सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रवद्र्धन केन्द्र ९बिपिसी० को आयोजनामा विभिन्न १० विद्यामा २४० जनालाई सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्न लागिएको हो । छनौट भएका सहभागीहरूलाई अभिमुखीकरण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर भित्र स्वरोजगार सृजना गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिमहरू आयोजना गरिएको बताउनुभयो । “महानगरपालिका भित्र स्वरोजगार सृजना गर्ने, तालिमका विभिन्न अवसरहरू सृजना गर्ने, तालिम पश्चात्… पुरा पढौ

हाइकिङद्धारा अर्मलाकोटको प्रवद्र्धन गर्दै हाइकर्स क्लब

हाइकिङद्धारा अर्मलाकोटको प्रवद्र्धन गर्दै हाइकर्स क्लब
पोखरा, २ जेठ/ पोखरा आसपासका ग्रामिण भेगहरुमा रहेका होमस्टेहरुलाई हाइकिङका माध्यमले प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ३४ औं श्रृङ्खला अर्मलाकोट सामुदायिक होमस्टेमा सम्पन्न गरेको छ । हाइकिङमा सहभागीहरुलाई होेमस्टे अध्यक्ष वविता गुरुङ, आमा समुह अध्यक्ष झलश्री गुरुङ लगायतका आमा दिदीबहिनीहरुले फ्ुलमालाले स्वागत गरेका थिए । सहभागीले आफ्नै खर्चमा हाइकिङमा जोडिदै आन्तरिक पर्यटन प्रवद्र्धनमा लाग्नु राज्यको लागि ठुलो योगदान रहेको हाइकिङमा पहिलो पटक सहभागी पोखरा महानगरपालिका वडा नंं २१ का निवर्तमान वडा अध्यक्ष खगराज आचार्यले वताएका छन् । उनले… पुरा पढौ

पत्रकार महासघं कास्कीका अध्यक्ष भण्डारीलाई सप्रेम शारदा पत्रकारिता पुरस्कार

विमला भण्डारी
पोखरा, ३१ वैशाख/ नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्की शाखाले संचालन गरेको सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो । पुरस्कार राशि ५१ हजार रुपैया नगद र सम्मान पत्र रहेको छ । नेपाल पत्रकार महासघं कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला संयोजक रहेको प्रतिभा छनौट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे वैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको युनियनका कार्यवाहक अध्यक्ष रवीना आलेले जानकारी दिइन् ।… पुरा पढौ