समाचार

गण्डकीमा भौतिक पूर्वाधारमा ११ अर्ब १६ करोड बजेट, टुक्रे योजना कटौति

जीतप्रकाश आले
पोखरा, १ असार / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि भौतिक पूर्वाधार शिर्षकमा रु. ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा कुल ३३ अरब ४२ करोडको बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै प्रदेशका अर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणका लागि ११ अरब १६ करोड बजेट बिनियोजन भएको जानकारी दिनुभयो । आगामी वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा असार ६ मा अन्तर्राष्ट्रिय उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा असार ६ गते अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार) मा चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पोखरामा हुने बोट रेस प्रतियोगितामा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भाग लिने खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । पुरा पढौ

पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी

पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी
पोखरा, १ असार/ पोखराको फेवातालमा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । फेस्टिभलमा हुने डुंगा रेसका लागि चिनियाँ ड्रागन डुंगा ८ वटा पोखरा आइपुगेको भने प्रतियोगितामा भाग लिन आउनेहरु आउने क्रम शुरु भएका आयोजकले जानकारी दिएका छन् । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सयुक्त आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखराले सहआयोजनाकामा हुने प्रतियोगितामा तयारी अन्तिम चरणमा पुगेका पोखरामा शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पोखराको फेवाताल किनार क्याम्पिङ… पुरा पढौ

गण्डकी प्रदेशमा ३३ अर्बको बजेट आउने

गण्डकी प्रदेशसभा
पोखरा, १ असार/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ । चालु वर्षमा ३५ अर्ब ९० करोडको बजेट कार्यान्वयन गरेको सरकारले आगामी ३३ अर्ब हाराहारीमा बजेट ल्याउने तयारीमा छ । केन्द्र सरकारले दिने अनुदान घट्नु र आन्तरिक राजश्वमा समेत कमि आएका कारण बजेटको अंक घटाएर ल्याउन लागेको हो ।संघ सरकारले दिने अनुदानमध्ये सशर्त र समानीकरण अनुदान घटेको छ । सशर्तमा २ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ घटाएको छ भने समानीकरण अनुदानमा ३० करोड ५४ लाख घट्ने… पुरा पढौ

फेवातालको सिमसार पुरेर बनाइएको प्लटिङमा पोखरा महानगरको डोजर

फेवातालको सिमसार पुरेर बनाइएको प्लटिङमा पोखरा महानगरको डोजर
पोखरा, ३० जेठ/ फेवातालको सिरानको सिमसार पुरेर बनाइएको प्लटिङमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । महानगरबाट गएको नगर प्रहरीको टोलीले दुई वटा डोजर लगाएर प्लटिङ भत्काएको पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए । सिमसार क्षेत्रका सबै प्लटिङ डोजर लगाएर भत्काउन सोमबार नगर प्रहरी सहित नेपाल प्रहरी र शसस्त्र प्रहरी पनि खटिएको थियो । सिमसार पुरेर घडेरी बनाएका समाचारहरु आएपछि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा गएको अनुमगन टोलीमा कास्कीका सिडिओ वासुदेव घिमिरे, पोखराका मेयर धनराज आचार्य गएका… पुरा पढौ

प्युठानमा कार दुर्घटना हुदाँ आठ जनाको निधन

प्युठानमा कार दुर्घटना हुदाँ आठ जनाको निधन
दाङ, २९ जेठ/ प्युठानमा सोमबार भएको कार दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरी दाङतर्फ जाने क्रममा लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका– ४ भिंग्रीको घुम्तीमा दुर्घटनामा हुदाँ ८ जनाको मृत्यु भएको हो । कार करिब ४५ मिटर तल सडकमा बजारिएको थियो । गुल्टिँदै कार माथिल्लो सडकबाट तल्लो सडकमा बजारिएको हुँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जानकारी दिएको छ । तीव्र गतिको कार घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको आशंका प्रहरीको छ । मृत्यु… पुरा पढौ

पोखरामा स्कुलको छतबाट खसेर किशोरी घाईते

खसेर
पोखरा, २८ जेठ/ पोखराको एक स्कुलको छतबाट खसेर एक किशोरी घाईते भएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर–८ बगालेटोलस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट खसेर १५ वर्षिया किशोरी चाहत शाह घाईते भएकी प्रहरीले जानकारी दिएको छ । उनी विहान ५ बजेर ५५ मिनेटमा छतबाट खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । भारतको विहारस्थित मोतिहारी घर भएकी किशोरी खेल्ने क्रममा आफू अध्ययनरत विद्यालयको छतबाट खसेकी थिईन् । उनलाई तत्काल उद्दार गरेर पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि लगिएको थियो । उनको… पुरा पढौ

पोखरामा स्वीमिङ पुलमा डुबेर एकजनाको मृत्यु

पाैडी डुवेर
पोखरा, २८ जेठ/ पोखराको एक स्वीमिङ पुलमा डुबेर १ जनाको मृत्यु भएको छ । पोखरा १६ बाटुलेचौरमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा पोखरा ८ का १० वर्षीय ऐनक्स थापाको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । पौडी खेल्दा डुबेर बेहोस भएका उनको दीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

पोखरामा शुक्रबार २३ वर्ष एताकै बढि तापक्रम मापन

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी
पोखरा, २६ जेठ/ केही दिन देखी देशभर अचाक्ली गर्मी बढेको छ । देशका विभिन्न ठाउँमा ४० डिग्रिमाथी तापक्रम मापन भएको छ । पोखरामा पनि तापक्रम बढेको छ । पोखरामा शुक्रबार २३ वर्ष एताकै बढि तापक्रम मापन भएको छ । शुक्रबार पोखराको अधिक्तम तापक्रम ३६ डिग्री सेल्सियस मापन भएको छ भने न्युनतम २२.३ मापन भएको छ । पोखरामा बिहीबार अधिक्तम ३५.७ र न्युतनम २१.१ डिग्री सेल्सियस मापन भएको थियो । पोखरामा १९९९ को अप्रिल २८ मा  ३७.४ डिग्री सेल्सियस मापन भएको… पुरा पढौ

पोखरामा बिहीबार केही वर्ष एताकै बढि गर्मी मापन

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २५ जेठ/ केही दिन देखी देशभर अचाक्ली गर्मी बढेको छ । देशका विभिन्न ठाउँमा ४० डिग्रिमाथी तापक्रम मापन भएको छ । पोखरामा पनि तापक्रम बढेको छ । मनसुन भित्री नसक्दा नेपालमा गर्मी बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार देखि बढेको तापव्रmम केहिदिन रहिरने विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुनी रेखा नेपालतर्फ नआएका कारण केही दिन तापक्रम अझै बढ्ने विभागको अनुमान छ । गर्मी बढे सँगै दिउँसोको समयमा बजारको चलहपहल कम हुने गरेको छ ।… पुरा पढौ