पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्टाउन माग राख्दै हस्ताक्षर अभियान

-


     क्लिक गण्डकी     
     असार २१ गते २०८० मा प्रकाशित


पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्टाउन माग राख्दै हस्ताक्षर अभियान

पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्टाउन माग राख्दै हस्ताक्षर अभियान

पोखरा, २१ असार/ पोखरा महानगरपालिकाबाट पुरानो लेखनाथ नगरपालिका छुट्टाउन माग राख्दै लेखनाथबासीले हस्ताक्षर अभियान सुरु गरेका छन् ।

पोखरा महानगरपालिकाबाट छुट्टाएर साविकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग गर्दै अभियान सुरु गरेको अभिन्ता सन्दीप पौडेलले बताए । विकास निर्माण तथा बजेटमा पोखरा महानगरपालिकाले लेखनाथ क्षेत्रलाई पछि पारेकाले विकास हुन नसकेको भन्दै साविकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग अघि बढेको उने बताए ।

पोखरा महानगरमा गाभिएपछि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रममा कम परेको उनले बताए । लेखनाथवासीले विगतका फोरमहरुमा पनि यसखालको माग राख्दै आएका थिए ।

लेखनाथ नगरपालिका पुनस्र्थापना अभियानमा १ लाख हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई बुझाउने लक्ष्य रहेको छ । पहिलो दिन करिब ३ हजार हस्ताक्षर संकलन भएको छ । हस्ताक्षर संकलन अभियान प्रत्येक शनिबार विभिन्न चोकचोकमा हुने पौडेलले बताए । पोखरा महानगरपाकिाल १८ वटा वडा रहेको थियो ।

त्यसमा लेखनाथ नगरपालिका, भदौरे गाविस, चापाकोट गाविस लगाएत मिसाएर पोखरा महानगरका बनेको थियो ।



Tags: ,