समाचार

मेयर बालेनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

मेयर बालेनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा
पोखरा, २५ जेठ/ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिहीबार आफ्नो कार्यकक्षमा ’ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । भारतले नयाँ संसद् भवनमा नेपाली भूमि समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेपछि सोही नक्साको विरोध जनाउदै बालेनले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका हुन् । मेयर बालेन अहिले भारतको बैंगलुरूमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएको महानगर स्रोतले बताएको छ । स्रोतका अनुसार मेयरको कार्यकक्षमा बिहीबार नयाँ नक्सा राखिएको हो । भारतको हालै उद्घाटित नयाँ संसद् भवनमा नेपालको… पुरा पढौ

जन्मदिनमा रक्तदान कार्यक्रम

जन्मदिनमा रक्तदान कार्यक्रम
पोखरा, २५ जेठ/ लायन्स क्लब अफ पोखरा डेस्टीनेशनको आयोजनामा क्लबका पुर्व अध्यक्ष लक्ष्मण तिमिल्सिनाको जन्म दिनको अवसरमा आयोजना गरीदै आएको रक्तदान कार्यक्रमको सातौ कार्यक्रम मेडीप्लस हस्पिटल महेन्द्रपुलमा सम्पन्न भएको छ । बिगत सात वर्ष देखि तिमिल्सिनाको जन्मदीनको अवसरमा जेठ २५ गते आयोजना हुदै आएको रक्तदान कार्यक्रममा ४९ प्रिन्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमको अवसरमा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले रक्तदान जीवनदान भएको बताउदै अब निःशुल्क दान गरेको रगत हामीले प्रयोग गर्दा समेत कुनै शुल्क नतीरी प्रयोग गर्न… पुरा पढौ

स्याङ्जाको सिरुवारीबाट फर्किर्दै गरेको सरकारी गाडी दुर्घटना, एकको मृत्यु

स्याङ्जाको सिरुवारीबाट फर्किर्दै गरेको सरकारी गाडी दुर्घटना, एकको मृत्यु
पोखरा, २४ जेठ/ स्याङ्जाको सिरुवारीबाट फर्किदै गरेको बा १ झ ५८७८ नम्बरको जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । स्याङ्जाकोअर्जुनचौपारी ३ सहरे नजिक खोले भन्ने ठाउँमा दुर्घटना हुदाँ सवारी चालक अमृत खनालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला समन्वय समिति स्याङ्जाका समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेलको खुट्टा भाचिएको भने अम्विका पौडेल र टिकाराम पौडेल सामान्य घाइते भएको प्रहरीको भनाई छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ। गाडी बाटोबाट… पुरा पढौ

अहोरात्र गुरुकुलको विकासमा – ‘रामचन्द्र’

रामचन्द्र पौडेल
रवीन्द्र माकाजूपोखरा–३, नदीपुर स्थित महर्षि गुरुकुल वेद विद्याश्रम पोखराको शैक्षिक ज्योति फैलाउने मूलकेन्द्र मानिन्छ । जसको माध्यमबाट पोखरामा २००६ सालमा पोखरा पब्लिक स्कुल स्थापना भयो भने २०१४ सालमा कन्या स्कुल र २०१७ भाद्र १७ गते पृथ्वीनारायण कलेजको विधिवत स्थापना गरियो । यसो हुनुको पछाडि यहाँ १९९६ सालमा स्थापित ब्रह्मचर्याश्रम गुरुकुल सहारा थियो, आधार थियो । यहाँ नित्य हवन, पूजापाठ, यज्ञ, यज्ञादि चल्दथ्यो । भक्तजनहरुको आवातजावत हुन्थ्यो । त्यतिबेला एउटा लामो घर, राधाकृष्ण पाटी एवं अन्य पौवाहरू निर्माण गरिएका थिए ।… पुरा पढौ

पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी, फेवातालमा डुंगा परीक्षण

पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी, फेवातालमा डुंगा परीक्षण
पोखरा, २४ जेठ/ फेवाताल र फेवाताल किनारमा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी भइरहेको छ । फेस्टिभलमा हुने डुंगा रेसका लागि चिनियाँ ड्रागन डुंगा ८ वटा पोखरा आइपुगेको छन् । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल २०२३ का लागि ८ वटा चिनियाँ डुंगा पोखरा ल्याएर फेवातालमा परीक्षण समेत गरेका छन् । पोखराको फेवाताल किनार क्याम्पिङ चोकमा असार ८ र ९ गते नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल हुनेछ । चिनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिम बीच डुंगा दौड प्रतियोगिता… पुरा पढौ

उडिरहेको श्री एयरलाइन्सको जहाजको ढोका खुलेपछि

श्री एयरलाइन्स
काठमाडौं, २३ जेठ/ काठमाडौंदेखी धनगढीतर्फ उठेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ । उडिरहेको विमानको ढोका आकाशमै खुलेपछि ३० मिनेट काठमाडौं फर्काइएको हो । जहाज उडेको १० मिनेटमै एयर प्रेसर फेलियर भएको थियो । भित्र र बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको हो । विहान ८ बजेर १० मिनेटमा काठमाडौंबाट उडेको श्री एयरलाइन्सको २२१ जहाज आकाशमै ढोका खुलेपछि ८ बजेर ३८ मिनेटमा काठमाडौं विमानस्थलमै अवतरण गरिएको विमानस्थल प्रशासनले जनाएको छ । जहाजमा… पुरा पढौ

पोखरामा दुई जना मृत फेला

मृत फेला
पोखरा, २३ जेठ/ पोखराका दुई जना मृत फेला परेका छन् । पोखराको फेवाताल र पोखरा १४ स्थित नहरमा एक एक जना मृत फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ । पोखरा १४ नहरमा फेला परेको शव पोखरा ११ फुलबारीका ४२ बर्षिय रिखीराम शर्मा पौडेल रहेको प्रहरीले जानकारी दिएको छ । त्यसै गरी फेवातालमा भेटिएको शबको पहिचान खुलेको छैन । दुबै घटनाको थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । उनले दुबै शवको पोष्टमार्टका लागि पश्चिमाच क्षेत्रिय… पुरा पढौ

पोखराका न्यौपाने दम्पतीको निधन

पोखराका न्यौपाने दम्पतीको निधन
पोखरा/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तरकारी फलफूल ढुवानी इकाई पोखराका पूर्वअध्यक्ष मेघबहादुर न्यौपाने दम्पतीको निधन भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कास्कीका पूर्व अध्यक्ष न्यौपाने र उनकी श्रीमती शान्ति न्यौपानेको मोटर साइकल दुर्घटना परी निधन भएको हो । मनकामना दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परी अघिल्लो मंगलबार उनीहरुको मृत्यु भएको हो । मन्दिर दर्शन गरी जन्म घर धादिङ फर्कने क्रममा पृथ्वीराजमार्गको कुरिनटार नजिकै मोटर साइकल त्रिशुली नदीमा खसेर न्यौपाने दम्पत्तीको निधन भएको प्रहरीले जानकारी दिएको छ ।… पुरा पढौ

चौतारीको ११ बुँदे पोखरा घोषणापत्र जारी

चौतारीको ११ बुँदे पोखरा घोषणापत्र जारी
पोखरा, २३ जेठ/ प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रेस चौतारीले नेपाल पत्रकार महासंघले शुरुवात गरेको सदस्यता शुद्धिकरण अभियानमा पूर्ण समर्थन गर्दै यसलाई अक्षरसः पालना गर्न नेपाल पत्रकार महासंघसमक्ष जोडदार माग गरेको छ । यसैगरी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी प्रेसमाथि हुँदै आएको सबैखाले गलत क्रियाकलाप बन्द गर्न र प्रेसप्रति जिम्मेवार बन्न सरकारसहित सम्बद्ध सबैसंग आग्रह गरेको छ । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षदेखि बृद्धि हुने गरी ल्याएको… पुरा पढौ

इन्द्रेणीले गाईघाटमा माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

इन्द्रेणीले गाईघाटमा माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण
पोखरा २२ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित इन्दे्रणी एकीकृत विकास केन्द्रले ५० औ विश्व वातावरण दिवसको अवसर पारि सोमबार वृक्षारोपण गरेको छ । वृक्षारोपण कार्यक्रमा पोखरा १ गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा विभिन्न जाताका पाँच सय बढी बोट बिरुवा केन्द्रले रोपेको हो । केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, सस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली र पुर्व अध्यक्ष राम बिक्रम राणाले संयुक्त रुपमा पारिजातको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी,… पुरा पढौ