समाचार

पोखरा लामाचौरका व्यवसायी राज भण्डारीले पाए अमेरिकी अवार्ड, ह्वाइट हाउसमा बाइडेनले दिए बधाई

पोखरा लामाचौरका व्यवसायी राज भण्डारीले पाए अमेरिकी अवार्ड, ह्वाइट हाउसमा बाइडेनले दिए बधाई
पोखरा, १९ बैशाख/ अमेरिकास्थित नेपाली मूलका व्यवसायीले प्रतिष्ठित अवार्डबाट सम्मानित भएका छन् । पुर्ख्यौली थलो कास्की पोखरा १६ लामाचौर नेपाली मूलका राज भण्डारीको साइनसीक्स नामको व्यवसायलाई सन् २०२३ को एक्सपोर्टर अफ द इयर अवार्ड प्रदान गरिएको हो ।अमेरिकी सरकारको साना व्यवसाय प्रशासन एसबीएले साइनसीक्सलाई उक्त अवार्डका लागि छनौट गरेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । नर्थ क्यारोलाइनमा मुख्यालय रहेको कम्पनीका सञ्चालक राज भण्डारी हुन् भने अपरेशन म्यानेजर रञ्जन कार्की हुन् । ग्लोबल मार्केटिङका निर्देशक लिसा बामफोर्डले निरीक्षणपछि सो सिफारिस गरेकी हुन्… पुरा पढौ

अवरूद्ध पृथ्वी राजमार्ग खुल्न अझै केही घन्टा लाग्ने

पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड फागुन १८ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने
पोखरा, १९ बैशाख/ सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ । धादिङको गणेशखोला माथी रहेको पुलको मुखनिर जमिन भासिएपछि सोमबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुल्न अझै केही घन्टा समय लाग्ने छ । बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको प्रहरीले जनाएको छ । १७ घन्टादेखि राजमार्ग अवरूद्ध हुँदा साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् । काठमाडौंबाट पोखरा र अन्य ठाउँमा जाने सवारी साधनले गल्छी–नुवाकोटको बाटो प्रयोग गरिरहेका छन् भने काठमाडौंबाट बाहिर जाने गाडी त्रिभुवन… पुरा पढौ

श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्रः मुख्यमन्त्री पाण्डे

सुरेन्द्रराज पाण्डे
पोखरा, १८ वैशाख / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीहरुको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरहरुलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग विराटनगर मजदुर आन्दोलन नै थियो । यस अवसरमा विसं २०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले… पुरा पढौ

निरा आचार्यको हत्या आरोपमा एक जना पक्राउ

निरा आचार्य
काठमाडौं, १७ बैशाख/ काठमाडौं कपनकी निरा आचार्यको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार निराको हत्या आरोपमा विनोद बिकलाई झपाबाट पक्राउ गरिएको हो । घटना अनुसन्धानमा संलग्न अर्का एक प्रहरी अधिकारीले विनोदलाई केही दिनअघि नै पक्राउ गरी सोधपुछ गरिरहेको बताएका छन् । काठमाडौंको कपन, सरस्वतीनगरमा भाँडा पसल चलाउँदै आएकी निराको वैशाख ७ गते दिउँसो पसलमै भएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । पुरा पढौ

पोखराको फुर्सेखोलामा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

पाैडी डुवेर
पोखरा, १६ बैशाख/ कास्कीको पोखरा महानगर पालिका वडा नम्बर १७ पावरहाउस फुर्सेखोला पौडी खेल्नेक्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ । पोखरा महानगर पालिका वडा नम्बर १५ नयाँगाँउ बस्ने वर्ष १५ को रोनिष गुरुङ खोलामा पौडी खेल्ने क्रममा डुवी बेपत्ता भएपछि प्रहरीको टोली खोजीका लागि पुगेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक हरी प्रसाद पौडेलको कमाण्डमा १० जनाको टोली उद्दारका लागि खटिएको थियो । उद्धार गरी पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । शवलाई… पुरा पढौ

पोखरा १८ को मतगणना सम्बन्धी सर्वोच्चको आदेश, उच्चको फैसला तत्काल यथास्थितिमा राख्नु

मतगणना
पोखरा, १६ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्षको पुनः मत गणना तत्काल नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ । उच्च अदालतले पुनः मत गणना गर्न आदेश दिए पनि उच्चको निर्णय तत्काल कार्यन्वयन नगर्न शुक्रबार सर्बोच्चले अन्तरकालीन आदेश जारी गरेको हो । सर्बोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले तत्काल पुनः मतगणना गर्न उच्चले दिएको आदेश नमिलेको ठहर गरेको हो । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले वैशाख… पुरा पढौ

कपनको हत्याकाण्डबारे अनुसन्धान गर्न एआइजीको नेतृत्वमा छानबिन समिति गठन

निरा आचार्य
काठमाडौं, १५ बैशाख/ काठमाडौं कपनको सरस्वती नगरमा भएको हत्याकाण्डबारे अनुसन्धान गर्न एआइजीको नेतृत्वमा ११ सदस्यीय छानबिन समिति गठन भएको छ । बैशाख ७ गते भाँडा व्यवसायी निरा आचार्यको चक्कु प्रहारबाट हत्या भएको थियो । अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँबेर कडायतले जानकारी दिए । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एआइजीको नेतृत्वमा समिति गठन भएको उनले बताए । समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख र… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डः उदीयमानमा सुमित, रवि र सुवासबिच प्रतिष्पर्धा

पोखरा स्पोर्टस अवार्डः उदीयमानमा सुमित, रवि र सुवासबिच प्रतिष्पर्धा
पोखरा १५ बैशाख / नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं पोखरा स्पोटर््स अवार्ड २०७९ को रौनक बढ्दै गएको छ । अवार्ड अन्तरगतका चार विधाको मनोनयन सार्वजनिक भएपछि अवार्ड प्रतिको रौनकता थप बढेको हो । मञ्चले अवार्डको तयारीलाई थप तिव्रता समेत दिएको छ । मनोनयनमा सार्वजनिक भएका विधा मध्ये उदीयमान तर्फको विधाको अवार्डमा यो वर्ष निकै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । यो विधा तर्फको मनोनयनमा गण्डकी प्रदेशबाट राष्ट्रिय टिममा मात्रै नभई अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरु मनोनयनमा परेका छन्… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिए, दुई मन्त्रीको पनि शपथ

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिए, दुई मन्त्रीको पनि शपथ
पोखरा, १५ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई शपथ गराए । गुरुङले पाण्डेलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए । पाण्डे कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यसै गरी मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल… पुरा पढौ

सिद्धवराह मन्दिरको प्राङ्गणमा १०८ फूट अग्लो हनुमानको मूर्ति निर्माण गरिदै, महायज्ञ बैशाख १७ देखी

सिद्धवराह मन्दिरको प्राङ्गणमा १०८ फूट अग्लो हनुमानको मूर्ति निर्माण गरिदै, महायज्ञ बैशाख १७ देखी
पोखरा, १५ बैशाख/ सिद्धवराह तपोवन संन्यास आश्रममा बैशाख १७ गतेबाट २३ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गर्ने लागेको छ । पोखरा महानगर पालिका वडा नम्बर २३ मा रहेको सिद्धवराह मन्दिरको प्राङ्गणमा निर्माणाधिन १०८ फूट अग्लो हनुमानको मूर्ति सम्पन्न गर्नका लागि महायज्ञको आयोजना गर्न लागेको बिहीबार पोखरा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । हनुमानको मूर्ति स्थापनाले धार्मिक पर्यटकहरुको प्रबर्द्धन मार्फत यस क्षेत्रको सर्वाङ्गिण विकासको लक्ष्य राखेको तपोवन सन्यास आश्रमका उपाध्यक्ष भेषराज पराजुली बताए । आश्रमका महासचिव हरिलाल पौडेलले… पुरा पढौ