समाचार

पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ
पोखरा, १० असार/ पोखरामा महानगरपालिका वडा नम्बर २३ को हर्पनमा गएराति चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । शनिबार राति साढे ११ बजे आफ्नै घरमा चट्याङलागेर बेहोस भएका ४९ बर्षिय देबबहादुर विकको मृत्यु भएको हो । चट्याङ लागेर ढलेका उनको मेट्रोसिटी अस्पताल पोखरा उपचारका लागि ल्याएपनि चिकित्सकले मृत घोषण गरेका थिए । उनी ढुङ्गा माटोले बनेको १ तले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङ लागेर ढलेका थिए । शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखेको प्रहरीले जानकारी दिएको… पुरा पढौ

गोरखामा बेहुलीको घरबाट फर्किदै गरेको गाडी खस्यो, ५ जनाको मृत्यु

गोरखामा बेहुलीको घरबाट फर्किदै गरेको गाडी खस्यो, ५ जनाको मृत्यु
पोखरा, ८ असार/ गोरखामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–३ स्थित पातले खोलामा शुक्रबार बिहान एक बजे दुर्घटना भएको हो । ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप गएराति दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । पाँच जनाको मृत्यु भएको भएपनि पहिचान खुल्न बाँकी छ । बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरूमध्ये एउटा गाडी दुर्घटना भएको प्रहरीको… पुरा पढौ

पोखरामा आज चिनियाँ ड्रागन बोट रेस फेस्टिभल शुरु

पोखरामा आज चिनियाँ ड्रागन बोट रेस फेस्टिभल शुरु
पोखरा, ७ असार/ पोखराको फेवातालमा आज नेपाल–चाइना ड्रागन बोट रेस फेष्टिवल शुरु हुदैछ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता हुन लागेको हो । आज र भोली हुने प्रतियोगितामा चीनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिमको सहभागिता रहने छ । प्रतियोगितामा सिचुवान डाइगन बोट टिम, युवान ड्रागन बोट टिम, एस.जी ड्रागन्स, सिंगापुर, चाइना–नेपाल फे्रण्डशिप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसिए बोट टिम नेपाल, फेवा लेक ड्रागन… पुरा पढौ

पोखरामा भारतीय राजदूतावासको आयोजनामा योग शिविर (फोटो फिचर)

योग शिविर
पोखरा, ६ जेठ/ पोखरामा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासको आयोजनामा योग शिविर भएको छ । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा पोखरा रंगशालामा शिविर भएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतीय दूतावासको यो दुई मुलुकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने विश्वास व्यक्त गरे । पोखरा र गण्डकी प्रदेश पर्यटकीय केन्द्र भएको भन्दै उनले यहाँ धार्मिक पर्यटक समेत उसैगरी आकर्षण गर्न सकिने भनाई थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमान अवतरण

अन्तर्राष्ट्रिय विमान
पोखरा, ५ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । विमानस्थल उद्घाटन भएको करिब ६ महिनापछि अन्तर्राष्ट्रिय चार्टर्ड जहाज अवतरण गरेको हो । चिनियाँ वायुसेवा कम्पनी ‘सिचुवान एयरलाइन्स’ को विमान भिआइपी पाहुना र खेलाडी लिएर पोखरा विमानस्थलमा अवतरण ग¥यो । जहाज राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, चीनको लिङ्जी नगरका उपप्रमुखसहितका उच्च पदस्थ व्यक्तित्वहरू, खेलाडी सहित पोखरा आएका छन् । चीनको सिचुवान प्रान्त बाट उडेको २ घण्टा ५५ मिनेटमा जहाज पोखरा आइपुगेको छ । शुक्रवारदेखि पोखरामा हुने… पुरा पढौ

पोखरामा फाइभजी सेवा विस्तार गर्दै टेलिकम

पोखरामा फाइभजी सेवा विस्तार गर्दै टेलिकम
पोखरा,४ असार / पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपाल टेलिकमले गुणस्तर र सेवामा आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने बताएका छन् । ‘सरकारी सेवा गुणस्तरी हुँदैन भन्ने भ्रम चिर्नुपर्ने यहाँहरुको दायित्व हो,’उनले भने,‘राज्यप्रतिको दायित्व टेलिकमले भुल्नुहुँदैन, अन्य कम्पनीसँगको प्रतिस्पर्धामा खरो उत्रनुपर्छ । अध्यक्ष प्रजापति नेपाल टेलिकमले प्रदान गर्ने सेवाबारे जानकारी दिन प्रादेशिक कार्यालय पोखराको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै थिए । सोही कार्यक्रममा बोल्दै नेपाल टेलिकम प्रादेशिक कार्यालय पोखराका निर्देशक… पुरा पढौ

मिस एसइई २०२३ को उपाधी सुहाना हिराचनलाई

मिस एसइई २०२३ को उपाधी सुहाना हिराचनलाई
पोखरा, ३ असार/ मिस एसइई २०२३ को उपाधि सुहाना हिराचनले जीतेकी छन् । पोखरामा शनिबार भएको प्रतियोगिको फाइनलमा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । त्यसै गरी स्मृति ताम्राकार फस्ट रनरअप, समृद्धि थापा सेकेण्ड रनरअप र जसिका गुरुङले दर्शकको रोजाईको उपाधि जितेका छन् । पुरा पढौ

पोखराको सेदीमा करिब १ अर्बको लागतमा दोर्जे रिर्सोट एण्ड स्पा

दोर्जे रिर्सोट एण्ड स्पा
पोखरा, ३ असार/ पोखरा महानगरपालिका १८ सेदीमा पर्यटनलाई लक्ष्त गरी ठुलो लगानीमा रिर्सोट सञ्चालनमाको तयारीमा छन् । नेपाली परम्परा र आधुनीक शैली प्रयोग गर्दै करिब १ अर्बको लागनीमा दोर्जे रिर्सोट एण्ड स्पा सञ्चालनमा तयारीमा छ । पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न नयाँ अवधारणा सहित रिसोर्ट सञ्चालनको तयारीमा छ । उच्च स्तरीय पर्यटकलाई पोखरामा आकर्षीत गर्ने गरी आजबाट बुकिङ लिने र असार ६ गते देखी सञ्चालनमा ल्याउने तयारी रहेको रिर्सोटका सञ्चालक दोर्जे तामाङले बताए । अन्नपुर्ण केबलकारको नजिक ३१ रोपनी क्षेत्रफलमा… पुरा पढौ

शिव शिखर र इमेज सहकारी विरुद्ध उजुरी दिन कास्की प्रहरीको आग्रह

शिव शिखर र इमेज सहरकारी विरुद्ध उजुरी दिन कास्की प्रहरीको आग्रह
पोखरा, २ असार/ शिव शिखर बहुउद्देश्यीय सहरकारी र इमेज बचत तथा ऋण सहकारी संस्था विरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ । कास्की प्रहरीले शुक्रबार सूचना जारी गरी सहकारी संस्थाका पदाधिकारीले सेयर सदस्यको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले बचतकर्तालाई उजुरी दिन आग्रह गरेको हो । सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र लगायतको प्रमाणको सक्कल लिई उजुरी दिन प्रहरीले आग्रह गरेको छ । शिव शिखर बहुउद्देश्यीय सहरकारीको… पुरा पढौ

पोखरामा नक्कली सुन देखाई ठगी गर्ने २ जना मानिस पक्राउ

पोखरामा नक्कली सुन देखाई ठगी गर्ने २ जना मानिस पक्राउ
पोखरा, १ असार/ पोखरा महानगरपालिका वडा नम्बर १० अम्मरसिंहचोक नागिनटोल शिवमन्दिर नजिक वरपरका मानिसहरुलाई नक्कली सुन देखाई सक्कली सुनका गरगहना र नगद लुट्ने २ जना पक्राउ गरेको छ । जेठ ५ गते ठगि गरेको सुचना पाए पछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार खटिएको प्रहरी टोलिले जेठ ३२ गते पक्राउ गरेको हो । पोखरा महानगरपालिका २६ अर्घौचोकमा शंकास्पद अवस्थामा जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० कोगटीका ४४ बर्षिय बिमल तामाङ र मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा… पुरा पढौ