समाचार

सिएनएनको घुम्नैपर्ने विश्वका उत्कृष्ट २३ पर्यटकीय स्थलको सूचीमा मुस्ताङ

सिएनएनको घुम्नैपर्ने विश्वका उत्कृष्ट २३ पर्यटकीय स्थलको सूचीमा मुस्ताङ
पोखरा, ३१ बैशाख/ अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनले विश्वका घुम्नैपर्ने २३ उत्कृष्ट स्थानमा मुस्ताङ परेको छ । सिएनएनले शनिबार प्रकाशित गरेको सामग्रीमा भ्रमणमा निस्कन चाहनेले घुम्नैपर्ने सूचीमा नेपाललाई समावेश गरेको छ । कोभिड अघिको तुलनामा ८० प्रतिशत हाराहारीमा घुम्न निस्कनेहरूको संख्या विश्वव्यापी रूपमा बढिरहेको सिएनएनले उल्लेख गरेको छ । मुस्ताङलाई चिनाउँदै सिएनएनले माउन्टेन ट्रेकिङको लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत भएको उलल्ख गरेको छ । मुस्ताङमा छिट्टै ‘सिन्तामणि’ रिसोर्ट खुल्न लागेकाले पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ । परम्परागत तिब्बतीयन घरको झल्को… पुरा पढौ

पोखरामा भ्रष्टाचारविरुद्ध कविता र नाटक

पोखरामा भ्रष्टाचारविरुद्ध कविता र नाटक
पोखरा, ३० बैशाख/ पोखरामा भ्रष्टाचारविरुद्ध नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । पोखराको पृथ्विचोकमा साहित्यकार, कलाकार, वकिल, नागरिक समाजका व्यक्तिहरुले भ्रष्टाचारको जालो चुडाल्नु पर्नेमा जोडदिए । शनिबार पोखरामा आह्वान गरेको भ्रष्टाचार तथा त्यसको ढाकछोपविरुद्धको कार्यक्रममा आधा दर्जन कविले कविता वाचन गरे र सडक नाटकबाट भ्रष्टाचारलाई छाड्न नहुनेमा जोड् दिए । राजनीतिक दलका नेताहरु नै जोडिएको नक्कली भुटानी शरणार्थीदेखि विभिन्न भ्रष्टाचारका प्रकरणमा निष्पक्ष छानबिन र कारवाहीका लागि अहिले देशैभरि विरोध कार्यक्रम भइरहेको छ । अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरुले नै अनुसन्धानमा तानिएका… पुरा पढौ

सडकमा भ्रष्टाचार रोक्न माग गर्दै एक युवा ५ घण्टादेखि विद्युत हाइटेसन लाइनमा

सडकमा भ्रष्टाचार रोक्न माग गर्दै एक युवा ५ घण्टादेखि विद्युत हाइटेसन लाइनमा
विराटनगर, ३० बैशाख/ मोरङको बुढीगंगा गाउँपालिका ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी बिजुलीको हाई लाइनको पोलमा चढेका छन् । उनी सडक निर्माण भइरहेको रिटेनिङ वाल निर्माणको काम गुणस्तरीय नभएको भन्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन् । उनले गुणस्तरहीन काम रोक्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे उनले आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् । उनी शनिवार बिहान ६ बजे पोलमा… पुरा पढौ

पोखरा महानगरको आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक

पोखरा महानगरको आर्थिक वर्ष २०८०र८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक
पोखरा, २९ वैशाख/ पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक ३३ वटै वडाहरूमा गर्ने गरी सुरु गरेको छ । अभियानको रूपमा महानगरका सबै वडाहरूमा गरिने यस प्रकारको तयारी बैठक नगरप्रमुख धनराज आचार्यले वडा २५ बाट सुरु गर्नुभएको हो । पोखरा महानगरपालिका वडा २५ मा आयोजित तयारी बैठकमा बोल्दै प्रमुख आचार्यले आगामी आवका लागि योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताको आधारलाई विशेष ख्याल गर्न अनुरोध गर्नुभयो । “वडा स्तरमा योजनाहरू तर्जुमा गर्दा सम्बन्धित वडाको… पुरा पढौ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुदै

गण्डकी प्रदेशसभा
पोखरा, २९ बैशाख/ गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुँदैछ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री नियुक्त गरेसँगै आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ । शुक्रबार ४ बजे थप ४ जना मन्त्रीले शपथ ग्रहण गर्ने छन् । माओवादीबाट रेशम जुग्जाली मन्त्री बन्दैछन् भने कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्र थापा मगर मन्त्री बन्नेछन् । मुख्यमन्त्री पाण्डे बन्दा कांग्रेसबाट मुख्यमन्त्रीसहित २ र माओवादीबाट १ मन्त्री बनिसकेका छन् । आजै मन्त्रीहरुको कार्यजिम्मेवारी तोकिने तयारी छ । माओवादीबाट जुग्जाली भौतिक पूर्वाधार मन्त्री बन्नेछन् भने सुशिला… पुरा पढौ

पोखरामा जेब्राक्रसमा क्रेनले ठक्कर दिदा महिलाको मृत्यु

पोखरामा जेब्राक्रसमा केनले ठक्कर दिदा महिलाको मृत्यु
पोखरा, २९ बैशाख/ पोखरामा जेब्राक्रसबाट बाटो काट्नेक्रममा क्रेनले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिऊसो ठक्कर दिए पछि कास्कीको माछापुच्छे गाउँपालिका वडा नम्बर ४ लाचोकी ३८ बर्षिय धना अधिकारीको उचारका क्रममा शुक्रबार मृत्यु भएको छ । पोखरा ५ मालेपाटन विद्युत कार्यालय अगाडीको सडकबाट बाटो क्रस गर्न क्रममा केनले ठक्कर दिएको थियो । अधिकारीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु पछि आफ्न्तले करिब ३ घण्टा पृथ्वीचोक महेन्द्रपुलका सडक अवरोध गरेका छन् । बाटो… पुरा पढौ

पोखरामा १४ लाखको बियर नष्ट

पोखरा, २८ बैशाख/ जिल्ला प्रशासन कार्यालय कास्कीले म्याद गुज्रेको बियर नष्ट गरेको छ । लाभाजु इन्टरप्राइजेजको स्टोरबाट नियन्त्रणमा लिइएको १३ लाख ९८ हजार रुपैयाँ बराबरको बियर बुधबार नष्ट गरिएको हो । पोखरा १७, मुस्ताङचोकस्थित गल्फकोर्सको जग्गामा खाल्डो खनेर म्याद गुजेको बियर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । प्रशासनले मंगलबार ६ सय ५० एमएलको ३ सय १३ कार्टुन, ११ बोत्तल र ३ सय ३० एमएलको ६ कार्टुन, ११ बोत्तल बियर नियन्त्रणमा लिएको थियो । उनका अनुसार… पुरा पढौ

संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्षमा भरत कोइराला

संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्षमा भरत कोइराला
पोखरा, २६ बैशाख/ संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् । मञ्चको पोखरामा मंगलबार भएको चौंथो साधारणसभा तथा तेस्रो अधिवेशनमा कोइराला आगामी २ वर्षका लागि निर्वाचित भए । उनले राहित पराजुलीलाई हराए । कोइरालाले १२ र पराजुलीले ८ मत ल्याए । मञ्च उपाध्यक्षमा विसन क्षत्री, सचिव तारा चापागाईं र कोषाध्यक्ष उमा आलेमगर सर्वसम्मत भए । त्यसै गरी सदस्यहरुमा युनिश गुरुङ, उमेश पुन, ऋषि बराल, युवराज श्रेष्ठ चयन भए । पुरा पढौ

परराष्ट्र मन्त्रालयका कर्मचारी बेगनासतालमा मृत फेला

पाैडी डुवेर
पोखरा, २५ बैशाख/ परराष्ट्र मन्त्रालयका कर्मचारी पोखराको बेगनासतालमा मृत फेला परेका छन् । मन्त्रालयका नायव सुब्बा उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास तालमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए । सोमबार बिहान साढे ८ बजे बेगनास तालको डुंगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले परिचयपत्रका आधारमा भण्डारीको पहिचान खुलेको उनले बताए । उनी राहादानी विभागमा कार्यरत थिए । उनको साथबाट जहाजको टिकट पनि भेटिएको… पुरा पढौ

पत्रकार रामकृष्ण ज्ञवालीलाई एक लाख रुपैयाँको राष्ट्रिय पत्रकारिता पुरस्कार

पत्रकार रामकृष्ण ज्ञवालीलाई एक लाख रुपैयाँको राष्ट्रिय पत्रकारिता पुरस्कार
पोखरा, २४ बैशाख/ पोखराका पत्रकार रामकृष्ण ज्ञवालीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञवालीलाई पुरस्कार हस्तारण गरेका हुन् । सुचना तथा सञ्चार प्रविधि मन्त्रलायले पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । सोही पुरस्कारबाट अनिता बिन्दु, अम्बिका दहाल, गणेश लम्साल, गम्भीरा सहनी, लक्ष्मी आचार्य र वरिष्ठ पत्रकार सम्मान राजेन्द्र दहाल र बलराम थापालाई पनि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पुरा पढौ