नारायणगढ सडक खण्डको दासढुङगा बस दुर्घटना

-


     क्लिक गण्डकी     
     असार २९ गते २०८० मा प्रकाशित


नारायणगढ सडक खण्डको दासढुङगा बस दुर्घटना

नारायणगढ सडक खण्डको दासढुङगा बस दुर्घटना

नारायणगढ, २९ असार/ शुक्रबार बिहान नारायणगढ सडक खण्डको दासढुङगामा बस दुर्घटना भएको छ । यात्रुबाहक बस दुर्घटना हुँदा १९जना घाइते भएका छन् ।

बिहान सबा पाँच बजे भरतपुर महानगरपालिका २९ मुग्लिन नारायणगढ सडक खण्डको दासढुङगा बस दुर्घटना भएको हो । कांकडभिट्टाबाट काठमाण्डौ तर्फ गई रहेको बागमती प्रदेश०१ ००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर रुखमा अड्किएको थियो ।

बसमा सवार चालक सहित ३२ जना मध्ये घाइते भएका १९ जनालाई भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाईतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी बिजय पण्डितले जानकारी दिए । घटनामा उद्दारको लागि चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्की सहितको २५ जनाको टोलीले उद्दार गरेको थियो ।



Tags: ,