चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     असार २८ गते २०८० मा प्रकाशित


चट्याङ

चट्याङ

गुल्मी, २८ असार/ गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गुल्मी मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो ।

बुधबार साँझ घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको प्रहरीले जानकारी दिए ।



Tags: