मनाङ्ग एयरको हेलिकप्टर बेपत्ता, सोलुखुम्बुको लामजुरामा दुर्घटना भएको आशंका

-


     क्लिक गण्डकी     
     असार २६ गते २०८० मा प्रकाशित


मनाङ्ग एयरको हेलिकप्टर

manang air helicopters

काठमाडौं, २६ असार/ लुक्लाबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर बेपत्ता भएको छ । हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको खबर आएको प्रहरीले जानकारी दिएको छ ।

सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए ।

हेलिकप्टरमा सवार पाँचै जना यात्रु विदेश नागरिक रहेका छन् । हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएका मनाङ एअरले जनाएको छ ।

मंगलबार बिहान सवा १० बजे सोलुखुम्बु सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर दुर्घटना भएको हो । ९एनए÷एमभी कलसाइन भएको हेलिकप्टरमा पाइलट नेपाली हुन ।



Tags: