
गण्डकी विश्वविद्यालयले र आविष्कार केन्द्र बनाएका ८ थरी मेसिन सार्वजनीक
पोखरा, १९ असार/ शिक्षणसँगै अनुसन्धान, अन्वेषण र आविष्कारलाई अगाडि बढाइरहेको गण्डकी विश्वविद्यालयले कृषि औजारदेखि दैनिक उपयोगी मेसिनहरु निर्माण गरे सार्वजनीक गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र सगँको सहकार्यमा विश्वविद्यालयले आविष्कार केन्द्रमा घाँस टुक््रयाउने मेसिन, गोबर पेल्ने मेसिन, कोदो ठटाउने मेसिन, सोलार ड्रायर, दाउरा चिर्ने मेसिन, अदुवा प्रशोधन गर्ने मेसिन निर्माण गरेको छ ।
विश्वविद्यालयको आविष्कार केन्द्रले ८ वटा मेसिनहरु निमार्ण गरी बजारमा जान तयार भएका छन् । केन्द्रले किसानलाई दैनिक जीवनमा उपयोगी हुने घाँस टुक्य्राउने मेसिन, गोबर पेल्ने मेसिन, बादर धपाउने मेसिन लगाएतका तयार गरेको छ । तयार भएका मेसिनले कृषि, सुचना प्रविधि र स्वास्थ्यमा टेवा पुग्ने गण्डकी विश्वविद्यालयका रजिष्टार डा. कैलाश तिमिल्सिनाले बताए ।
तयार भएका मेसिनहरुको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले सार्वजनीक गरे ।
उनले मुलुकको आवश्यकतामा लक्षित प्रविधियुक्त ८ वटा मेसिन र केही बहुउपयोगी औजारहरू उत्पादन भएको बताए । उनले जसलाई प्रयोग गरेर कृषि, स्वास्थ्य, सूचना प्रविधिजस्ता विषयसँग सम्बन्धित आधुनिक उपकरण तथा औजारहरू विकास गर्न सहयोग पुग्ने बताए ।
केन्द्रले पेट्रोल स्कुटरलाई विद्युतीय स्कुटरमा परिवर्तन गरी प्रयोगमा ल्याइएको छ । १ हजार वाटको व्यष्ट्रि प्रयोग गरेर निमार्ण गरेको छ । यसका लागि १ लाख लाख खर्च भएको र यसको बजार मुल्य २ लाख भन्दा माथि रहेको छ । सुक्खा घाँस र फिडर काट्न निमार्ण गरेको छ । यसको लागत ५७ हजार रुपैयाँ पर्ने छ । केन्द्रले गोबर पेल्ने मेसिन पनि बनाएको छ । मेसिनले गोबरबाट फाइबर र पानीको मात्रा छुट्याउने भएकाले मल ओसारपसार र भण्डारण गर्न सजिलो बनाउने गण्डकी विश्वविद्यालयका उपप्रध्यापक सागरराज पौडेले बताए ।
गाउँघरमा अहिले युवाहरुको खाँचो छ । सोही कुरालाई मध्यनजर गरेर जोसुकैले पनि सजिलै दाउरा चिर्न सकोस् भनेर दाउरा चिर्ने मेसिन, अदुवा प्रशोधन मेसिन, सोलार प्यानलबाट बाली, तरकारी र फलफूललाई तापक्रम दिन सुकाउन प्रविधि निमार्ण गरेका छन् । कोदोको रक्सी बनाउने मेसिन सहित अन्य मेसिनहरु निमार्णको क्रममा रहेको राष्ट्रिय आविष्कार केन्द्रका वरिष्ठ इन्जिनियर रितेस देवले जानकारी दिए ।
विश्वविद्यालयले आउने दिनमा अनुसन्धान, अन्वेषण तथा आविष्कारको गतिविधिलाई प्रवर्द्धन गर्दै लैजाने विश्वविद्यालयको तयारी छ । आविष्कार केन्द्रले बाँदर धपाउन ‘बाँदर बन्दुक’ र स्वचालित मेसिन र डोनबाट धपाउने मेसिनहरु तयार छन् । विश्वविद्यालयले नियमित विद्यार्थीलाई मात्र नभई पारिवारिक तथा अन्य कारणले पठनपाठन कार्यलाई नियमित गर्न नसकेका अन्य व्यक्तिहरूलाई समेत समयानुकूल तालिम दिदै आएको छ ।





