सुख्खा पहिरोले हल्नचोक पामे ठुलाखेत बाटो अवरुद्ध

-


     क्लिक गण्डकी     
     असार २० गते २०८० मा प्रकाशित


सुख्खा पहिरोले हल्नचोक पामे ठुलाखेत बाटो अवरुद्ध

पहिरो

पोखरा, २० असार/ पोखरा महानगरपालिका वडा नम्बर २४ पामे बजार नजिकै सुख्खा पहिरो जाँदा हल्नचोक पामे ठुलाखेत बाटो अवरुद्ध भएको छ ।

राति माथीबाट खसेको पहिरोले बाटो अवरुद्ध भएको स्थानीय सुर्यमोहन पराजुलीले जानकारी दिए । पामे बजार नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

अहिले स्काभेटर प्रयोग गरेर पहिरो हटाउने काम भईरहेको पराजुलीले जानकारी दिए । उनले बाटो सबै छेक्ने गरेर पहिरो आएको छ । तर स्काभेटरले केही बेरमा हटाइ सक्ने बताए ।