
पोखरामा प्याराग्लाइडिङ पाइलटलाई एयर ट्राफिक म्यानेजमेन्ट तालिम
पोखरा, २० असार/ प्याराग्लाइडिङ पाइलट र व्यवसायीलाई प्याराग्लाइडिङ उडानका बेलामा सुरक्षित, व्यवस्थित र विश्वाशिलो बनाउन एयर ट्राफिक तालिम प्रदान गरेको छ ।
विधि र प्रविधिको प्रयोग गरी प्यारागलाईडिङ्गलाई थप सुरक्षित बनाउन र अनुगमनमा सहजता तुल्याउन नेपाल हवाई खेलकुद संस्था (ना) र नागरिक उड्ययन प्राधिकरणको सहयोगमा तालिम प्रदान गरेको हो ।
पोखरामा दुई दिन सम्म सञ्चालन भएको तालिममा सहभागिहरुलाई हवाइ सुरक्षा उपकरणहरुको प्रयोगको ज्ञान संगै इएर ट्राफिक म्यानेजमेन्टका विषयमा प्रशिक्षण दिइएको नाका अध्यक्ष सुनिल बहादुर भट्टाराइले जानकारी दिए ।
प्याराग्लाइडिङ उडानलाई सुरक्षित बनाउन ना ले आवश्यक उपकरण सहित निश्चित स्थानबाट उडान र अवतरणलाईका लागि तालिम प्रदान गरेको उनको भनाई छ । उनले उडान निश्चित घेरामा रहेर उडान भर्नुपर्ने भएकोले प्याराग्लाइडिङ भएको र त्यसको अनुगमन नाको प्राविधिक टिमले गरिरहेको बताए ।
दुई दिने प्रशिक्षणमा प्राधिकरणका एटिएम विभागका प्रमुख देवेन्द्र प्रसाद श्रेष्ठ, प्रवन्धक मुकेश दाहाल, एभियसनका सिनियर क्याप्टेन विनोद पुरी लगायतले प्रशिक्षण दिएका थिए । तालिममा करिव २५० जना पाइलट, ६० जना व्यवसायी सहभागीता रहेको थियो ।
नागरिक उड्ययन प्राधिकरणका एटिएम विभाग प्रमख सिताराम भण्डारीले तालिमले अझ उत्कृष्ट सेवा प्रदान गर्न सहयोग मिल्ने बताए । नाका उपाध्यक्ष अनिल केसीको संयोजकत्वमा तालिम संचालन भएको थियो भने महासचिव खेमराज आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए ।





