
दीपेन्द्र श्रेष्ठ
पोखरा, २९ असार/ यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ दीपेन्द्र श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
तमु धीं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुकोे बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष श्रेष्ठलाई प्रदान गरिने भएको हो ।
पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले श्रेष्ठलाई सिफारीस गरेको हो । पत्रकार श्रेष्ठ एभरेस्ट आवाज डटकम र एभरेस्ट एमएममा आवद्ध छन् ।
तमु धीं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले स्थपना गरेको सो पुरस्कार आदिवासी जनजाती पत्रकार संघ (फोनिज) कास्कीले सञ्चालन गर्दै आइरहेको छ । पुरस्कारको राशी नगद रु १० हजार, फेटा, भाङ्ग्रा, सम्मानपत्र रहेको फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङले जानकारी दिए ।
यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसकेका छन् ।





