पोखरा ७ बुलौदीमा दुर्घटना, दुई जना गम्भिर घाइते

-

     क्लिक गण्डकी     
     श्रावण ६ गते २०८० मा प्रकाशित

पोखरा ७ बुलौदीमा दुर्घटना, दुई जना गम्भिर घाइते

पोखरा ७ बुलौदीमा दुर्घटना, दुई जना गम्भिर घाइते

पोखरा, ६ साउन/ पोखरा ७ बुलौदीमा शनिबार बिहान दुर्घटना भएको छ ।

ग१९प ६०६८ नम्बरको बुलेट बाईकमा बिजुलीको पोलमा ठोकिदा बाईकमा सवार दुईजना गम्भिर घाइते भएका छन् । विहान ५ः४५ बजे भएको दुर्घटनामा परि मोटरसाइकल चालक र पछाडी बस्ने दुबै जना गम्भिर घाइते भएका छन् ।

उनीहरुको पोखराको मेट्रो सिटि अस्पतालमा उपचार भईरहेको छ । दुबै बेहोस अवस्थामा छन् । यो पोलमा बेला बेलामा सवारी साधन ठोकिने गरेका छन् ।

Tags: