
क्यानोनिङ फाइल तस्बिर
पोखरा, ११ साउन/ कास्कीको माछापुच्छ«े गाउँपालिका घलेलमा क्यानोनिङ गर्ने क्रममा मृत्यू भएकी अञ्जिता भण्डारी दुई साता अघिमात्र नेपाल आएकी थिइन् ।
अमेरिकाबाट पोखरा आएकी उनी पोखरा महानगरपालिका वडा नम्बर २६ कन्दनीडाँडा पुख्र्यौली घर हो । २२ वर्षिया अञ्जिता बुबा तीर्थ भण्डारी र आमालाई अमेरिकामै छाडेर दिदी र भाईसँग दुई साता अघिमात्र पोखरा आएकी थिइन् ।
उनको क्यानोईङ गर्ने क्रममा दुर्घटनामा परेर बुधबार मृत्यू भएको हो । शुरुमा दिदीले क्यानोईङ गरिसकेपछि अञ्जिता र उनको भाई आशिष क्यानोईङका लागि तयार भएका थिए ।
भाई आशिष भन्दा अगाडि क्यानोईङ गर्न पुगेकी अञ्जितालाई क्यानोईङ गर्ने क्रममा लगाउने डोरीको हुक नलगाई धकेलिदिदा तल बजारीएर मृत्यू भएको परिवारको आरोप छ । भाई आशिष भण्डारीले डोरी लगाएर सानी दिदीलाई धकेलिदियो तर डोरीको हुक नलगाएको बताए ।
अमेरिकामै ईञ्जिनियरिङ विषयमा ब्याचलर गरेकी अञ्जिता दिदी र भाइसँग पुख्र्यौली थलो आएकी थिइन् । घटनापछि अञ्जिताका बुबा र आमा अमेरिकाबाट नेपाल आउदै छन् ।





