मानसरोवरमा लेक लागेर पोखराकी बिष्णुकुमारी दवाडीको निधन

-


     क्लिक गण्डकी     
     श्रावण ४ गते २०८० मा प्रकाशित


बिष्णुकुमारी दवाडी

बिष्णुकुमारी दवाडी

पोखरा, ४ साउन/ मानसरोवर तिर्थयात्रा गएकी पोखराकी बिष्णुकुमारी दवाडीको लेकलागेर निधन भएको छ ।

बुधबार लेकलागेर पोखरा ५ निवासी ६२ बर्षिय बिष्णुकुमारी दवाडीको निधन भएको हो । उनी परिवार सहित २६ गते पोखराबाट चाइना हुर्दै मानसरोवर पुगेकी थिइन् ।

उनी मानसरोवर पुगेर दर्शन गरी घुम्ने क्रममा निधन भएको हो । उनको शव आज पोखरा ल्याउने र शुक्रबार दाहासंस्कार गर्ने परिवार स्रोतले जानकारी दिएको छ ।



Tags: